Skip to content

आजभोलि शरमले झुकेको छ शिर

  • by


आजभोलि शरमले झुकेको छ शिर
बिनसित्ती चोरी गर्दा लुकेको छ शिर

लुकाएको सत्य-तथ्य सबै सामू आउँदा
ओठ, मुख, तालु समेत् सुकेको छ शिर

के गर्नु र बुद्धि विवेक भ्रष्ट भएपछि
यस्तो लाग्छ संसारले थुकेको छ शिर

बरु आफ्नो क्षमतामा चित्त बुझाएर
बसेको भे हुन्थ्यो होला चुकेको छ शिर

ऐलेसम्म जे भए नि हुन्न अब भन्दै
माफी माग्नु पर्ला भनी ढुकेको छ शिर

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
9th December, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *