Skip to content

त्रिशुलीमा फाल्नै पर्छ अब


बिकास गर्न सबले पाइला चाल्नै पर्छ अब
भ्रष्टचारी बस्ने कुर्सी बाल्नै पर्छ अब

कुर्सीकै आड लिई जनता दमन गर्नेहरू
तिमीलाई लगी त्रिशुलीमा फाल्नै पर्छ अब

जनताको त्यो कमाइमा मस्तसँग बस्यौ तिमी
बाँकी जीवन जेलामा तिमीलाई हल्नै पर्छ अब

महलभित्र बस्छ्यौ तिमी कसैलाई झुप्रो छैन
तिमीले बस्ने महल पनि ढाल्नै पर्छ अब

जति खाए पनि हुन्न सुगुर जस्तो बानी तिम्रो
घुस् खाने तिम्रो मुख टाल्नै पर्छ अब

थुप्रै थुपारेछौ धन भ्रष्टाचार गरी गरी
तिम्रो त्यही धनले गरीब पाल्नै पर्छ अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *