Skip to content


गङ्गा खाली सुसाउछिन निशीमा नाना बिलौना गरी
कठै भन्ने को पो छ र येहा गै गएनी मै मरी !
तिर्छु भन्थे दशधारा दुधको भारा सजिलै म ता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!१

सपना भए पदेलेखी ज्ञानी अंशु छोडी उज्ज्वल
न देखन सकें आमाको माया जलै सरि निर्मल !
खै भएयो के भयो शैशब मै मा बाचेको जालता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!२

ग़रेउ ग़रेउ र कति ग़रेउ तिमीले माया र मोह अनि
छरयेउ छरेउ र कति चरेउ तिमीले आशुका डीका पनि !
ये आमा तिम्रो पिडा र बेदना लेखौ कसरि म ता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!३

छनत छन् यी अमुल्येनगरि डांडा पाखा जंगल
मरेर गएनी होस् यो धरतीमा बाचुन सारा मंगल !
दोस दिय तिमीले पुगी देह मेरो आत्मा फर्कने कता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!४

हे आमा तिम्रो भारा अपुरो भो जन्मी फेरी आएनी
त्यो तिम्रो तस्बीर छातीमा टाँसी आमा आमा गायेनी !
नरोए कतै सुनी बिनतियो खोज्दै नहिने कता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!५

मनोज काफ्ले “मनसुन”
हाल कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *