रामकुमार पाँडे

मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य ब्रह्माण्डमा लागि उज्यालो अदृश्य-दृश्य प्रकाशको ‘ब्ल्याक होल’को विचरण गराउँछ । सूक्ष्म भित्रको विश्वरूप दर्शनमा ज्ञान र ध्यानको टेलिस्कोपबाट मात्र ब्रह्माण्डको झलझलाकारका अनेक आकार सगबगाउँछन् र दृश्य रूपमा प्रस्फुटित हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भ्यागुतो ! भ्यागुतो माछा !

  • by

हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा भ्यागुतो भ्यागुतो भनेर माछा हात पार्थे । क्या भ्यागुतो ! क्या माछा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरियाली कविता सिजोको सिर्जना कला

  • by

पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाइकू कसरी लेख्ने ?

हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा कवितालाई पनि सानोमा संसार अटाउने अणुजस्तै विचारको बीउ सिर्जना गरेर हाइकू कवितामा पिपलको बीउजस्तै उनीहरू सानोमा विशाल वृक्ष बन्ने शक्ति भर्छन् साहित्यमा । हेर्दा सानो भए पनि यो महाकाव्य हो । सानो भित्र महाकाव्य सिर्जना गर्नु महान् कविका लागि पनि एउटा हाँक भएको छ । यही चुनौतीको सामना गर्न आजका युवाले कम्मर कसेका छन् । आजको व्यस्त समयमा मुखमा पीपी हालेजस्तो, ठूलो दृश्यलाई चरीको दृष्टिमा अटाएर सानोभित्र सम्पूर्णता दिने हाइकू साँचै कविका लागि ठूलो प्राप्ति हो । मन्त्र जस्तै हुनसक्छ हाइकू । एटम बम जत्तिकै शक्तिशाली हुनसक्छ हाइकू पाठक, श्रोताको मुख मुखमा कण्ठस्थ हुनसक्छ र अटोमा लेख्न, महावाणीका रूपमा राख्न अनि बौलदा, खेल्दा हाइकू उदाहरणका रूपमा आउन सक्छन् । यसैले हाइकूको लोकप्रियता बढ्दै छ र नेपालमा पनि हाइकू जनप्रिय बन्दैछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असफल नेताको सफल घोषणा

  • by

हेलाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली

हाइकु हुर्कने परिवेश
नेपाल उचाइ भौगोलिक विशेषताले जैविक एवं सांस्कृतिक विविधायुक्त छ। हिमाली क्षेत्रको हावापानी, वैदिक र वौद्ध सभ्यताले नेपालीमा सिर्जनाको जवानी अत्यन्त उर्बर बनाएको छ। एशियाको सभ्यतामा हिमाली क्षेत्रको विशिष्ट योगदान छ र हिमाली क्षेत्र नेपालमा अत्याधिक एवं महत्वपूर्ण भाग समेटिएकाले यहाँका बासिन्दा सौभाग्यशाली छन्। तर हजारौं वर्षदेखि आकर्षणको केन्द्र रहेको यो भाग अझैं नेपाली साहित्यले छिचोल्न सकेको छैन। सय वर्षभन्दा अघि नेपाल पस्ने जापानी भिक्षु इकाइ कावागुचीले पोखराको सौन्दर्यपान गरेर मुक्तकण्ठले प्रशंसा गरे झैं नेपालका विभिन्न क्षेत्रका विशेषतापूर्ण स्थानहरूमा अबका पिढीले यात्रा गरी साहित्यको सिर्जना गर्नु वान्छित छ। यात्रा साहित्य केही जुर्मुराए पनि यात्रा काव्य फस्टाउन सकेको छैन। जापानी परम्परामा माचुओ वासोले यात्राकाव्य सिर्जनामा नयाँ आयाम थपेर नयाँ स्थलको भ्रमण अनुभूतिका केही विवरण सहित छोटो कविता लेख्ने साहित्यको प्रभावकारी शैली विकास गरेर साहित्यमा विशेष योगदान गरेका छन्। नेपालमा एउटा सानो चिनारी स्वरुप १७ कविहरूले ततस्थानीय अभिव्यक्ति स्वरुप नयाँ वातावरणमा जुन सिर्जना गरे त्यो “अन्धगल्छी”का रुपमा आएको छ। हुन त चार दशक अघि नै जापानबाट भित्रिएको छोटो मीठो प्रशिद्ध हाइकु शैलीको कविता नेपाली साहित्यिमा अपरिचित छैन तापनि बीचको शीथिलताले यसले पनि गति लिन पाएन र उल्लेख्य रुपमा आउन सकेन। आजको नेपालमा अब ओझेल नपर्ने गरी हाइकु अधिराज्यव्यापि बनिसकेको छ। यो बाढी जस्तै उर्लिएको छ र केही समयपछि सङ्लँदै सुन्दरतम सिर्जना हुन सक्ने अनुमान स्वत: लगाउन सकिन्छ। नेपालको प्रकृति र संस्कृति जापानी वातावरणसँग अत्यन्त सान्निध्य राख्ने हुँदा हाइकु फस्टाउन खास मलजल दिन नपरे पनि सुरुमा केही रेखदेख नगरी हुर्काउन कठिन हुन्छ। अत: हाइकुका बारे आधारभूत कुराहरूको सामान्य जानकारी जो कोहीलाई हुनु वान्छित छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन्त्रिनीलाई मन्त्रीको मन्त्र

  • by

मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो । तपाइ भन्नु होला महाशय! संसारभरि नै मान्यताक्रमका भाषा नभएका छैनन् तर हाम्रोमा कुनचाहिँ बुद्धि खुस्केको एनजीओले उर्दी लगायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बजगाईंको “हिउँको तन्ना” हेर्दा

आजको हाइकु-विस्फोट हेर्दा नेपाली साहित्यमा काव्य समृद्ध हुँदैजाने लक्षण सुस्पष्ट छ । यस लहरमा “हिउँको तन्ना” हाइकुसङ्ग्रह अगाडि आएको छ । कुष्ण बजगाईं साहित्यका सिद्धहस्त कवि हुन् भन्ने प्रमाण यस हाइकु सिर्जनाले प्रमाणित गरेको छ । कथाकार र नियात्राकारसमेत बजगाईं हाइकुकारमा उठेका छन् । बजगाईंका थोरै हाइकु सपाद देखिन्छन् भने धेरै हाइकु इमान्दारीसाथ बुनेर बजगाईंले बुलन्द बनाएका छन् । केही सेनरयो प्रकारका हाइकुले व्यङ्ग्य बलियोसँग बजारेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कविताको कमाल

हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल ।

कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी भए पो एउटाले लठ्ठी चलायो कि अरू लठ्ठी लठ्ठक बन्दैनन् र उस्तै परे लठ्ठीको झट्टी वर्षन बेर हुन्न । यही लठ्ठी अर्थात् पौरुष्यमा पट्टी पठ्ठासँग लठ्ठी कट्टी प्रदर्शनमा पछि पर्दैनन् । नपत्याए डान्सका डनसँग सोध्नोस् । पठ्ठा पनि ठट्टै ठट्टामा चट्टीको झट्टीको भय नआउने भए पठ्ठीसँग लठ्ठी लट्टपिट्ट िपार्न बेर हुन्न ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेताको व्यथा

  • by

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरनिे घैँटो राजनीति पल्टा खायो भने मल भरनिे बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •