Skip to content

कोमलप्रसाद भट्ट

छुटाएरै खुसी हाँसो

  • by

छुटाएरै खुसी हाँसो, रुवायो आज तकदिरले
भिजाएरै झर्यो आँसु, धुवायो आज तकदिरले

सुनौला कल्पना गर्दै, फुलेथ्यो फूल झैं जीवन
खसालेरै भूमि माथि, कुवायो आज तकदिरले

कसरी ब्यक्त गरौँ ?

  • by

कसरी ब्यक्त गरौँ ? यहाँ अत्याचार भएको छ
कसैको स्वच्छ भावनामा बलात्कार भएको छ

विकृति र विसंगति, बढेका छन् दिन दिनै
पवित्र विचारधारा पनि, निराधार भएको छ

आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ

  • by

आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो, निख्रिएर रोएको छ ।

कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उधृएर रोएको छ ।

दिन रातै दस नङ्ग्रा खियाउन

  • by

दिन रातै दस नङ्ग्रा खियाउन गाह्रो हुन्छ
पटक पटक मरेकालाई जीयाउन गाह्रो हुन्छ

भोक र रोगले सताएर पिल्सेकाछन् देशै भरि
सरकारलाई जीवनजल नि पियाउन गाह्रो हुन्छ

आफ्नै देशका व्यथाहरू

  • by

आफ्नै देशका व्यथाहरू सुनिदिने कोही छौ कि ?
च्यातिएको हृदयलाई तुनिदिने कोही छौ कि ?

अन्याय र अत्याचारले ढाकेको छ जताततै
कुकर्मका बाटाहरू थुनिदिने कोही छौ कि ?

सुका मानु घिउ खाएँ

  • by

सुका मानु घिउ खाएँ, भन्नु हुन्थ्यो बाले
अठन्नीमा लुगा लाएँ, भन्नु हुन्थ्यो बाले

ईमान्दारी थिए धेरै, जाली फटाहाभन्दा
शान्तिसँग बाँच्न पाएँ, भन्नु हुन्थ्यो बाले

दैव तिमी निष्ठुर रैछौ

  • by

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन
विचरा ! ती निर्दोषको बास लुट्यौ किन

लह लह धान झुल्थे हरियाली फाँट
ढुङ्गे बगर बनाएर गाँस लुट्यौ किन

जिन्दगीको इतिहासै हराउँदा

  • by

जिन्दगीको इतिहासै हराउँदा दुख्छ मान्छे
आफन्तले बिरानु झैं गराउँदा दुख्छ मान्छे

पसिनाले सिञ्चन गर्दै माया दियो बगैँचालाई
ध्वस्त पार्दै गाईबस्तु चराउँदा दुख्छ मान्छे

संसारैभरि सुशान्ति छर्यौ

  • by

संसारैभरि सुशान्ति छर्यौ तिमीलाई प्रणाम छ
अज्ञानता र अन्धकार हर्यौ तिमीलाई प्रणाम छ

“नबोल्नु झूटो, नचोर्नु कहिल्यै, नगर्नु काटमार”
भनेर महान उपदेश गर्यौ तिमीलाई प्रणाम छ

बिछोडको पीडा नसकी

  • by

बिछोडको पीडा नसकी खप्न रुँदैछिन बिचरी
आँसुले भिज्यो तकिया सबै धुँदैछिन बिचरी

वेदना उर्ल्यो श्रावणको बाढी उर्ले झैं गरेर
प्रियाको साथ सम्झेर दु:खी हुँदैछिन बिचरी

सोझा सिधा जनतालाई

  • by

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली, झेली, कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

कति राम्री जन्मभूमि

  • by

कति राम्री जन्मभूमि ! नामै प्यारो लाग्छ सधैँ
रीति- रिवाज संस्कृति र धामै प्यारो लाग्छ सधैँ

मुटु भरि छचल्किँदा सम्झना र माया मात्रै
आफ्नै घरका दलिन, निदाल थामै प्यारो लाग्छ सधैँ