Skip to content

युवामञ्च २०६७ फागुन

हाइकू कसरी लेख्ने ?

हाइकू समसामयिक विश्व साहित्यको जल्दोबल्दो कविता हो । सानो कवितामा नाम कमाएको हाइकूको मूल थलो जापान हो । जापानीको संस्कृतिमा सानोमा संसार देख्न सकिन्छ । एउटा सानो प्लेटमा घना जङ्गलको भाव दिने र एक विरुवाको वृक्ष बूढो देखिने मात्र हैन सानो बोटामा ठूलो फल पलाउने कलामा सिद्धहस्त छन् जापानी । यस्तो बोनसाइका क्रममा कवितालाई पनि सानोमा संसार अटाउने अणुजस्तै विचारको बीउ सिर्जना गरेर हाइकू कवितामा पिपलको बीउजस्तै उनीहरू सानोमा विशाल वृक्ष बन्ने शक्ति भर्छन् साहित्यमा । हेर्दा सानो भए पनि यो महाकाव्य हो । सानो भित्र महाकाव्य सिर्जना गर्नु महान् कविका लागि पनि एउटा हाँक भएको छ । यही चुनौतीको सामना गर्न आजका युवाले कम्मर कसेका छन् । आजको व्यस्त समयमा मुखमा पीपी हालेजस्तो, ठूलो दृश्यलाई चरीको दृष्टिमा अटाएर सानोभित्र सम्पूर्णता दिने हाइकू साँचै कविका लागि ठूलो प्राप्ति हो । मन्त्र जस्तै हुनसक्छ हाइकू । एटम बम जत्तिकै शक्तिशाली हुनसक्छ हाइकू पाठक, श्रोताको मुख मुखमा कण्ठस्थ हुनसक्छ र अटोमा लेख्न, महावाणीका रूपमा राख्न अनि बौलदा, खेल्दा हाइकू उदाहरणका रूपमा आउन सक्छन् । यसैले हाइकूको लोकप्रियता बढ्दै छ र नेपालमा पनि हाइकू जनप्रिय बन्दैछ ।

तिमी को हौ ?

  • by

त्यहाँ बाटाको बीचैमा हूल छ । हूलमा सबैखाले युवक छन् । हातमा शस्त्रअस्त्र अर्थात् लठ्ठी, खुकुरी, फलामको सिक्री, डण्डी आदि लिएर उफ्रिरहेका छन् । त्यहाँबाट कोही पनि जान सकेका छैनन् र आउन पनि ।

नातावाद

  • by

आशङ्का सर्वत्र व्याप्त छ । तजविजी अधिकारमा समेत स्वविवेकको स्थान हुन्छ नै । स्वविवेकको प्रयोग गर्दा निर्णायकले मेरो मान्छे, तेरो मान्छे अनि हाम्रो मान्छे नभनी सुयोग्य सही मान्छेको चयन गरेको महसुस बिरलै हुने गरेको भुक्तभोगीहरूको राय ठहर छ ।