समीपमा आई बस्यौ सजिलो भो लाउन माया
वनपाखा धेरै धाइयो गाह्रो थियो ‘पाउन’ माया
थाकी सकेँ हिंडदा हिंडदै चौतारीमा बस्न देउ
मैले मात्र सुन्ने गरी एउटा गीत ‘गाउन’ माया
कल्पनामा रात बित्यो संगीतसँग बित्यो दिन
याद तिम्रो पलपल मनमा छोड्या छैन ‘आउन’ माया
शत्रुहरू आइलाग्छन पाए पनि साथ तिम्रो
मारी आशा जीवनको संगै स्वोर्ग ‘जाउन’ माया
मनोज काफ्ले “‘मनसुन’
कुवैत

मनोज जि माया सङ्गै स्वर्गको
मनोज जि माया सङ्गै स्वर्गको यात्राको कल्पना म चाँही गर्न सक्दिन ल! किनकी मन भरी उनी सँग बस्न पाएको नै छैन,
कल्पनामा रात बित्यो संगीतसँग बित्यो दिन
याद तिम्रो पलपल मनमा छोड्या छैन ‘आउन’ माया
साच्चै यस्तै भएको हो र? मलाई जस्तै…!!
सरल शब्द, प्रयास राम्रो…
Thanks you Anubhav ji
Manoj
Thanks you Anubhav ji
Manoj