मुलुकको खजाना लुटेरै सखाप भो
भरोषा र आशा चुटेरै सखाप भो
गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखाप भो
अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखाप भो
इलम क्यै नपाई युवाशक्ति सारा
विदेशतर्फ लर्कन छुटेरै सखाप भो
कहाँ हो सुशासन गयो भक्ति देशको
सबै पद र लोभमा जुटेरै सखाप भो
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
19Jan, 2013
