Skip to content

मर्नुसम्म मरिसक्यो अब मर्ने छैन

  • by
KomalPrasadBhatta-02


मर्नुसम्म मरिसक्यो, अब मर्ने छैन
पर्नुसम्म परिसक्यो, अब पर्ने छैन

अभाव र बेदनामा, पिल्सिएर आँशु
झर्नुसम्म झरिसक्यो, अब झर्ने छैन

वारी पारी जता ततै, हण्डर र चोट
छर्नुसम्म छरिसक्यो, अब छर्ने छैन

प्रकृतिले ठग्ने कहिले, दैव पनि ठग्ने
गर्नुसम्म गरिसक्यो, अब गर्ने छैन

मनभित्र दुख, दर्द, पीडा, कष्ट आदि
भर्नुसम्म भरिसक्यो, अब भर्ने छैन

Copyright @कोमल भट्ट,
रोचेस्टर, न्युयोर्क
1st November, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *