Skip to content

खेतीपाती धेरै नहुने

खेतीपाती धेरै नहुने पहाडको खोरीया
टाईशुटमा तिमी प्रदेश मत गाउँको भरीया

तिमी पर्‍यौ शहरीया मत हजुर गाउँले परे
भो-भो नजिक नआउँ तिमी आँफै बाट झरे

डिनर खाने नाउँगरी डिस्को पनि भ्याउँछौ’रे
ठूला-ठूला तारेहोटेल मेरै त हो भन्छौ’रे

तिम्रो बाटो छेक्दिन म रुङघ्छु गाउँ’कै घरमा
टाईशुटमा तिमी प्रदेश मत खोरीया खेतमा

पहिलो नजर भेट्दा खेरी जून झार्छु भन्थ्यौं
मेरो साथ पाएयौ भने भबसागर तर्छु भन्थ्यौं

आज सबै बाँचा बन्धन प्रदेशको डिस्को घरमा
टाईशुटमा तिमी प्रदेश मत खोरीया खेतमा

गीता थापा (दोषी)
ईजरायल

2 thoughts on “खेतीपाती धेरै नहुने”

  1. गीता जी आफ्नो औकात बिर्सिएर
    गीता जी आफ्नो औकात बिर्सिएर क्षणिक आनन्द मा रम्ने आधुनिक पुरुष हरुलाई चोटिलो व्यंग्य कस्नु भएछ . राम्रोछ कलम निरन्तर चलाई रहनुहोला

    विमल गौतम
    साउदी अरेवीया

  2. गीता जी को कलम सदा यसरीनै
    गीता जी को कलम सदा यसरीनै तिखारियोस, हरेक कुतत्वको विरुद्वमा, गाउबेशीको सम्झनामा अनि मातृभूमिलाई आफ्नो पहिचान गराउन, यही छ कामना मेरो नितान्त व्यक्तिगत तर्फबाट|

Leave a Reply

Your email address will not be published. Required fields are marked *