Skip to content

भरोसा गरेथेँ ढल्यो आज

  • by


भरोसा गरेथेँ ढल्यो आज फेरि
खरानी भएरै बल्यो आज फेरि

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरि

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरि

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरि

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर “कोमल” जल्यो आज फेरि

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *