स्वाद
कविताको स्वादमा
म चपाइदिन्छु
सब गद्यहरू
म निल्छु
कविताको स्वादमा
कटुवाणीहरू, झुठहरू
र, खरा गद्यहरू
कविताको स्वादमा
धेरै दुष्ट-गद्यहरू
निल्न सजिलो हुन्छ ।
खोज
खोजेको प्रेम हो
चाहे त्यो ईश्वरबाट पाइयोस् वा
आमाको आत्माबाट
वा बाको आँखाबाट
चाहेको प्रेम हो
ईश्वरबाट पाइयोस्
वा इस्त्रीबाट
प्रेम हो, प्रेम हो, प्रेम हो
जीवनभर यसैलाई खोजेर
हिजो बिहान एक यात्रीको मृत्यु भयो ।
खोजेको प्रेम हो
जहाँ पाइन्छ
त्यहीँ लम्कन्छ पाइला
