Skip to content

किन गज़ल लेख्नु पर्यो


किन गज़ल लेख्नु पर्यो सारिदिन्छु म त
सही नाम र ठेगानालाई मारिदिन्छु म त

थाहा नभे आफ्नै हुन्छ पाए ठिक्क पार्दै
गोहीका झैँ स्वार्थी आँसु झारिदिन्छु म त

बधाई र प्रशंशा ले भरिएलान भित्तो
यथार्थलाई बैतरणी तारिदिन्छु म त

गज़लकार भएँ भन्दै साथी संगातीलाई
धाक धक्कुसँगै मख्ख पारिदिन्छु म त

किन गर्यौ बेइमानी, जाल र झेल भन्दै
सोधी हाले भने पनि टारिदिन्छु म त

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
डिसम्बर ८, २०१२

1 thought on “किन गज़ल लेख्नु पर्यो”

  1. Thank you
    प्रिय मझेरी डट कम !
    अत्यन्तै माया,सद्भाव र स्नेह दर्शाएर निरन्तर रूपमा मेरो रचना प्रकाशित गरिदिनुभएकोमा हार्दिक आभार तथा कोटी कोटी धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *