Skip to content

कोमलप्रसाद भट्ट

आफ्नो प्यारो आँगनीमा

  • by

आफ्नो प्यारो आँगनीमा, नटेकेको धेरै भयो
कस्ती भइन जन्मभूमि, नदेखेको धेरै भयो

डाँडा काँडा पहरामा, घुम्थ्यौँ अति रमाउँदै
द्यौरालीमा चोखो ढुङ्गो, नफेंकेको धेरै भयो

संसारमा आमाभन्दा ठूलो नाता

  • by

संसारमा आमाभन्दा ठूलो नाता कुन्छ ?
टुहुरो भै बाँचेको छु यो मन साह्रै रुन्छ

ममताकी खानी अनि वात्सल्यकी मूर्ति
सम्झनाले छाती मेरो छिया छिया हुन्छ

पुराना ती घाउ जति आलै भए

  • by

पुराना ती घाउ जति आलै भए अचेलभरि
पूर्णिमाका रात पनि कालै भए अचेलभरि

बल्झिएला कहिले भनी च्याँखे थापी कुर्नु पर्दा
जिन्दगानी जुवा तासका खालै भए अचेलभरि

बडप्पन र घमण्डले नमात्तिनु

बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी

राम्रा हुन्छन आफ्नै रीति, संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी

देव्रे आँखा फरफरायो

  • by

देव्रे आँखा फरफरायो के हुने हो फेरि
पूरै शरीर थरथरायो के हुने हो फेरि

हुकुचिलले कराएर कुलच्छिन भो सधैं
भ्यागुतो नि टरटरायो के हुने हो फेरि

भित्र भित्रै धोका दिने वफादारलाई

  • by

भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु

सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गलकारलाई देखेको छु

खुसी सारा लुटी रित्तै

खुसी सारा लुटी रित्तै, बनायो पापी मायाले
कसैको आँसुमा उत्सव, मनायो पापी मायाले

देखिँदै मुखमा राम, भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ, भनायो पापी मायाले

सबै कुरा बिर्सिएर

  • by

सबै कुरा बिर्सिएर, पिऊँ जस्तो लाग्यो आज
नशासङ्गै हराउँदै, जिऊँ जस्तो लाग्यो आज

“काग जति कराए नि, पिना सुक्न छोड्ने होइन”
त्यसैले त आफ्नो मुख, सिऊँ जस्तो लाग्यो आज

जिन्दगीको गाडी कहाँ रोकिने

  • by

जिन्दगीको गाडी कहाँ रोकिने हो थाहा छैन
अँझै केही चल्ने हो कि ठोकिने हो थाहा छैन

गाह्रो हुन्छ हिंड्न डुल्न हात खुट्टा बसेपछि
रोई कराई कहिलेसम्म बोकिने हो थाहा छैन

परदेशमा प्यारो मुटु दुखाएर

  • by

परदेशमा प्यारो मुटु दुखाएर बसेको छु
अनगिन्ती कथा व्यथा लुकाएर बसेको छु

रातो दिन घोट्टिएर काम काज गर्दा खेरी
भोक प्यासले शरीरलाई सुकाएर बसेको छु

सम्झनाका लहरहरू छल्किएको

सम्झनाका लहरहरू छल्किएको धेरै भयो
हृदयको भित्री घाउ बल्किएको धेरै भयो

चाहनाको संसारमा आगो लाग्दा हुरुरुरु
डँढेलोले अभिलाषा सल्किएको धेरै भयो

गाउँ घरको सम्झनाले

गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
आँसुले नै तकियालाई धुन्छन परदेशबासी

पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी

कस्तो हुन्छ चोखो मायाँ

  • by

कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ

बाध्यता र विवसताका कथा व्यथा जति सबै
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ

जाग नारी ज्ञानचक्षु बाल्दै

  • by

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरू ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

संसारमा सबैभन्दा, देश आफ्नै प्यारो

  • by

संसारमा सबैभन्दा, देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि, भेष आफ्नै प्यारो

लगाएनी बिदेशका, चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको, खेस आफ्नै प्यारो

जति चोट खपेर नि

  • by

जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको, नाम्लो, घाँससँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँभरि कह्यौ आमा