Skip to content

न भन्नु है दाजू भाई

न भन्नु है दाजू भाई प्रदेशमा गाकी चेली निर्गतीली भई
सुन्दर तिम्रो मनमा पाप बोकी पापी नजर चेलीतीर लाई

दुई चारदिनलाई टाढा भए भूली नभन्नु आफ्नो देशलाई
पाइन्ट र सट लाको देखी बीर्सी नभन्नु गुन्यूँ चोलीलाई

भोकलाग्दा हिजो प्यास मेटाउँने थ्यो आफ्नै मूलको पानी
फर्की आउँछु आफ्नै गाउँठाउँ धुवा र धुलो जे जस्तो भानी

ठूला-ठूला घरदेखी सानो झुप्रो माया मार्छे होला नभन्नु
नेपालीको रगत छ यो मुटुमा नेपाल भूल्छे भनी नसोच्नु

जन्मजननी को दुधको भारा चुकाउँनु छ नेपाल’मै फिर्छु
लड्नुपरे मानव हक र हितको निम्ती आफ्नै देशमा लड्छु

न भन्नु है दाजू भाई प्रदेशमा गाकी चेली निर्गतीली भई
सुन्दर तिम्रो मनमा पाप बोकी पापी नजर चेलीतीर लाई

गीता थापा (दोषी)
ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *