अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको (डोटेली गीत)


अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको
चित्त बुझुन्या कोही छैन येई उदासी मनको

कुटी काटी ओखलीले पिस्या जातरीले
ईती दुख क्याइ दियो हो माया कातरौले

मुई है कान्सा घरवारी होइग्या बौरानी छुई छन
आफ्नो ब्या’ त भयोइनु भयो बा भुन्या दुई छन्

लेक भैसी लेकमालका पातल हरिका
इसाइ दिनु रन्या हन्कि जनम भरिका

तोइलाई सुइना धेक्या पछा निन क्यालाई खड्डि हो?
नखानु फलका रुख डिठ क्यालाई पड्डि हो

परानीमा सन्चै छ कि घरवालो मर्‍यो कि?
घरवालामा लाग्द्या माया मुईतिर सर्‍यो कि?

जुन लाग्या जुनेली रात तारा मधुरै छ,
मेरा जन्म्या बैतडीको माया अधुरै छ

दाइ आया बझाङका बाटा म आयाँ डोटी है
भिटघाटै नहुन्या ठौर क्याई माया लोटी है

बजार ठुलो गोठलापानीको लेक ठुलो तेल्याको
सम्झ्या छौ कि बिसरी गया देउडा खेल खेल्याको

जैल मुइ एकलो थिया पियारो गाउँ घर को,
यो मेरो दुखिया कर्म झन् झमेला अर्को

गाउँ घरकी जन भणेइ तेरो तो गुनासो,
घरभित्रको खिचातानी दुनियाको हाँसो

मिल्या समाज डाह गरन्या झगडिया हाँस्ने,
नरोएको दिनै छैन कसरी हो बाँच्ने

मेरी सासु तमरी आमा रैछन् करकसा,
कि मुइलाई माइत झान्दे कि त छुट्टै बसा ।

बम्बैका चारतले घर पानी पड्यो टीनमा,
रोइरोइ दिन काट्ना भ्या हाँस्न्या खेल्न्या दिनमा ।

मायाको रुबस्या मुहार मुई सुइनामा भेटुलो
पानी पिए जसै प्याला यो तिर्सना मेटुलो

बल्लु पाल्या खेत जोत्ताकी, गाई पाल्या दै कि ल्या
आफुई गर्नु आफुई खानुको छ र कै कि ल्या

जति तन्खा मेजर कि उति असई कि नाई
जति माया तेरो लाग्दो उति कसई कि नाई

सौक्यानि तरयाका घाट सौकोलै तरिझौ
तेरि सोराई मेरा दादा नमान्न्या मरिझौ

ग्वाल्लेकका जंगलमा जोगी बस्यो ध्यान
तुई सुवा निर्गुनी रैछै मेरो लाटो ज्ञान

दार्चुला फलाम्या साङो किल ठोक्या घनैले
तुईत रुन्छि ऑशु ढाली मुई रुनौ मनैले

चैतमा पाकने काफल मैसीर खान लाग्या
समयले फेरो खायो दिन इसाइ झान लाग्या

वारी पिपल पारी पिपल कति निको छाया,
न मेरो करम थिन नई दैवलाई माया ।

चारको कन्चन चोला रुनाई बित्या दिन
कै जुनि तिरुला मुइले मुन्डो भरी रिन

गोरु काला बाख्रा धौला पारी बनैनका
कैखाइ भुणी के हुने हो कुरा मनैनका ।

रामचन्द्र वनबास गैथ्या सीता पनि साथै,
अउरकी उज्यालो भयो मुखी कालि रातै ।

तल्ला वन गोरु बखरा मल्ला वन चरका
देउडा देउडीया हौत पुर्ख्यौली लाई फरका

अकाशमा जहाज चल्ल्यो धरतीमा कार,
सपनीमा अउँलो इजु खोली राखेइ दार ।

क्या राम्रो पिपलको डाली,को बस्न्या हो सेल ।
घाम,छाया इसि हो धर्ती , कर्मको हो खेल ।

खानीमा कोयला कति, रेलगाडीमा झ्याल कती?
दुखीका बिलउना कती, मायाको ख्याल कती?

सौकेनी तर्‍य का बाटा सौको तरौ जन्,
बटुली नलाग्या पनि माया मरौ जन

काट भन्छे बजै का दाउरा उकल भन्छे रुख,
लाईदे भन्छे गहिरो माया नहेर भन्छे मुख ।

हिट्टो छु तेल्याको बाटो ढल्कनो छु तोली,
जिन्दगीको के भरोसा नाइ आज् छ कि भोलि ।

जिन्दगी त केइनु रैछ खरानीको डल्लो
सोच्यो सम्झ्यो मन रुन्छ हिर्दय नि जल्लो ।।।

घुम्दो रए रानी चरा चैत काफल पाक्दा,
पारि है डाको लाया मेरी सोराइ लाग्दा ।

काफल पाकी कालो भयो बिनाइक सैनामा
ईति सोराइ क्यऐ लाग्दी हो चैतका मैनामा

सौकेनी कामला बुन्नी कति निका सिर्का
मुखैनी चौलानी बग्दी मुई पनिकी तिर्खा ।

का मेटुं पानिकी तिस पानी छैन चोखो
दुखेकी परानी मेरो जन्मै देखि रोको।

सुन बनाउने सुनारसित पुरानो सुन छ कि,
मन बैरागी दिमाग पागल तमरोलइ हुन्छ कि ।

अझै खाउँ-खाउँ लाग्न्या पानी गागराका धारा ।
बिपत्ती पड्याका बेला कोइन हुनो सहारा ।

मुइसित सपना छनै भाग्य छैन मेरो,
सपनीमा भेट्टु खोज्जौ बाटो पड्डो फेरो ।

लागलो मायाको बल्छी अट्कलो गलीमा,
धोका दिन्या धेरै हुन्छन् एइ जुग कलीमा ।

भुक्क साइ उजालो भयो पूर्वका कुनामा,
म रया परदेश प्यारी नलागे रूनामा ।

देसीले पसल थाप्यो मैतडकी जाँत,
साइ मेरा परदेश रया एकली छुँ म याँत ।

मुटु चुँडी फेपडो काट्यो तेरा सम्झनाले,
जिन्दगीमा धोका खाया पिरती लाउनाले ।

बरीखा भेलको पानी बगेर गैझालो,
तमसितको माया प्रिति सधैकी रैझालो ।

इति लामी काली गंगा कै झाझर छिरी,
झाने हौ कि माया मारी आउने हौकी फिरि।

तिमुली पातको दुनो असोजे दैकिलाई,
कैकी रुन्छै पापी मनको छ र कैकिलाई

सबै पालो पलाई सक्यो खर्सुको ढिलायो,
कुइडा जानि माया लायो हिउँ जनी बिलायो

गोठालो भैसीका खर्क पकाइ खाँन्छ खीर,
बालो बैश नडुलाउ धेरै फर्क मेरी तीर ।

डोटीकी दे जाँत राम्री बान्नीका चैतोली,
सुन मेरा भनेका कुरा हेर मेरी पैतोली ।

दाउरेले बन्चरो हाण्यो साल्लाका मुढामा,
भावनीले लेख्या कोथ्यो, लागिछ घुँणामा ।

दुइ जना रिङडा गउँका मुइ एकलोइ राइको,
भर मान्नो भरोसा मान्नो सुर्तामान्नो ताइको ।

कैका कोख जन्म लिया कै ठाउँको बास भयो,
आँशु पिइ तिर्खा मेट्या दुखैको गास भयो ।

बिन्द्रावन रानी चडो वनकै फल खान्छ,
सम्झ्यो भने यो परानी बेकालैमा जान्छ ।

फूलजती फूली रैथी स्कुल पड्डाथी,
ब्या गरूँलो सोची रारइथ्यइ उमेर चड्डइथी ।

जउँ तिल बोयाका गडा ज्वाँतो फुली रन्छ,
हाँस्याको खेल्याको ठउर हंस डुली रन्छ ।

पाटनका पल्ला चाल, एक जोडी गाइ छन,
सोराइ मेटीयो सुवा सुइनामा आइ कन ।

रात डुल्लोइ दिन डुल्लोइ मायालाई खोजेको,
धन्न भावनीका खेल हुदैन सोचेको ।

गागराको पानी मिठो सुर्नयाको माछो,
मायाजाल छुट्टुलाग्यो कैले हाल्यो पासो ।

इजुले दियाका खाजा पिछउडीका चाल,
ब्या गरी मुस्कील भैग्यो पड्यो हो बबाल ।

कठपतेको ठन्नो पानी जुलकी मिसिरी,
ढकनो टुपो केइ अउनइन लेख्खु हो कसेरी ।

शीरकी टोपी मखमलकी पाइन्ट काला जीनकी,
देउ छैन देवता छैन तेरा मेरा दिनकी ।

हम स्वाँका घरबारी भया हम भया भकत,
आब क्या घरबारी हुनौ दाडी फुल्या बकत ।

रूकी रूकी बत्ती बल्यो पानसका कुनामा,
वर्ष गया बिपत्तीमा दिन गया रूनामा ।

दिन गैगया महीना सरी वर्ष भया बाह्र,
कैका गला टल्कदो छइ हीरा मोती हार

इथ ढल्या उथ ढल्या देही माण्दौका द्यार,
भोक लाग्या भोजन खानु सोराई लाग्या क्यार?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *