Skip to content

करायौ कि मेरी सानु


देख्दिन म आजभोलि हरायौ कि मेरी सानु
मैले साथ छोड्छु भनि डरायौ कि मेरी सानु

भेट्न जादा तिमीलाई कोठा बन्द भा’को पाए
पहिले बस्ने कोठा अन्तै सरायौ कि मेरी सानु

तिम्रो रूपको बयान अब अर्कैबाट सुन्न थाले
अर्कैलाई पो बैश आफ्नो चरायौ कि मेरी सानु

मैले एक छिन छुदा पनि चिच्याएर रुन्थ्यौ तिमी
अर्कैले त्यो बैश चर्दा करायौ कि मेरी सानु

तिम्रै हातले सिउदोभरि सधैं तिम्रै हुन्छु भन्थ्यौ
सपनामा पो तिमीले सिउदो भरायौ कि मेरी सानु

पराइकै सिन्दूरले सिउदो आफ्नो ढाक्ने भयौ
मलाई छोडि पराइनै मन परायौ कि मेरी सानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *