अमेरिकाको इस्ट-कोस्टमा रातको १२ बजिसकेको छ। ब्रेनट्री शहरका सडकमा कारको गति घट्न थालिसकेको छ। उता नेपालमा मथुराको बाउ श्रीनाथ कट्टेल पढाइ सिध्याएकी छोरीले लाखौँ डलर कमाइ हुने काम पाएर अमेरिकी वैभव भोगिरहेकी अनेकन् दृश्य रातभर सपनामा उतारेर बिउँझिएको छ।

यता मथुरा हरघडी खुल्ने ब्रेनट्री स्टोरको चार्ज तेस्रो सिफ्टको कामदारलाई बुझ्ाएर शरीरका सम्पूर्ण मांसपेशीमा थकाइको भयानक तनाव बोक्दै बाहिर निस्की। तर, रत्ति नथाके झै शहरको आवासीय क्षेत्र लोयल स्ट्रिटको फुटपाथमा लम्किन थाली। उसलाई हतारो छ। त्यसकारण मध्यरातको सुनसान फुटपाथमा पनि झ्रेका पातहरू टेक्दै ऊ चर्कोसँग हिँड्दैछे। यसो नगर्ने हो भने उसले चढ्नुपर्ने अन्तिम सब-वे ट्रेन छुट्छर त्यसपछि स्टेशनमै रात बिताउनुपर्छ। स्टोरबाट स्टेशन पुग्न उसलाई १३-१४ मिनेट लम्कनुपर्छ। साढे बाह्रमा स्टेशनबाट ट्रेन छुट्छ, भोलिपल्ट बिहान नभई अर्को ट्रेन पाइन्न।

स्टोरबाट निस्कँदै सवाबाह्र बजिसकेको थियो। आफ्नो चार्ज काले केटो टोनीलाई अर्थ्याउँदै बुझ्ाएर निस्कँदा जत्ति छिटो गरौँ भने पनि १२.१०, नभए सवाबाह्र बजिसक्छ। अनि स्टेशन पुग्न त्यसरी हस्याङफस्याङ गरेर नहिँडी हुँदैन। त्यसैले ऊ अहिले लम्कँदैछे― फटाफट।

लोयल स्ट्रिटको दायाँबायाँका बङ्गला र घरहरू निदाइसके। कुनैका झयालमा उज्यालो देखिन्न। त्यसमाथि, वातावरणमा बतासको गति शून्य छ। वृक्षका बुढ्यौली लागेका पातहरू अविचल छन्। रातको यो मध्यप्रहरमा दायाँबायाँ फुटपाथका वृक्षहरू पनि निदाएझ्ैँ लाग्दैछन् उसलाई।

उसको ढाडमा ब्याकप्याक झोला बसेको छ। त्यसभित्र किताब, टिस्यू पेपर, लञ्च-बक्स, लिपिष्टिक, गम, पानीको बोतल र जिपलक भित्र दुई स्लाइस पिज्जा छन्। डेढ बजे राति आफ्नो अपार्टमेन्टको कोठामा पुगेपछि ऊ त्यही पिज्जा खाएर सुत्नेछे। स्टोरपछाडिको निनाज पिजा सप बन्द हुनुअगाडि नै उसले ती दुई स्लाइस स्क्रम्पी पिजा मगाएकी थिई। राति प्रायः ऊ यस्तै पिज्जा, बर्गर, ब्रेडरोल आदि खानेकुरा खाएर सुत्छे। आठ वर्षदेखि उसको पेटले यस्तै जङ्क-फूड पाउने गरेको छ।

बिहान कफी सपको मफिन र कफी खाएपछि दिउँसो तीन बजे एकैपटक स्टोरमा पुगेर ऊ आफ्नो झोलामा राखेको लञ्च-बक्स खोल्छे। त्यसमा कहिले दालभात तरकारी हुन्छ; कहिले तरकारी र भात, अचार र भात वा चिकेनका टुक्रा र भात। तिनैलाई स्टोरको माइक्रोवेभ ‘भनमा तताएर खान्छे। बेलुका एकैचोटि अपार्टमेन्टमा फर्किएपछि त्यस्तै पिज्जा, बर्गर चपाउँदै पानी वा कुनै चिसो पेयसँग निलेर सुत्छे। कुनै कुनै रात चरम थकाइ र निद्राले झोलाबाट तिनै खानेकुरा झ्िकेर खान पनि भ्याउन्न। झ्ोला एकातिर कुनामा हुत्याएर लुगै नफेरी ‘छ्यानमा डङरङ्ग पल्टेपछि भोलिपल्ट आठ बजे बज्ने घडीको एलार्मले मात्रै ब्यूँझ्ाउँछ। त्यसपछि ऊ चाहेर पनि सुत्न सक्दिनँ।

‘छ्यानबाट जर्‍याकजुरुक उठिहाल्छे। निद्राले बटारिएका आँखा खोल्ने प्रयास गर्दै बाथरुमभित्र पस्छे। भित्रको सब कर्म सिध्याई निर्मल भएर निस्कन्छे, तैपनि उसका आँखाबाट निद्रा पूरै हट्न सकेको हुँदैन। शरीरका मांसपेशीहरू थकाइ मर्न बाँकी नै हुन्छन्। चिसो पानीले नुहाएर निस्किए पनि शरीर थाकिरहेको र आँखा निदाउन खोजिरहेकै हुन्छन्। तर, धेरै कुराको चटारोले उसलाई ‘छ्यानमा फर्किन दिँदैन। लञ्चको लागि एउटा ‘भन बवेलमा आधा कप चामल राखेर भिजाउँछे र पानी अड्कलेर ‘भनमा राखी माइक्रोवेभ अन गर्छे। त्यसरी सधैँ माइक्रोवेभमै भात पकाउन उसलाई सजिलो लाग्छ।

त्यसपछि ऊ ल्यापटप खोल्छेर इन्टरनेट खोलेर आफूसँग भएका दुईवटा इमेल एकाउन्ट चेक गर्न थाल्छे। नेपाल, भारत, चीन, जापान, जर्मन, बेल्जियम र अमेरिकाकै विभिन्न राज्यबाट उसका मेलहरू आउँछन्। तीमध्ये अधिकांश साथीभाइका र केही नातागोताका हुन्छन्। केही मेल बिहे गरिसकेका र नगरेका उसका पुराना प्रेमीहरूबाट पनि आउँछन्। तर तिनले जवाफ पाउने, नपाउने कुरो उसको मुडमा भरपर्छ। ती उल्लुहरूलाई ऊ त्यति महत्व दिन्न पनि। अरूको जवाफ भने समयले भ्याएसम्म टाइप गर्छे र पठाउँछे। त्यसपछि ऊ कलेजको असाइन्मेन्ट टाइप गर्ने र प्रोफेसरलाई फरवार्ड गर्ने काम गर्छे।

यसबीच माइक्रो ‘भनमा पकाउन राखेको भात पाकिसकेको हुन्छ र माइक्रोवेभको समय सकिएको सङ्केत घण्टी एकदम र्झ्को लाग्ने गरी ट्याउँ… ट्याउँ… बजिरहन्छ। त्यसैले ऊ ल्यापटप एकछिन ‘छ्यानमा पन्छाएर उठ्छे र ‘भनभित्र पाकेको भातको तातो बवेल झ्िकेर डाइनिङ टेबलमा राख्छे। एउटा प्लेटले त्यसको मुख छोपिदिन्छेर फेरि ल्यापटप समाउन थाल्छे। कलेजकै असाइन्मेन्टका बाँकी कुरा टाइप गर्दागर्दै वा कसैलाई इमेल गर्दागर्दै उठेकी हुनाले त्यो पूरा गर्न पनि उसलाई ल्यापटपमा फर्कनै पर्छ।

ती सब गर्दागर्दै १० बजिसकेको हुन्छ। अनि ऊ ऐना हेर्दै कपाल कोर्नेदेखि अनुहार चम्काउने प्रसाधनका केही सामग्री प्रयोग गर्न थाल्छे। लुगा फेर्छे। त्योभन्दा अगाडि एकछिन कुन लुगा फेर्ने भन्ने सोच्दै क्लजेटभित्र घोरिन्छे। त्यसपछि आफ्नो ब्याकप्याक झ्ोलामा राख्नुपर्ने कुराहरू जस्तो किताब, पेन्सिल, लिपिस्टिक, आइपेन्सिल छन् कि छैनन् चेक गर्छे। पानीको बोतल राख्छे। थप कुनै किताब-कापी राख्नु छ भने ती पनि राख्छे। अनि लञ्च-बक्स ठीक गर्न थाल्छे।

लञ्च-बक्समा ऊ बवेलमा पकाएको भात सबै खन्याउँछे। फ्रिजबाट पकाएर राखेका दाल, तरकारीका ठूला बवेलहरू निकालेर लञ्च-बक्सको भातमाथि चाहिने जति अड्कल्दै हाल्छे। दाल र तरकारी चाहिँ उसले बिदाको दिन हप्ता दिनलाई नै पुग्नेगरी एकैपटक तयार पारेर बवेल भरी, भरी फ्रिजमा राखेकी हुन्छे र हरेक दिन त्यसैगरी खटाई-खटाई लञ्च-बक्समा राख्छे। लञ्च-बक्स तयार भएपछि त्यो पनि ब्याकप्याकमा हाल्छे। फेरि एक पटक ब्याकप्याकमा राख्नुपर्ने सबै कुरा एक-एक गरेर चेक गर्छे। सब ठीक छन्, केही छुटेको छैन भन्ने लागेपछि ब्याग ढाडमा भिर्छे। र, जुत्ता हुलेर निस्कन्छे।

बाटोको माइक कफीसपमा छिरेर ऊ एउटा मफिन र एक कप कफी किन्छे। मफिन कफीसपमै खाएर सिध्याउँछेर कफीको कप चाहिँ हातमै अँठ्याएर बीच-बीचमा तातो कफीको चुस्की लिँदै सब-वे स्टेशनतिर लस्कन्छे। ट्रेनको भीडभित्र उभिरहँदा पनि कफीको चुस्कीको स्वाद लिइरहेकी हुन्छे। कफीको त्यो कप कलेजको मूल ढोकासम्मै पुर्‍याउँछेर त्यहाँको कसिङ्गर फाल्ने एउटा ढ्वाङमा हुत्याइदिन्छेअनि फटाफट क्लासतिर लाग्छे। साढे एघारबाट उसको क्लास शुरु हुन्छर साढे एकमा सकिन्छ।
कलेजमा ऊ हरेक दिन एउटा क्लास लिन्छे। त्यो भन्दा बढी पढ्न न ऊसँग समय छ, न दाम नै। वास्तवमा दाम नभएकै हुनाले ऊसँग पढ्ने समय नभएको हो।

नेपालबाट ऊ अमेरिका आएको आठ वर्ष भयो। खुरुखुरु पढ्न पाएको भए अहिलेसम्म उसले स्नातकोत्तर गरेर पीएचडी समेत सिद्ध्याइसकेकी वा कुनै प्रतिष्ठित काममा लागेर हजारौँ डलर कमाइसकेकी हुन्थी। नेपालमा उसको बाउ श्रीनाथ कट्टेल रातभर यस्तै सपना देख्छ। र, छोरीको प्रगतिका स्वप्निल दृश्य सम्झ्ँदै बिहान प्रफुल्ल भएर उठ्छ।

तर, नेपालबाट आएको आठ वर्ष बितिसक्दा पनि ऊ स्नातकसम्म हुनसकेकी छैन। कहिलेकाहीँ ऊ सोच्छे, नेपालमा भएकी भए म एमए गरिसक्थेँ र कुर्सीमा बस्ने कुनै न कुनै जबमा लागिसक्थेँ। बाउआमाले अहिलेसम्म कुमारी नै रहन दिने थिएनन्, कुनै एउटा बाहुनको छोरोलाई भिडाइसक्थे र मेरो जीवनको नेपाली ढर्रा शुरु हुन्थ्यो। यहाँ यही रफ्तारमा पढ्ने हो भने स्नातक हुनै अझ् दुई वर्ष लाग्छ। आठ वर्षमा नेपालमा धेरै कुरा भइसक्थ्यो, तर यहाँ स्नातक पनि हुनसकेकी छैन! यस्तो सोचेपछि उसको मन, पेट र शरीर पोल्न, गल्न र थाक्न थाल्छ। त्यसकारण ऊ सकभर विगत सोच्दिनँ।

त्यस रात पनि ऊ पूर्ववत् स्टोरबाट फेरि सब-वे स्टेशन पुग्दैछे। यसको लागि ऊ त्यसैगरी पूर्ववत् लम्कँदैछे।

अहिले ऊ जिमी बसेको अपार्टमेन्ट घर नजिक आइपुगी। जिमी त्यो घरको भुइँतलामा सडकपट्टिको कोठामा बस्छर उसको कोठामा बत्ती बलेको छ। घरका अरू झयाल, कोठाहरू अँधेरिइसके पनि जिमीकै कोठाको बत्ती मात्र बलिरहेछ। जिमी ऊ काम गर्ने स्टोरमा कोल्डड्रिङ्स, पानी, जुस, चुरोट, गम, कण्डम, म्यागजिन र अखबारहरू किन्न बरोबर पस्छ। त्यसैले उसले जिमीलाई राम्रोसँग चिनेकी छ। यता वरिपरिका सब घर र अपार्टमेन्टवासीहरूलाई पनि ऊ चिन्छे। किनभने ती सब आफूलाई चाहिने खुद्रा कुराहरू किन्न उसकै स्टोरमा आउँछन्। तीमध्ये कतिपय ग्राहकसँग उसको मीठो बोलीवचनको आत्मीय सम्बन्ध पनि भइसकेको छ। त्यस्तै सम्बन्ध भएकोमध्ये एक हो जिमी।

जिमी कुनै कम्पनीको अनलाइनमा काम गर्छर रातको दुई बजेसम्म पनि गरिरहेको हुन्छ। कोठाभित्र एकाग्र भएर टेबुलमा कम्प्युटरको किबोर्ड चलाइरहेको उसलाई फुटपाथमा हिँड्ने जो कोहीले देख्छ। मध्यरातमा त्यसरी सब-वेतिर लम्कँदा धेरैजसो ऊ पनि जिमीलाई काम गरिरहेकै देख्छे। जतिसुकै हतारमा भए पनि एकछिन अडिएर जिमीको झयालको शिशा ढक्ढक्याउँछे। उसको आवाजले जिमी झयालतिर फर्किएर पुलुक्क हेर्छ। ऊ हाँस्दै हात उठाउँछेर जिमी पनि त्यसै गर्छ। अनि गुडनाइट भन्दै फेरि आफ्नो हिँडाइको रफ्तार बढाउँछे। आज पनि उसले जिमीको झयालको शिशा त्यसैगरी ढक्ढक्याई, हाँस्दै हात उठाईर गुडनाइट जिमी भन्दै लस्की।

फुटपाथका काठे लठ्ठाका बल्ने-निभ्ने गरिरहने स्वचालित बत्तीहरू त्यसैगरी बल्ने-निभ्ने गरिरहेछन्। बिजुली बत्तीको यो निभ्ने-बल्ने स्वचालित प्रक्रिया उसलाई एकदम र्झ्को लाग्ने गर्छ। कि बलिरहन दिनु, कि निभाई नै दिनु नि… भन्दै बरबराउँदै ऊ लम्कँदैछे। र, पुग्दैछे सब-वे स्टेशन।

यसरी तीन वर्षदेखि ऊ ब्रेनट्री स्टोरमा काम गर्दैछे। कलेजको क्लासपछि ट्रेन चढेर सीधा स्टोर आउँछे। ‘र्लने स्टेशनसम्म आइपुग्न उसलाई ३० मिनेट र त्यसपछि हिँडेर स्टोरसम्म पुग्न अर्को २० मिनेट लाग्छ। रातको चकमन्नतामा स्टेशन फर्कन भने १३-१४ मिनेट मात्रै लाग्छ। फेरि स्टोर पुग्न पाँच-सात मिनेट ढिलै भए पनि उसलाई त्यो सिफ्टको कामको चार्ज बुझ्ाउने म्याथ्युले केही भन्दैन। तैपनि ढिलो भएको दिन ऊ भन्छे, “सरी…!” म्याथ्यु पनि त्यस्तै विनम्रतामा भन्छ, “…नो प्रोब्लेम, डन्ट वरी एबाउट इट…” र, ऊ “थ्याङ्क्यू म्याथ…” भन्दै आफ्नो ढाडको झ्ोला स्टाफरुममा राख्न लस्कन्छे।
म्याथ्युलाई ऊ म्याथ भन्न रुचाउँछे। त्यसकारण ऊ उसलाई कहिल्यै म्याथ्यु भन्दिनँ।

म्याथ्यु ऊभन्दा एक वर्ष अघिदेखि स्टोरमा काम गर्न थालेको हो। स्टोरको काम पनि उसलाई म्याथ्युले नै सिकाएको थियो। ऊ एकदम विनम्र र भद्र भएकोले आत्मीय लाग्छ उसलाई। त्यही आत्मीय फिलिङले गर्दा म्याथ्युलाई उसले म्याथ भनेकी हो। म्याथ्युको यो नाम उसको भित्रै आत्मादेखि नै उब्जिएको हो। त्यसकारण काम गर्न थालेको २०-२२ दिनपछि नै उसले म्याथ्युलाई सोधेकी थिईः “आइ वुड लाइक टु से यु म्याथ, वुड यु माइण्ड?”

“’! नाइस, नो प्रोब्लेम, यु क्यान से मी म्याथ इफ यु लाइक…”

यसपछि उसले म्याथ्युलाई म्याथ भन्न थाली। तर, त्यस दिन म्याथ्युले उसलाई जिस्क्याउँदै भनेको थियोः
“बट, यु नो आइ एम वीक इन म्याथ…”

“मी टु…, द्याट्स ह्वाई आइ वान्ट टु से यु म्याथ…”

“रियल्ली …?” म्याथ्युले भनेको थियो। र, उनीहरू हाँसेका थिए।

कुनै दिन म्याथ्युले उसलाई आफू हिसाबमा कमजोर भएकोले साइन्स नपढेर लिवरल आर्ट पढेको र त्यसपछि क्रिमिनल जस्टिस् पढ्न थालेको कुरो सुनाएको थियो।

“… किन सोसियोलजी छोडेर क्रिमिनल जस्टिस् पढ्न थालेको त…?” म्याथ्युलाई उसले सोधेकी थिई। र, उसले भनेको थियोः
“…सोसियोलजीमा जबको सम्भावना धेरै छैन, त्यसकारण…”
“अनि क्रिमिनल जस्टिस्मा छ त?”

“… सोसियोजलीभन्दा धेरै छ, … यो पढाइ पूरा गरेँ भने म क्वीक जब पाउँछु…” चुड्की बजाउँदै म्याथ्युले भनेको थियो।
“क्वीक जब भन्नाले कस्तो?”

“जस्तो कुनै कर्पोरेट ल फर्मको, पुलिसको, एफबीआईको, या सेकुरिटी गार्डको …”
“… तिमी के प्रिफर गर्छौ त?”

“जे पनि, तर पाएँ भने एफबीआईमा जान्छु…”

अनि उसले आश्चर्यले सोधेकी थिईः
“किन?”

“इट्स फन जब…” उसले भनेको थियो।
म्याथ्युबारे ऊसँग अर्को आश्चर्यको जानकारी पनि छ। त्यो सुनेपछि म्याथ्युको जीवन उसलाई झ्न् उदेकलाग्दो लागेको थियो।
म्याथ्यु उसकी आमाका सात सन्तानमध्ये चौथो र तेस्रो लोग्नेको सन्तान रहेछ। अहिले उसकी आमा पाँचौँ लोग्नेसँग बस्छे। ती पाँच लोग्नेमध्ये पहिलो र दोस्रोबाट एक छोरा र तीन छोरी तथा तेस्रो, चौथो र पाँचौंबाट एक-एक छोरा जन्माएकी रहिछ। त्यसकारण उसले भनेको थियोः
“मेरा तीन हाफ सिस्टर र तीन हाफ ब्रदर छन्…”

म्याथ्युको बाउबाट भने ऊ मात्र जन्मिएको रहेछ। ऊ, दुई वर्षको हुँदा उसकी आमाले उसको बाउलाई छोडिछ। बाउ अहिले कहाँ छ, उसलाई थाहा छैन। सोध्दा भनेको थियोः
“…कतै होमलेस जीवन बिताइरहेको होला जँड्याहा…”

उसकी आमाले उसलाई बाउ जँड्याहा भएको बताएकी थिई।
बाउबारे उसले खास खबर राखेको छैन, तर आमाको खबर राखेको छ।
“त्यो न्युयोर्कमा छे…” उसले भनेको थियो।

तर पाँच वर्षदेखि आमासँग पनि उसको सम्पर्क छैन। म्याथ्यु एक्लै कुनै रुममेटसँग ब्रेनट्री शहरकै चेसनटहिलको आरनोल्ड स्ट्रिटमा बस्छ। उसले सोधेकी थिईः
“मदर्स डेमा पनि आमालाई फोन गर्दैनस्…?”
जवाफमा उसले भनेको थियोः
“नो नीड…”
“किन?”
“सी डन्ट नीड मि…, आइ हेट हर…”
म्याथ्युको उदेकको जीवन, उदेकको परिवार र चिन्तन सुनेर ऊ शुरुमा निकै आश्चर्यमा परेकी थिई। तर, अब यस्ता पारिवारिक संरचना, विघटन र कलह सुन्दासुन्दा र देख्दादेख्दा ती कुराले उसको संवेदनाको गर्भमा प्रवेश पाउन छाडिसके। त्यस्ता कुराहरू उसको कानबाटै उड्छन्।

ऊ आफ्नैबारे पनि सोच्छे, मेरो पनि जीवन कम आश्चर्यको छैन। अमेरिकी विश्वविद्यालयको पढाइ पूरा गरेर अमेरिकी वैभव कमाउने सपनाको थासो बोकेर आएकी थिएँ, तर पढाइ काकाकूलको प्यासजस्तो कहिल्यै पूरा नहुने भइरहेछ। काम पनि स्टोरको बाहेक अर्को पाउन सकेकी छैन…

दुई वर्षदेखि ऊ पोर्टरस्क्वायरको एउटै अपार्टमेन्टमा बसिरहेकी छे। योभन्दा पहिले ऊ अनेक अपार्टमेन्ट चहार्दाचहार्दा थाकेकी थिई, अहिले पोर्टरस्क्वायर सब-वे स्टेशनबाट १० मिनेट हिँड्नुपर्ने कलेज स्ट्रिटको घर नं. १७१, अपार्टमेन्ट नं. १० मा बस्छे। नौ बाई नौका तीन साना-साना कोठा, एउटा वाथरुम र सानो साझ्ा किचेन, फ्रिज र डाइनिङ भएको अपार्टमेन्टको एउटा कोठामा ऊ बस्छे, महिनाको तीन सय डलर तिरेर। अरू दुई कोठामध्ये एउटामा दुई आइरिस केटा र अर्कोमा एउटा काले र एउटी गोरी केटी बस्छन्― दुवै अमेरिकन। तीमध्ये ढिलो कोठामा पुग्ने उही नै होली। ऊ अपार्टमेन्टभित्र पस्दा डेढ-दुई बजिसकेको हुन्छ, अरूका कोठाका बत्ती निभिसकेका हुन्छन्।

बल्ल ऊ सब-वे स्टेशन आइपुगी। यो अन्तरनगरीय ट्रेन सेवाको अन्तिम बिसौनी हो। यसपछि टाढा जानेहरूले बस चढ्नुपर्छ। तर, उसको स्टोरतिरबाट आउने कुनै बस नभएकोले ऊजस्ता बाहन नहुनेहरूले हिँडेरै आउनुपर्छ।

स्टेशन बाहिरको यात्रु बेञ्चमा केही जँड्याहाहरू पल्टेका छन्। केही यताउता लर्खराइरहेछन्। तिनले उसलाई देख्नेबित्तिकै भनेः
“ह्याव अ गुड नाइट म्याम…”

तर ऊ तिनीहरूतिर हेर्दै नहेरी फुत्त स्टेशनभित्र पसी। आज तिनले उसलाई यत्ति मात्र भने, कहिले त स्टेशनको ढोकाभित्र छिर्ने बाटै छेकेर चानचुन डलर माग्न थाल्छन्। त्यस्तो बेला ऊ एकाध डलर हातमा राखिदिएर उम्कन विवश हुन्छे। त्यहाँका कतिपय स्थायी जँड्याहाले त उसलाई चिनी पनि सकेका छन्। त्यसैले राति कामबाट फर्किएको बेला उसलाई देख्नेवित्तिकै भन्छन्ः

“गुड नाइट म्याम!”

ट्रेनको डिब्बाभित्र पनि त्यस्तै लठ्ठिएका घिनलाग्दा जँड्याहा बसेका हुन्छन्। तर, निद्रा र नसाले झ्ुल्दै चुपचाप बसेका हुनाले बाहिरका जँड्याहाको जस्तो उसलाई तिनको डर लाग्दैन। तर डिब्बाभित्र देखिने अन्य केही दृश्यले भने उसलाई निकै असजिलो पार्छ।

डिब्बाभित्र मध्यरातको कामको सिफ्ट सकेर घर फर्कने अनेक कम्पनीका स्त्री-पुरुष, ठिटा-ठिटीहरू पनि हुन्छन्। डिब्बाभित्र पसेर बेञ्चमा बस्नेवित्तिकै उनीहरू परस्पर ‘ठ चुम्ने, एक-अर्कालाई काखमा राख्ने र उत्तेजित हुने कर्ममा लिप्त हुन्छन्। कति योभन्दा चर्को क्रियाकलापमा लागेका हुन्छन्। हरेक रात उसका आँखाले यस्ता भ्रष्ट दृश्य व्यहोर्नु पर्छ। त्यसकारण डिब्बाभित्र हुन्जेल उसलाई आफ्नो गर्धन सीधा पार्न पनि मन लाग्दैन। उसलाई तिनका ‘ठ, जिब्रा, तिघ्रा, हात र लठ्ठिरहने आँखाहरूसँग निकै घिन लाग्छ। त्यस्तो अवान्छित क्रियाकलाप र उच्छृङ्खल वातावरणमा बस्न परुन्जेल असजिलो लागिरहन्छ। र, ऊ झयालबाहिर हेर्छे र रातको गति नाप्छे। नभए आँखा चिम्लने, छड्के फर्किने,घोप्टिने― यस्तै केही न केही उपाय गरेर आफ्ना आँखालाई त्यस्ता दृश्यबाट छल्छे।

ट्रेन लामो टनेलभित्र पस्यो। अब यो टनेलैटनेल ऊ ‘र्लने स्टेशनसम्म पुग्छ।

झयालबाहिर टनेलको भित्तोबाहेक केही देखिँदैन। त्यसकारण ऊ डिब्बाभित्रको वातावरण प्रदूषित बनाइरहेका उत्तेजक दृश्य हेर्न नपरोस् भनेर गर्धन झ्ुकाउँछे। र, आँखा चिम्लन्छे। डिब्बामा ‘ठ, हात, तिघ्रा र जिब्राहरूको प्रदूषण यथावत् छ। १० मिनेटमा ट्रेन उसको बिसौनीसम्म आइपुग्दा उसको गर्धन अररो भइसक्छ।

यसबेला मध्यरातको एक बजिसकेको छ। नेपालमा मध्यान्ह शुरु हुन लाग्यो होला। र, उसको बाउ हालखबर सोध्नेलाई भन्दै होलाः “छोरा युकेमा छ, छोरी अमेरिकामा छे…”

हालः अमेरिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *