गुड्यो कलम आज झट पट टिपी कागज अब
गयो अमान मन तपतप तप्केको शीतमा तब
वारिपारी मंगल अभिराम अकं टक हर भर
नलेखी क छोड्नु मन चल्यो लेख्न एकै लहर
कोइली को कु कु सुनिरहू लग्यो संग संगै भइ
चर्यंग चुरुंग गर्दै रमणीय भर्दै खुब रमाई
ब्युझे चरिका गुंड पनि यहाँ अंसु संग एकसुर
अलमल गर्दै अमनयेउ भर्दै फैले लहर
सिरिसिरी पर्दै मनभरी तर्दै फेरी भए सुकुमारी
चल्यो हावा हुरी यहाँ हल्लाइ सल्लाको घारी
निर्मल नदीका निराकुल नलिनी नन्दन अनि नयन
छर छर गर्दै झर झर झरना झरी रह्यो झन झन
मनोज काफ्ले ‘मनसुन’
हाल : कुवैत
