Skip to content

मेरी आफ्नै काली अचेल

उसले गर्ने माया पनि लाग्न थाल्यो जाली अचेल
कुन्नी कता हराएछ मेरी आफ्नै काली अचेल

तिमीलाई हेर्न पाए पुग्यो अरु चाँहीदैन भन्थी
मलाई देख्दा अन्तै तिर किन भाग्न थाली अचेल

मेरो मनमा फूल तिमी झर्न दिने छैन भन्थिन
कोपिला मै टिपी फाल्ने आँफै भइन माली अचेल

भन्थिन उनि तिमी बिना अधुरो छ जीवन मेरो
मरी जाओस ‘उत्तम’ भनि दिन्छिन रे खै गाली अचेल

म पो भार भए उनलाई अरुलाई त धानेकै छ
भाकिछिन रे बेशिजन मै काँक्रो फल्ने बाली अचेल

यिनै पिडा सँगालेर गाइ रा’छु गजल आज
रुवाउने गजल सुन्दा बज्न थाले ताली अचेल

4 thoughts on “मेरी आफ्नै काली अचेल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *