Skip to content

उमेर कमै भया पन,

उमेर कमै भया पन, ठुला क्याले लाग्दा

लभ गद्दाका चक्करमा, स्कुल है भाग्दा

कि खाना खाना हन कठै, इति झट्ट बड्ड्या

आफ्नो बोयफ्रेण्ड क्याइ खोज्जहँन, आफुइ सित पड्ड्या

पड्ड्या बेला ध्यान अन्त, सोध्या केइ नजान्न्या

खाइ लाग्दो केटो धेक्या, मेरोइ भुनि छान्न्या

चिल्ला कुरा जैले गर्‍या, उसैलाइ हन चुन्न्या

लभ पड्याका दुबै दिनमा, सँगै लैझा भुन्न्या

हम्ले स्कुल पड्ड्या बेला, लभ छ एइको भुन्थ्या

डरहल्लानुले पछा लाग्या, डरहल्लिनु रुन्थ्या

लभ त कन्ज्याब हुन्छ अच्याल, सिधाइ पोइल झान्या

पड्डा पड्डाइ पोइल झाइ, कस्या हनव खान्या

मोटा मोटा कडा हल्ला, हाल्लु छाडी चुडी

खाना खान्ज्या कमै खाना, पातलि हुनौ भुनि

तन सब्बैले पतलि भया, को हुन्ला ब मोटा

आफु जती लम्भा भ्यालै, कपडा झनझन छोटा

छोटा छोटा कपडा लगाइ, मटकी मटकी हिट्ट्या

तबै त हन डरहाल्लिनु, आँखान्मुणी रिट्ट्या

डरहाल्लिनुको फेशन धेकी, मती हुनि खराब

तबै त हम डरहल्लालै, खान पस्या शराब

कम्मर मुणी लाउन्या पैन्ट, तल तल सद्दा

डरहल्ला लाई बिगडी गया, डरहाल्लिनुका गद्दा

कि आया हन इसा दिन, धन्य कठै लाडी

मोबाइल मा कुरा गद्दा, काम धन्दा छाडी

फेशनले बिगाड्यो सबलाइ, नाइहन लाग्ग्या पार

पाच फिटका सुरुवाल सिल्ला, नौ राख्दा चुडिदार

काम गर भुन्या सुन्नाइनसुन्ना, होइरनानु बैरा

भ्या नभ्याको रङ दली, रौ बनुना खैरा

उन गाड बगाइ बरे, उब हेद्दा जसा

आखी भौलै निकाली खित्त्या, फेशन आया कसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *