अहिले हामी केण्डल स्क्वायर आइपुग्यौँ । यसरी हामी कहाँसम्म सँगै हुनेछौँ भन्ने सोच्दै मैले उसलाई सोधेँ, “कहाँ बस्नुहुन्छ -”
“सेन्ट्रल स्क्वायर … ।”

“ए ˜˜ … ।”

“तपाईंलाई थाहा छ कुनै समय झुम्पा लाहिडी पनि यहीँ बस्थिन् … -”

“को झुम्पा लाहिडी … -”

“झुम्पा लाहिडी के ! ….अहिलेकी नामुद अमेरिकी लेखिका … हो, तिनी यहीँ बस्थिन् … ।”

“ए ˜˜ झुम्पा लाहिरी … वास्तवमा उनको नयाँ उपन्यास सेन्ट्रल स्क्वायरको सेरोफेरोबाटै त शुरु भएको छ …” म भन्छु ।

“ए ˜˜ तपाईंले पनि पढ्नुभएको रे छ… ।”

“पढेको छु … ।”

“झुम्पाले त्यसमा आफ्नो समाजको राम्रो चित्रण गरेकी छिन् … मैले भर्खर हो पढेको … त्यस उपन्यासबारे सेन्ट्रल लाइब्रेरीमा मैले उनको प्रवचन सुनेको थिएँ … जीउ-डालले पनि उनी मलाई निकै राम्री लागिन् … त्यस्ती राम्री काली इण्डियन केटी मैले देखेको छैन … ।”

प्रसङ्ग फरक पार्न खोज्दै मैले ऊसँग सोधेँ, “तपाईं के गर्नुहुन्छ नि -”

“मतलब …. -”

“के काम गर्नुहुन्छ -”

“ओ ! अहिले त हिँड्दैछु ।”

यसो भन्दै ऊ अलिक हाँस्यो । त्यसकारण म खिस्रिक्क परेँ । मेरो अनुहारको यो भेउ लिँदै उसले भन्यो, “यसको मतलब अहिले मेरो कुनै काम छैन … बेकार छु … अनि तपाईं -”

“म ‘स्टप एण्ड सप’ मा काम गर्छर्ुुमैले भनेँ ।

“के काम गर्नुहुन्छ -”

“म त्यहाँ क्यास-अपमा काम गर्छु..”

“अनि बस्नुहुन्छ कहाँ नि -”

“म पनि सेन्ट्रल स्क्वायरको छेउछाउ नै बस्छु … ।”

“कहाँ -”

“अइटिन युनियन स्टि्रट…”

“ए˜˜ मभन्दा थोरै पर बस्नुहुँदोरहेछ… कुनै समय ग्राहम बेल पनि त्यतै बस्थे … अहिलेको पोएट ल्यारुएट कवयित्री लुइस गुलक पनि यतै बस्छिन्… ।”

“ए ˜˜ अनि तपाईं कुन स्टि्रटमा -”

“थर्टर्ीीाइन एलम स्टि्रट ।”

“हामी पाँच मिनेटको फरकमा बस्दारहेछौँ … ।”

“त्यस्तै हो … तपाईं कफी पिउन रुचाउनुहुन्छ कि हुन्न -” उसले सोध्यो ।

“पिउँछु ।”

“त्यसो भए छिरौँ यहाँ … ” भन्दै उसले ‘स्टार बक’ कफी सपको ढोका तान्यो ।

हामी भित्र पस्यौँ ।

भित्र टेबुलहरू सब भरिएका छन् । काउन्टर अगाडि पनि ग्राहकहरू लाम लागेका छन् । हामी दुवै लाइनमा उभियौँ । काउन्टरमा काममा सलबलाइरहेका सुन्दर केटीहरूलाई देखाउँदै उसले भन्यो, “यी सब ब्राजिलियन केटीहरू हुन्… ब्राजिलियन आइमाई धेरै राम्रा हुन्छन्… तपाईंलाई थाहा छ ब्राजिलियन पुरुषहरूले असाध्यै प्रेम गर्ने तीन कुरा के हुन्… -”

“… के हुन् … -”

“सकर -फूटबल), बियर र आइमाई… ।”

“ए ˜˜˜ ! … ।”

हामी कफी काउन्टर नजिक पुग्दैछौँ । उसले मलाई सोध्यो, “तपाईंको आफ्नै कुनै च्वाइस छ कि … -”

“छैन ।”

“डि-क्याफै लिनुहुन्छ कि कफी नै … -”

“कफी नै … ।”

“त्यसमा मिल्क, क्रिम, स्वीटनर वा सुगर के … -”

“दूध र स्वीटनर …” मैले भनेँ ।

उसले दर्ुइ कप कफी अर्डर गर्‍यो । पैसा उसले आफैँ तिर्‍यो । आफ्नो कपको पैसा मैले आफैँ तिर्न चाहेको थिएँ । तर, उसले मानेन ।

हामी ‘स्टार बक’ साइन छापिएको कागजको बाक्लो लाम्चो सोह्र आउन्सको कप बोक्दै बाहिर चिसोमा निस्क्यौँ ।

“वास्तवमा म दर्ुइ महिनादेखि बेकार छु…” कफीको चुस्की लिन खोज्दै उसले भन्यो । र, चुस्की लिएपछि फेरि बोल्यो, “तर केही छैन… पाइहाल्छु, खोज्दैछु, राम्रो ठाउँ खोज्दैछु… तर अब जहाँ पाइए पनि गरिहाल्छु ।”

“पहिले कहाँ काम गर्नुहुन्थ्यो … -”

तर यसको जवाफ नदिई उसले मलाई सोध्यो, “मेरो अपार्टमेन्ट लगभग आयो… केही क्षणका लागि जानुहुन्छ तपाईं मकहाँ …- कफी पिउञ्जेल बस्नुहोला… ।”

उसको यो प्रस्ताव मलाई अचम्मको लाग्यो तैपनि भनेँ, “ओके… ।”

एलम स्टि्रटको हाउस नम्बर थर्टर्ीीाइनको दोस्रो तलाको अपार्टमेन्ट नम्बर तीनमा उसले मलाई उकाल्यो । र, पर्सबाट साँचो झकिेर ढोकाको लक खोल्यो ।

हामी अपार्टमेन्ट भित्र छिर्‍यौँ । ‘वन बेड’ रुमको अपार्टमेन्ट रहेछ यो ।

लिभिङ रुमबाट किचेन र बेडरुम पनि देखिन्छ । वरिपरि अन्य थुप्रै डेकोरेटिभ र शो-पिसहरूका साथै प्लाज्मा टीभी र किताबहरूले टन्न भरिएको निकै राम्रो र्‍याक छ । भित्तामा चार वटा अनुकृत एक्रेलिक पेन्टिङ छन् । झयालनिरको टेबुलमा कम्प्युटर राखिएको छ ।

अहिले म किताबको र्‍याकतिर हर्ेर्दैछु । त्यसमा धेरैजसो कम्प्युटरसम्बन्धी किताब छन् । अन्य किताबमा स्टिफेन किङका छ-सात उपन्यास छन्, जोन रिड र फिलिप रोथका दर्ुइ उपन्यास छन् । मार्खेजको ‘माइ चाइल्ड’, टोनी मोरिसनको ‘लभ’, विस्लाव शिम्वोर्स्काको ‘मिराकल फियर’, इसाबेला एलेन्डेको ‘माइ इन्भेन्टेड कन्ट्री’ म स्पष्ट देखिरहेछु ।

मैले उसलाई सोधेँ, “स्टिफेन किङ्ग पनि पढ्नुहुँदोरहेछ… ऊ त साहित्यिक स्तरको उपन्यासकार होइन … !”

“नभए पनि उसका उपन्यास मजाका छन्… तर ती किताब मेरा होइनन्… मेरो गर्लप|mेण्डका हुन्… मेरो त त्यसमा कम्प्युटरसम्बन्धी पुस्तकहरू र विस्लाव शिम्वोर्स्का, मेरी ओलिभरका कविताका किताबहरू मात्र हुन्… ।”

“ए ! तपाईंकी गर्लप|mेण्ड पनि छिन् -”

“छे… तर अब ऊ हुन्न,” कफी रित्तिएको हातको कप कुनाको ट्रयासपटमा हुर्‍याउँदै उसले रुखोसँग भन्यो ।”

मलाई अचम्म लाग्यो । त्यसकारण सोधेँ, “किन -”

“किनभने म दर्ुइ महिनादेखि बेकार छु… दर्ुइ महिना अगाडि म ‘अल्ट्रा सेन्चुरी’ सफ्टवेर कम्पनीमा काम गर्थेँ… तर अमेरिकाबाट सफ्टवेरका कामहरू सस्तो बजार खोज्दै विदेशिन थाले… त्यसको प्रभाव मेरो कम्पनीमा पनि पर्‍यो… फलतः मेरो कम्पनीले बीस जना इञ्जिनियरहरूलाई ‘ले.. अफ’ -कटौती) मा पार्‍यो, तीमध्येको एउटा अभागी म पनि हुँ… र दर्ुइ महिनादेखि यिनै अखबार हर्ेर्दै कम्पनीहरूमा दर्खास्त पठाउने काम गर्दैछु,” उसले टेबुलमा फिँजिएका रोजगारीका सूचनाहरू मात्र छापिने अखबारका ‘वान्टेड’ का पेजहरू देखाउँदै भन्यो ।”

म खल्लो मानेर मौन भइरहेँ ।

फेरि तिनै अखबार देखाउँदै उसले भन्यो, “मेरो अध्ययन यिनै अखबारहरूमा सीमित छ आजकाल … ।

“केही छैन… पाइहाल्नुहुन्छ…” मैले कमजोर किसिमको सान्त्वना दिँदै भनेँ ।

“… ख्वै दर्ुइ महिनादेखि यत्तिकै हल्लँदैछु … र गर्लप|mेण्ड पनि गुमाउँदैछु… ।”

“किन -”

“किनभने मेरो ‘जब’ छैन… ।”

“… अहिले ‘जब’ नभएर के भो र फेरि पाइहाल्नुहुन्छ नि … !”

“तर आजसम्म त पाइएको छैन नि … केही दिन पहिले उसले मलाई सुनाएकी थिई- यदि तिमी छिट्टै ‘जब’ खोज्दैनौ भने म तिमीसँग बसिरहन सक्दिनँ… ।” यही कुरो स्मरण गराउँदै हिजो राति एक्कासी उसले मलाई भनी, “… अब म भोलि अन्तै बस्न जान्छु… तिमी बेकारीलाई सहेर अब म बसिरहने पक्षमा छैन… ।”

“… यो त नमज्जाको कुरो भयो … ।”

“तर म खुशी छु… किनभने उसका दैनिक कचकच, फतफत र ठसठसबाट म मुक्त हुँदैछु … ।”

म चुप छु । ऊ त्यसैगरी भन्दैछः

“… वास्तवमा उसलाई म असाध्यै माया गर्थेँ… यो अपार्टमेन्टको एक हजार पर्छ…. उसलाई म तीन सय मात्र तिर्न लगाउँथे… बाँकी घरायसी खर्च…. बिदाको दिनमा घुम्ने खर्च, पव र क्लबको खर्च… उसका जुत्ता र लुगाको खर्च आदि मै व्यहोर्थेँ… अहिले तपाईं हुँदाहुँदै आई भने देख्नुहुनेछ त्यसलाई… राम्री र स्मार्ट छे … ।”

“… तर तपाईंलाई छोड्दै छे… ।”

“छोडोस्… वास्तवमा उसले मलाई यो अपार्टमेन्ट छोड्न भनेकी थिई… तर मैले उसलाई भनिदिएँ- मलाई छोड्ने भएपछि अपार्टमेन्ट पनि तैँ छोड्… किन छोड्ने मैले अपार्टमेन्ट ….-” ऊ हल्का जङ्गयिो ।

“ठीकै हो … ।”

“… हर्ेर्नुस् भरेसम्ममा वा अहिले नै कुनै क्षणभित्र ऊ यहाँ हान्निँदै आइपुग्ने छे र आफ्ना किताब, डसना, पलङ्ग, फर्निचर लैजाने छे… त्यसपछि म उसको ठसठस, गनगन र मप्रतिको उसको घृणाका आँखाहरूबाट मुक्त हुनेछु … तपाईंको गर्लप|mेण्ड छैन … -”
“छैन… ।”

“त्यसो भए तपाईंले मेरोजस्तो आघात सहनुपर्ने छैन … ।”

“किन … -”

“किनभने तपाईंको गर्लप|mेण्ड छैन… ।” एउटा सुखी।, सम्पन्न मान्छेलाई लोभिएर हेरेझैँ हर्ेर्दै उसले मलाई भन्यो ।

“तर, म त ‘स्टप एण्ड सप’ कोे सुपरमार्केटको क्यासअप डिपार्टमेन्टको मामुली कर्मचारी हुँ ।”

फेरि मेरो अनुहार उस्तै लोभिएर हर्ेर्दै उसले सोध्यो, “अनि के तपार्इँ रुममेटहरूसँग बस्नुहुन्छ -”

“हो… ।”

“कति जनासँग बस्नुहुन्छ -”

“चार जनासँग ।”

“ती तपाईंका आफन्त हुन् कि रुममेट मात्र हुन् …-”

“रुममेट मात्र हुन्… तीमध्ये एउटा पाकिस्तानी, एउटा मोरोक्कोको र एउटा जर्मनीको छ … ।”

“… त्यसो भए तपाईं स्वतन्त्र हुनुहुँदोरहेछ… यहाँ म एक हजार डलर तिर्छर्ुु. एकदम आराम छ यहाँ…. तपाईं चाहनुहुन्छ भने यहाँ र्सर्नुस्… त्यहाँभन्दा यहाँ अवश्य नै आराम हुनेछ तपाईंलाई … ।”

तर यसबारे म केही बोलिनँ । ऊ नै बोल्योः

“… वास्तवमा मैले रुममेट त खोज्नर्ैपर्छ… एक्लै एक हजार डलर यो बेकारीमा कसरी तिर्नसक्छु र म … यो महिनासम्मको आधा त उसैले तिरिदिई… अब त गधैनी जाँदैछे… मैले रुममेट त खोज्नर्ैपर्छ… जस्तै ‘जब’ पाइए पनि अब म गर्न थाल्नेछु… डिसवासकै काम भए पनि गर्न थाल्नेछु… केही महिनासम्ममा त आफ्नो ल्याकतको काम कसो नपाउँला -”

म चाहिँ उसको अनुहारमा प्रकट भइरहेका निराशा, आक्रोश, ग्लानि, घृणा र आत्मदिलासाका क्षणक्षणका भावहरू पढिरहेछु ।

बाहिर भविष्यवाणी अनुसार हिउँ पर्न शुरु भइसकेको छ । त्यसकारण घरका छानाहरू सेताम्मे हुन थालिसकेका छन् । म उसलाई सान्त्वना दिन सकिने उपयुक्त वाक्य खोज्दैछु ।

ऊ फेरि बोल्छ, “… हर्ेर्नुस् अब म ‘गे’ हुन्छु… र चुत्तड आइमाईहरूको झन्झटबाट मुक्त हुन्छु… वास्तवमा ‘गे’ हुनु आइमाईको स्वार्थबाट मुक्त हुनु हो… ।”

म अहिले पनि झयालबाहिर नै हेरिरहेको छु । हिउँ अघिभन्दा बाक्लिएर र्झर्दैछ ।

ऊ फेरि बोल्यो, “के म ‘गे’ हुन लायक छैन -”

तर अहिले पनि म टाउको मात्र हल्लाएर मौन बसेँ । बाहिर कसैले ढोका ढक्ढक्याएको आवाज आयो ।

“त्यै हुनर्ुपर्छ, किनभने त्यसले ढोका ढक्ढक्याउने पारा यही हो… ।” उसले मतिर पुलुक्क हेरेर भन्यो । र, हान्निएर ढोका खोल्न गयो ।

त्यै रहिछ ।

ऊ ‘हाइ’ भन्दै पसी । सुनौलो कपाल, नीला आँखा भएकी मांसल-सुरिली र सेती ऊ अमेरिकी मूलकै रहिछ । साँच्चिकै स्मार्ट र राम्री रहिछ ।

वास्तवमा ऊ पनि कोठामा क्रोधोन्मत्त पसेकी थिई ।

यता उसलाई देख्नासाथ उसका रौँहरू पनि तात्न थालेका थिए । अहिले त्यही रनकमा उसले भन्यो, “ल तँ आफ्ना सामान जत्ति लैजा… तेरो कुरुप अनुहार हर्ेन अब म यहाँ बसिरहन्न… मसँग साँचो छ… तँ कुरुप निस्केपछि मात्र आउनेछु… ।”

यो सुनेपछि उसको अनुहार पनि क्रोधले झन् फुलेको देखियो । तर, उसले केही बोलिनँ । बरु आफ्ना सामानहरू छाँट्नतिर लागी ।
उसले चाहिँ मलाई बाहिर निस्कौँ भन्ने इसारा गर्‍यो । र, उठ्यो ।

ढोका खोलेर बाहिर निस्कँदा निस्कँदै उसले फेरि उस्तै क्रोधमा भन्यो, “तँसँग चार वर्षसुतेको इतिहास छ मसँग… ।”

अनि पर्ूण्ातः बाहिर निस्किएर उसले भयानक जोडले ढोका थुनिदियो । त्यसकारण जवाफमा भित्र उसले के बोली सुनिएन । तर, भर्‍याङ ओर्लँदै ऊ उस्तै क्रोधमा बर्बरायोः

“अब म ‘गे’ हुन्छु ‘गे’ … ।”

म चाहिँ उसले योभन्दा अगाडि बोलेको इतिहासको वाक्य सम्झँदै ओर्लँदैछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *