उदाहरण बनिदेउ नारी तिमी


उदाहरण बनिदेउ नारी तिमी, भेदभावलाई फ्याँकेर
बस्नुहुँदैन नारी तिमी, अचेतनाको परीधि ओगटेर

एउटै आमाका सन्तान हुन् पुरुषहरू पनि,
कदापि फरक छैनन, आमा भै हेर तिमी पनि

नारीबाट नै पीडित छे नारी, खै बुझेको नारी भै तिमीले
यिनै गल्तीका कारणले सधैं तल बस्नु परेको छ हामीले

यसरी नै सधैं गल्ती नै गल्तीको जन्म हुने हो भने
कहिले फेरिन्छ हाम्रो देश? नारीबाट नै नारी पीडित हुन्छे, भने

महल र झुप्रोको बराबरीको कहिले तुरिने हो कुरा
खै कहिले हुने हुन् गरीबका कठै, अधुरा सपना पुरा

चाडबाड आयो भन्छन, सबै गाउँघरलाई ढाकेर
गरीबको घरमा रुँदैछ, बरा चुलो आगोलाई डाकेर

गीता थापा (दोषी)
ईजरायल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “उदाहरण बनिदेउ नारी तिमी”

  1. गीताजी, प्रयास राम्रो छ।
    गीताजी, प्रयास राम्रो छ। कविता पढेर केही प्रतिकृया दिन मन लाग्यो; आशा छ सकारात्मक रुपमा लिएर आगामी दिनमा आफ्नो लेखनलाई परिष्कृत गर्दै लानुहुनेछ।

    पहिलो, विषयबस्तु प्रष्ट भएन। तपाईंले केको बारेमा लेख्न खोज्नुभएको हो पाठकलाई बुझ्न गहारो छ। नारी समानताको कि गरीबीको? या नारी-पुरुष समानताको? यी, शत प्रतिशत भिन्न भिन्न विषय हुन् भन्न खोजेको हैन तर पहिलो ६ लहर र पछिल्लो ४ लहरका भावहरू जोड्ने “पुल”को रुपमा काम गर्ने शब्दहरू खै? एउटा कवितामा एउटा मूख्य विषयलाई लिएर त्यसको वरिपरि घुम्नु आवश्यक छ। नत्र पाठकले तपाईंको कविता पढेर के पाठ लिने बुझ्न कठिन छ।

    दोश्रो, शब्द चयन अलि परिष्कृत गर्नु आवश्यक छ। लामा-लामा शब्दहरू र धेरै शब्दहरू थुपार्दा कविता (र कुनै पनि लेख)को मिठास घट्छ। जस्तै, “यिनै गल्तीका कारणले सधैं तल बस्नु परेको छ हामीले” अलि बढी नै गद्यात्मक भएनन् र? निबन्ध, रिपोर्ट लेख्ता यो शैली ठिकै छ, तर कविता हो भने, “र त तल छौं हामी” वा “आफ्नै कारणले तल छौं खै बुझेको तिमीले?” भन्ने जस्ता सरल र छोटा वाक्यहरूको प्रयोग गर्दा भावमा मिठास बढ्छ नै, अलि काव्यात्मक हुन्छ।

    तेश्रो, भाव बुझ्न अलि गहारो भयो कि? उदाहरणको लागि यी दुई लहर नै लिऊँ क्यार!
    एउटै आमाका सन्तान हुन् पुरुषहरू पनि,
    कदापि फरक छैनन, आमा भै हेर तिमी पनि

    तपाईंको कवितामा यी लहरको महत्व के छ? “पुरुषहरूले एकअर्कालाई समान रुपले हेर्ने गर्छन्। तिमी पनि उही आमाका सन्तान हौ, त्यसैले तिमीहरू पनि एकअर्कामा समान रुपले हेर्नुपर्छ।” भन्न खोज्नुभएको हो कि? कि, “तिमी पुरुष समान बन्न सक्छौ।” भन्न खोज्नुभएको हो? वा, “पुरुषलाई अरु (हेय? आदार??) दृष्टिले नहेर।” भन्न खोज्या’? जे भए पनि तपाईंको कविताको शीर्षक हेर्दा यी लहरको सान्दर्भिकता त्यति देखिंदैन। अँझ, “आमा भई हेर” भनेर के अर्थ दिन खोजेको पनि प्रष्ट भएन। आमा त, नारीहरू भैसकेका छन् नि! अलि आमा जस्तो निष्पक्ष भएर सोच भन्न खोज्नभा’ होला त्यति बुझ्न सकिएन। भाव भनेको कविता (र कुनै पनि लेखन)को मुटु हो। त्यसलाई कहिल्यै पनि बिर्सनुहुँदैन। पारसमणि प्रधानले भनेका छन् नि,
    शब्द थुपारेर के हुन्छ?
    भाव भए पो कविता हुन्छ।
    हैन र? तपाईंको कवितामा भाव नै छैन भन्न खोज्या’ चैं हैन है! अर्थको अनर्थ नलागोस्।

    चौथो, भाषिक र व्याकरणीय त्रुटी पनि छरपष्टै छन् (यद्यपि, मैले देखेसम्मका त्रुटीहरू त सच्याइसक्या’ छु।) लेख लेखेर सार्बजनिक गर्नु अगाडि एक पटक आफैंले प्रुफरिडिङ् गर्नु आवश्यक छ। भाषिक गल्ती छन् कि? भावनाहरू सललल बगेका छैनन् कि? आफूले व्यक्त गर्न खोजेभन्दा अलि अर्कै ढंगमा त लेखिएको त छैन? आदि आदि। कविता हो भने त, आफैंले एक पटक स्वर निकालेर पढेको राम्रो। भाषा र व्याकरणमा त्यति आत्मविश्चास छैन भने साथीहरूलाई एक पटक हेरिमागेको राम्रो। सामान्य लेखहरू धेरै पस्किनुभन्दा अलि स्तरीय लेखहरू बरू कम निकाल्नु धेरै राम्रो हुन्छ।

    पाँचौं, अनि “दोषी” चैं कहिलेदेखि हुनुभो?? 🙂

    “वाह वाह” प्रतिकृया दिन सजिलो छ। तर, आलोचनात्मक समीक्षा दिने मान्छेहरू कमै हुन्छन्। आशा छ, मेरो प्रतिकृयालाई तपाईंले व्यंग्य नभई निष्पक्ष समालोचना सम्झी आगामी दिनहरूमा लेखनलाई तिखार्दै जानुहुनेछ।

    — कुमार

  2. धन्यवाद कुमार जी,
    मेरो

    धन्यवाद कुमार जी,
    मेरो त्रुटीलाई औलाईदिनु भएकोमा
    अती खुशीलाग्यो,केही कुराकोपनि गल्ती नभै शायद सफलता मिल्दैन होला,भाषिक शुद्धतामा धेरै कमी कमजोरी हुँदाहुँदैपनी मैले
    मात्र महशुसले लेखन्को थालनी गरे, मात्र महशुसले कवी बन्न गाह्रो हुँदोरहेछ, त्यस्को गहिराईसम्मको अध्यन अतीभन्दा अती जरुरी हुँदो रहेछ,मैले अहिले आएर अनुभव गरे, यो मेरो मात्र सानु प्रयास हो, आफ्नो जन्मभुमिलाई छोडेर अरुको देशमा रहदा पटयार लागेका समयलाई आँफैले आँफुलाई आश्वासन दिन खोजेकी मात्र हुँ मैले,आफ्नो सन्तुस्टकोलागि तर कुनै पनि कुरामा पूर्णता नभैकन कदम चाल्दा थोरै आलोचनात्मक कुराहरुसँग सम्झौता त गर्नुनै पर्छनी होईन त? यहाँको सुझाबलाई शिरोउपरगरेर सधैं सचेत हुने कोशीस गर्नेछु, धन्यवाद
    र यहाँको एउटा प्रश्न थियो कहिले देखी ‘दोषी”हुनुभयो भन्ने,एुटी नारा जन्मजात नै “दोषी”भएर जन्मेकी हुन्छे, त्यसैले मैले यहाँकै मझेरी ब्लग बाट यो “दोषी”सब्दलाई जन्म दिएकी हुँ, र कबिताको वारेमा थोरै भन्नुपर्दा चाँही मैले लेख्न खोजेको चाँही positive नै थियो हामी सबै नारी पुरुष एउटै आमाका सन्तान हौ,आमाको आँखा बाट हेर्दा कोही फरक छैनौ हामी भन्न खोजेको हुँ,र हामी नारीबाट नारी नै त हरेक ठाउँ ठाउँमा पीडित छौ, भने पुरुषबाट हुनु कुन नौलो कुरा होर हामी नारीले अबदेखी सचेत बन्नु पर्छ,भन्न message दिन खोजेको हुँ, यिनै हाम्रो चेत्तनाको कमिले गर्दा हामी अली अर्गेलाको अब्स्थामा छौ, भन्न खोजेकी थिए, तर शब्दको बुझाईमा अर्कै रुप लिन पुगेछ, माफी चाहन्छु,
    र धेरै भन्दा धेरै आभारी छु,यहाँको सुझाबकोलागि जानेर त म कसैको मन दुखाउँन नचाहने मान्छे हुँ,तर नचाहेरपनि कहिलेकाँही भुल बन्दो रहेछ,
    माफी चाहन्छु,
    गीता थापा(दोषी

  3. गीता जी मलाइ लाग्छ २ दिन
    गीता जी मलाइ लाग्छ २ दिन बाच्दा आफुले आफैलाई किन दोषी हु भन्ने?
    भोलि कसले देख्या छ र प्लीज कसोरी हजुरले मझेरी बाट आफ्नु title मा दोषी भएँ भन्नु भो?
    येहा हासेर भाच्नु परेको छ मन. हामी गरीब भएर पनि तर दोषी होउला? ???? किन?
    कसले कहानेर हजुरलाई दोष दिए र???
    मेरो बिचार मा नारि दोषी होइन तर नारीले नै म त दोषी हो भन्दा भन्दै उसको मन मा दोष उत्पन्न भएको होला
    mero bichaarma baru purush doshi ho ki?

    hajurko yo bhanaai le man polyo ….. kinahola?
    त्यसैले मैले यहाँकै मझेरी ब्लग बाट यो “दोषी”सब्दलाई जन्म दिएकी हुँ

  4. तपाइका कुरा 100% सहिहुन मनोज
    तपाइका कुरा 100% सहिहुन मनोज जी,
    दुईदिन बाच्छौ,हामी आँफुले आँफुलाई किन”दोषी मान्ने
    तर मैले यो”दोषी शब्द अरुले मलाई”दोषदिएर राखेकी होईन
    मनपरेर राखेकी हुँ,यहाँ दोषीहरु त आँफुलाई निर्दोश साबितगरेर
    बाच्छन्, भने मैले “दोषीनै शब्द मेरो नाउँको पछाडि राख्नु पर्ने त्यस्तो भुल गरेकी छुईन शायद,तर हामीले हाम्रो गल्तिहरु देख्न सक्दैनौ, गल्ती भन्ने कुरा अरुले देखेर औलाई दिनुपर्छ, र हामीले सक्ने जती कुरालाई सुधारनु पर्छ, होईन त?
    न यहाँ पुरुषहरु”दोषी छन, न यहाँ महिलाहरु दोषीछन,सबै निर्दोशछन,
    मझेरीबाट जन्मदिएको भन्नुको अर्थ चाँही यो’हो मानिलिउँ हामीलाई कोइकसैले सोध्छन तपाईं कहाँ जन्मनु भएको, हामी जवाफ दिन्छौ नेपालमा, हो तस्को अर्थमा मैले भनेकी हुँ, लेख्ने रहर को तिर्सनानै मैले मझेरीबाट मेटाएँ, नाउँ लेखेर पोब्लिशपनि मझेरीबाट गरेकी हुनाले मैले कुमार जीको questionko answer तपाईंको मझेरीबाट भनेकी हुँ, हुनत मझेरी हाम्रो साझा श्रीर्जना फुलाउने आँगन हो, तर पहिलो कुरा त कुमार जी ले हामीलाई मझेरी मा फुल्ने मौका दिनु भयो, हाम्रो कमी कमजोरीहरुको रेखदेख गर्नु भयो, गल्तीमा सच्चाइदिनू भयो,त्यस्सन्दर्भमा उभिएर मैले तपाईंको माझेरीबाट भन्ने answer गरेकी हुँ,तर मैले यो’दोषी शब्द मनपरेर राखेकी हुँ,
    हवस त मनोज जी धन्यवाद
    यहाँको दिन शुभरहुन!!!
    गीता थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *