बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन
सधैंकी रोगी सासू ओछयान बाट झर्दिनन
दरखाई चाँडै फर्की बुहारी भन्न छोड्दिनन
पढ्ने गुन्ने नन्द देवर सिन्को सम्म भाँच्दैनन
हामी गर्छौ भाउँजू काम माइत जाउँ कहिल्यै भन्दैनन
माइती घरको आँगनमा न’नाचेंकी धेरै’भो
सासू भन्छिन बस्तुभाउँ र चुलोचौको गर्न बेरै’भो
एउटी भएकी जेठानिनी धनी घरकी भै’खाकी
म’नै रहेछु अर्गेली कर्महारा सबले हेपेकी
बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन
गीता थापा (दोषी)
ईजरायल

teej ko geeti kabita kosheli
teej ko geeti kabita kosheli majheri ma dina bhayeko ma THANX
बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन
o teej ko geeti kabita malai
o teej ko geeti kabita malai akdam ramro lageo pheri pani asto kabita haru lekhna huna ka lagi ma anurod garchu hwas ta dhanebat