Skip to content


कमायौ धनका भारी बनायौ
फेरि पनि पैसा पैसा किन भन्छौ तिमी
बिर्सेंर गरीबको बस्तीहरूलाई
शहरिया भैयो भनी किन भन्छौ तिमी?

के तिमीलाई थाहा छ? भोलि तिमी पनि मर्नेछौ?
मर्न देउ बेसाहरा निमुखा किन भन्छौ तिमी?
आधापेट् खाइ जाहान् पाल्नेहरू छन् यहाँ
मै खाउ तिमी मर किन भन्छौ तिमी?

तिमी त धनी भएर जन्मियौ
गरीबको पिडा तिमीलाई थाहाछैन
मानवताको कर्तव्यलाई भुल्डै
मेरै मात्र झोली भर किन भन्छौ तिमी?

मनोज काफ्ले “मन्सुन”
कुवैत्

Leave a Reply

Your email address will not be published. Required fields are marked *