Skip to content

न्याय खोज्ने सस्तै भए

न्याय खोज्ने सस्तै भए न्याय गर्ने कोहि छैन
साथ दिन्छु भन्छन मात्र आसु झर्ने कोहि छैन

कानुन पनि पाइन्छ भन्छन धन तिरेर किने पछी
खोक्रिएको जीवन किन्न अघि सर्ने कोहि छैन

बलाएको आगो ताप्ने स्वार्थी हरु सस्तै हुन्छन
फैलिएको आगोलाई निभाउनु पर्ने कोहि छैन

मन पनी बुझ्छन भन्छन एउटा वाक्ये बोलेपछी
चस्स गरि चस्किएको मर्म तर्ने कोहि छैन

संगै मर्ने बच्ने भनि बाचा गर्छा आज येहाँ
एउटा मर्दा वाचा संग अर्को मर्ने कोहि छैन

मनोज काफ्ले ‘मनसुन’
कुवैत

5 thoughts on “न्याय खोज्ने सस्तै भए”

  1. मनोज भाई,
    तपाईंको गजलले

    मनोज भाई,

    तपाईंको गजलले राम्रो भाव दिएको छ।

    यस्तै त छ यो हाम्रो संसार।

    R.गुरुंग

  2. मनोज जि
    न्याय खोज्ने सस्तै भए

    मनोज जि

    न्याय खोज्ने सस्तै भए न्याय गर्ने कोहि छैन
    साथ दिन्छु भन्छन मात्र आसु झार्ने कोहि छैन

    यहाँ नेर काफिया जमेन कि?

    गर्ने…झार्ने..???

  3. manoj vai namaskar! gazal ta
    manoj vai namaskar! gazal ta aatti ramro lagyo tara galat kaha vo malai ta thaha vayena hai. nyaya dine jastai sath dine vay nyae paeko jastai sath hunethyo hola runu parthyo kina,dhan tirera nyae kine jastai hune vaye khokrieko jiban aagoko vumarima hunu parthyo kina, katti sundar hunthyo hola. (mina bantawa)sitala999@yahoo.com

  4. मिना जी मेरो गजल मन पराउनु भो
    मिना जी मेरो गजल मन पराउनु भो Thanx a lot…!!

    अनि हो यो दुनिया नै यसै छ भने को गरेको बाचा कसले पुरा गर्छन र खाली गर्छु मात्र भन्छन यहा…

    धेरै दिनपछी कमेन ्ट दिनु भो येस्मा मा येक्दमौ खुसि छु अनि आसा छ

    आउदा दिनहरुमा यसै गरि प्रोत्शाहान पाइरहने छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *