Skip to content

राजव

क्रान्तिको गँडासी

  • by

ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय।

लण्ड्री प्रेम

  • by

घरबाट उसलाई बिहे गर्न नेपाल डाक्याडाक्यै थिए। हरेक पटकको फोनमा अरू कुराभन्दा बढी उसलाई बिहे गर्नु पर्‍यो, बूढो हुन लागिसकिस् आइज भनिरहन्थे। उसलाई पनि घरकाहरूको यो कुरो ठीक लाग्न लागिरहेको थियो। त्यसकारण उसले फोनमा बाउलाई सुनाएको थियो, “हुन्छ मङ्सिरमा आउँला।”

रिटर्न टिकट

  • by

यताको मौसम सुध्रिएपछि म आइपुगेँ। अन्तिम अप्रिलको दिन, वातावरणमा न्यानो फैलन थालेको थियो। म आइपुगेको लगत्तैको बिहान मे महिना शुरु भयो।

घर एउटा कविता

  • by

तिनताक म राष्ट्रिय वाणिज्य बैंकको बुढानीलकण्ठ शाखामा प्रबन्धक थिएँ । शुक्रबार आधा दिनमात्र चल्ने भएकाले म बैंकको दैनिक कारोबार बन्द गर्ने तरखरमा भएकै बेला ईश्वरबल्लभ दाइको फोन आयो । उहाँले घरमा आउने निम्तो गर्नुभयो, त्यही दिन ।

त्यसउप्रान्त

  • by

सब दुःखहरूको निवारण हुनेछ
क्रान्तिले सुख ल्याउनेछ
सबलाई आश थियो, त्यस्तै हुनेछ ।
त्यसउपरान्त ठालू कोही हुनेछैन
हरेकको हक बराबर हुनेछ
त्यसउपरान्त सुखी हुनेछन् नेपाली ।

दुई कविता

  • by

कविताको स्वादमा
म चपाइदिन्छु
सब गद्यहरू
म निल्छु
कविताको स्वादमा
कटुवाणीहरू, झुठहरू
र, खरा गद्यहरू
कविताको स्वादमा
धेरै दुष्ट-गद्यहरू
निल्न सजिलो हुन्छ ।

यो शताब्दीमा बाँचिरहेको क्रूर

  • by

आज ई.सं.२००२ डिसेम्बर १ का दिन ने.फ्रा. कम्प्युटर सफ्टवेयर कम्पनीको बोर्डको बैठक चलिरहेछ।

बैठक कोठामा पियन प्रवेश गर्छ। अध्यक्षलाई कागजको एउटा चिट दिन्छ। अध्यक्ष उक्त कागजको चिटमा लेखिएको कुरो पढेर एकाएक आश्चर्यमा पर्छ। त्यो चिट बोर्डका आठै सदस्य पढ्छन् र आ-आफ्नू अनुहारमा उत्तिकै आश्चर्य प्रकट गर्छन्।

ऊ कुन् चीज हो

  • by

हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा जग्गा थियो । अहिले उनीहरूसँग सात बिगहा जमीन, दुइ छोरा, एक छोरी, दश-आठ बस्तुभाउ, एउटा टायरगाडा (गोरुले तान्ने), एउटा थोत्रिएको पुरानो गाडा, तेर्‍ह जोर परेबा, केही कुखुरा र हाँस छन् ऊ उनीहरूको जेठो छोरो हो ।

अमेरिकामा मथुरा

  • by

अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

जसरी चिच्याइरहेछन् म्यानमारका भिक्षुहरू

  • by

हिटलरसग मिल्ने
मार्कोससग मिल्ने
चाउचेस्कुसग मिल्ने
कस्तो राष्ट्रपतिको अनुहार देखिने हो शासनमा
देखियो भने के गर्ने –
सम्पर्ूण्ा भूगोल थर्किने गरी चिच्याउने
स्वतन्त्रता … स्वतन्त्रता … स्वतन्त्रता

गे… गे

  • by

अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -”
“सेन्ट्रल स्क्वायर … ।”

“ए ˜˜ … ।”

“तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -”

डिजिटल चमकभित्र

  • by

चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला हुन् । उनका तीन छोराछोरी र चार नातिनातिना छन् । उनका पति सेवानिवृत्त सरकारी सुब्बा हुन् । उनी लगभग साठी वर्षी भइसकेकी छिन् । उनी चौध वर्षी हुँदा एक्काइस वर्षो रुद्रप्रसादसँग उनको बिहे भएको थियो । रुद्रप्रसादकी पत्नी भएर बस्न थालेपछि उनले छोराछोरी पाउने, तिनलाई हर्ुकाउने, भान्छाको काम हर्ेर्ने आदि काम गर्ने घरबन्दी महिलाकै रूपमा चार दसक बिताइन् । त्यसपछि अमेरिका आएकी उनी नेपाल फर्किएकी छैनन् ।

कार्लो रोसी

  • by

कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको दुई वर्ष तीन महिनापछि चिनेको थिएँ। त्यसपछि मात्र ऊ कुनै बेला काशीनाथ जोशी थियो भन्ने कुरा थाहा पाएको हुँ।