संसारलाई छोड्नै पर्छ कोमलप्रसाद भट्ट गजल by ksFebruary 11, 20131 Commentसंसारलाई छोड्नै पर्छ किन बेइमानी सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी छोटो हाम्रो जिन्दगानी मरिजाने चोला यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी
मुलुकको खजाना लुटेरै सखाप भो कोमलप्रसाद भट्ट गजल by ksFebruary 5, 2013मुलुकको खजाना लुटेरै सखाप भो भरोषा र आशा चुटेरै सखाप भो गरीवी र भोकले सधैँ ग्रस्त पार्दा समाजका सुस्वप्ना टुटेरै सखाप भो
भरोसा गरेथेँ ढल्यो आज कोमलप्रसाद भट्ट गजल by ksJanuary 30, 2013भरोसा गरेथेँ ढल्यो आज फेरि खरानी भएरै बल्यो आज फेरि दियौ घात धोका कसम बिर्सनाले विचारेर मष्तक गल्यो आज फेरि
अशान्तिको आगो सधैँ दन्किएर कोमलप्रसाद भट्ट गजल by ksJanuary 24, 20135 Commentsअशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो सीमानामा वैरीहरू तन्किएर देश डुब्यो आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो
किन यिनलाई पत्याउनु कोमलप्रसाद भट्ट गजल by ksJanuary 21, 2013किन यिनलाई पत्याउनु देश डुब्ने भैगो कति हाम्लाई अत्याउनु देश डुब्ने भैगो खप्नु सम्म खपी सक्यौँ, सधैँ झुक्याएर कहिले सम्मन् रत्याउनु देश डुब्ने भैगो
यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन कोमलप्रसाद भट्ट गजल by ksJanuary 15, 20131 Commentयति छिटै जिन्दगीका पाटाहरू फेरिएछन थाहै नपाई गन्तव्यका बाटाहरू फेरिएछन हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको स्नेहालु त्यो आँगनीका माटाहरू फेरिएछन
छचल्क्यो जवानी उबायो कसैले कोमलप्रसाद भट्ट गजल by ksJanuary 13, 20131 Commentछचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले
नव वर्ष फुलोस फलोस कोमलप्रसाद भट्ट गजल by ksJanuary 1, 20134 Commentsनव वर्ष फुलोस फलोस मेरो शुभकामना वैरभाव र विरोध ढलोस मेरो शुभकामना दिदीबहिनी, दाजुभाइ, देश र विदेश सबमा सद्भावको दीप बलोस मेरो शुभकामना
कि त तिम्ले प्रतिभा नै लुटेको कोमलप्रसाद भट्ट गजल by ksDecember 30, 20121 Commentकि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो नत्र तिम्रो खराब आदत छुटेको भे हुन्थ्यो निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं समीपमै आई बरु कुटेको भे हुन्थ्यो
सोझासिधा निमुखाको आश कोमलप्रसाद भट्ट गजल by ksDecember 24, 2012सोझासिधा निमुखाको आश टुट्नु हुन्न थिचिएर निसासिंदै सास टुट्नु हुन्न संसारमा प्यारो हुन्छ आफ्नो घर वार अनाथ र अशक्तको बास टुट्नु हुन्न
आफ्नो औकात जनाइहाल्यौ कोमलप्रसाद भट्ट गजल by ksDecember 19, 2012आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई संसारभरि गनाइहाल्यौ सबले चिने तिम्लाई देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई
किन गज़ल लेख्नु पर्यो कोमलप्रसाद भट्ट गजल by ksDecember 15, 20121 Commentकिन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त सही नाम र ठेगानालाई मारिदिन्छु म त थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त
आजभोलि शरमले झुकेको छ शिर कोमलप्रसाद भट्ट गजल by ksDecember 10, 2012आजभोलि शरमले झुकेको छ शिर बिनसित्ती चोरी गर्दा लुकेको छ शिर लुकाएको सत्य-तथ्य सबै सामू आउँदा ओठ, मुख, तालु समेत् सुकेको छ शिर
दु:खै दु:ख मान्दामान्दै कोमलप्रसाद भट्ट गजल by ksDecember 1, 20121 Commentदु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी घिच्याएर तान्दातान्दै गयो जिन्दगानी दिल खोली खुसी बाँड्न सकिएन कहिल्यै सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी
वसन्तमा प्रकृतिको मात कोमलप्रसाद भट्ट गजल by ksNovember 25, 2012वसन्तमा प्रकृतिको मात रैछ माया लट्ठ्याउने मीठामीठा बात रैछ माया सिरीसिरी हावाचल्दा गृष्मऋतु राम्रो छहारीमा हल्लिएको पात रैछ माया
स्वर्ग जस्तो संसारमा कोमलप्रसाद भट्ट गजल by ksNovember 19, 20122 Commentsस्वर्ग जस्तो संसारमा, सीता जस्ती नारी सुकोमल भावनामा, हाँस्थ्यो घर बारी सुषमाको ज्योति आउने सधैँ मिर्मिरेमा प्रभातिले नौलो किरण छर्थ्यो वारी पारी
तिहार आयो धेरै आँशु, नझार्नु है बहिनी कोमलप्रसाद भट्ट गजल by ksNovember 15, 20121 Commentतिहार आयो धेरै आँशु, नझार्नु है बहिनी दिक्क मानेपनि हिम्मत, नहार्नु है बहिनी टीका टाला लगाउन, दाजु आउला भन्दै मखमली फूलको बोट, नसार्नु है बहिनी
यसपालीको तिहारमा आउन पाइन दिदी कोमलप्रसाद भट्ट गजल by ksNovember 9, 2012यसपालीको तिहारमा, आउन पाइन दिदी सप्त रङ्गी टीका पनि, लाउन पाइन दिदी मिठाई र सेल पुरी, पकाएर टन्नै भाइ-बहिनीसँगै बसी, ख्वाउन पाइन दिदी
मर्नुसम्म मरिसक्यो अब मर्ने छैन कोमलप्रसाद भट्ट गजल by ksNovember 4, 2012मर्नुसम्म मरिसक्यो, अब मर्ने छैन पर्नुसम्म परिसक्यो, अब पर्ने छैन अभाव र बेदनामा, पिल्सिएर आँशु झर्नुसम्म झरिसक्यो, अब झर्ने छैन
परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं कोमलप्रसाद भट्ट गजल by ksOctober 31, 20121 Commentपरदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टीका टाला भन्दै सजाएका सपनाहरू तुहाएर गयो दशैं