Skip to content

कोमलप्रसाद भट्ट

संसारलाई छोड्नै पर्छ

संसारलाई छोड्नै पर्छ किन बेइमानी
सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी

छोटो हाम्रो जिन्दगानी मरिजाने चोला
यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी

अशान्तिको आगो सधैँ दन्किएर

अशान्तिको आगो सधैँ दन्किएर देश डुब्यो
सीमानामा वैरीहरू तन्किएर देश डुब्यो

आफ्नो औकात बिर्सिएर ठूलाठालू बन्दै हिड्ने
च्याऊ जस्ता नेता सबै सन्किएर देश डुब्यो

किन यिनलाई पत्याउनु

  • by

किन यिनलाई पत्याउनु देश डुब्ने भैगो
कति हाम्लाई अत्याउनु देश डुब्ने भैगो

खप्नु सम्म खपी सक्यौँ, सधैँ झुक्याएर
कहिले सम्मन् रत्याउनु देश डुब्ने भैगो

यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन

यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
थाहै नपाई गन्तव्यका बाटाहरू फेरिएछन

हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरू फेरिएछन

नव वर्ष फुलोस फलोस

नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना

दिदीबहिनी, दाजुभाइ, देश र विदेश सबमा
सद्भावको दीप बलोस मेरो शुभकामना

कि त तिम्ले प्रतिभा नै लुटेको

कि त तिम्ले प्रतिभा नै लुटेको भे हुन्थ्यो
नत्र तिम्रो खराब आदत छुटेको भे हुन्थ्यो

निन्दनीय कार्य गर्छौ लुकी छिपी सधैं
समीपमै आई बरु कुटेको भे हुन्थ्यो

सोझासिधा निमुखाको आश

  • by

सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न

संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न

आफ्नो औकात जनाइहाल्यौ

  • by

आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसारभरि गनाइहाल्यौ सबले चिने तिम्लाई

देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई

किन गज़ल लेख्नु पर्यो

किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त

थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त

दु:खै दु:ख मान्दामान्दै

दु:खै दु:ख मान्दामान्दै गयो जिन्दगानी
घिच्याएर तान्दातान्दै गयो जिन्दगानी

दिल खोली खुसी बाँड्न सकिएन कहिल्यै
सधैँ मुठी बान्दाबान्दै गयो जिन्दगानी

हेरी ल्याउँदा कोही छैन पराई झैँ लाग्ने
सबै आफ्नू ठान्दाठान्दै गयो जिन्दगानी

KomalPrasadBhatta-04

वसन्तमा प्रकृतिको मात

  • by

वसन्तमा प्रकृतिको मात रैछ माया
लट्ठ्याउने मीठामीठा बात रैछ माया

सिरीसिरी हावाचल्दा गृष्मऋतु राम्रो
छहारीमा हल्लिएको पात रैछ माया

KomalPrasadBhatta-03

स्वर्ग जस्तो संसारमा

स्वर्ग जस्तो संसारमा, सीता जस्ती नारी
सुकोमल भावनामा, हाँस्थ्यो घर बारी

सुषमाको ज्योति आउने सधैँ मिर्मिरेमा
प्रभातिले नौलो किरण छर्थ्यो वारी पारी

तिहार आयो धेरै आँशु, नझार्नु है बहिनी

तिहार आयो धेरै आँशु, नझार्नु है बहिनी
दिक्क मानेपनि हिम्मत, नहार्नु है बहिनी

टीका टाला लगाउन, दाजु आउला भन्दै
मखमली फूलको बोट, नसार्नु है बहिनी

यसपालीको तिहारमा आउन पाइन दिदी

  • by

यसपालीको तिहारमा, आउन पाइन दिदी
सप्त रङ्गी टीका पनि, लाउन पाइन दिदी

मिठाई र सेल पुरी, पकाएर टन्नै
भाइ-बहिनीसँगै बसी, ख्वाउन पाइन दिदी

KomalPrasadBhatta-02

मर्नुसम्म मरिसक्यो अब मर्ने छैन

  • by

मर्नुसम्म मरिसक्यो, अब मर्ने छैन
पर्नुसम्म परिसक्यो, अब पर्ने छैन

अभाव र बेदनामा, पिल्सिएर आँशु
झर्नुसम्म झरिसक्यो, अब झर्ने छैन

परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं

परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं
घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं

अर्चना र पूजा आजा टीका टाला भन्दै
सजाएका सपनाहरू तुहाएर गयो दशैं