धीरकुमार श्रेष्ठ

अनाम पाठशालामा एकदिन

अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकिरहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नजन्मिनुपर्ने मान्छे

आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DhirKumarShrestha-02

जुगला मामाको काठमाडौँ यात्रा

‘हमरा पशुपतिके दर्शन नै करेबै ? (मलाई पशुपतिको दर्शन गराउनुहुन्न ?)’ उनी अर्थात् जुगला मामाको मप्रति सधैँ गुनासो हुन्थ्यो ।

काठमाडौँबाट घर पुगेर भेट हुनुहुँदैनथ्यो, उनको मुखबाट माथिको वाक्य फुस्किहाल्थ्यो । त्यसपछि सानोमा ‘तपाईँलाई यसरी हुर्काएँ, काँधमा बोकेर कहाँकहाँ पुर्याएँ’ भन्न थालिहाल्थे उनी । म जहिले पनि ‘अर्कोपटक घर आउँदा तिमीलाई लान्छु’ भनी आश्वासन दिन्थेँ । मेरो आश्वासनलाई प्रत्येकपटक अस्वीकार गर्थे र भन्थे, ‘जैया अहाँ यही कहिके भुलावैछी (तपाईँ जहिले पनि यसै भनी अलमलाउनुहुन्छ । )’

‘अर्कोपटक त तिमीलाई जसरी भए पनि लान्छु ।’ भनेर थुम्थुम्याउँथेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फर्केर हेर्दा : मास्टरजीको जलखै र ग्वाहाली पाठशालामा केही दिन

अप्रिय सानु,

तिमीले तिम्रो जीवनको पहिलो र अन्तिम दिनका लागि पहिलो पाठशालामा टेकिसकेपछि तिम्रो शिक्षारम्भ गाउँमै विष्णु मामाले आफ्नो दुवारमा राखेका मास्टरजीसमक्ष भयो । मास्टरजी बिहान बेलुकाको खाना त विष्णु मामाकै घरमा खान्थे तर भिन्सर (बिहान) को जलखैचाहिँ उनीसँग पढ्ने तिमी विद्यार्थीहरूले पालैपालो झर्काको गहिरो थालमा राखेर लगिदिनुपर्थ्यो । उनको जलखैमा हुन्थ्यो सिलौटोमा मसिनो गरी पिसेको हरियो नुनखुर्सानीमा तिखो राग आउने करूवा तेल तपतप चुहिने गरी मसमसी मुछेको भुजा (खट्टे) । यतिमात्र होइन, भकभक उम्लिरहेको करुवा तेलमा भुक्क-भुक्क उठेर पट्पटी फुट्ने गरी तारेको रातो खुर्सानी तर कालो भइसकेको । मास्टरजी सबभन्दा पहिले तिमीहरूकै अगाडि जिब्रो पड्काई-पड्काई तिम्रा बतियारी (तिमी होइन नि) ले लगिदिएका जलखै ‘सी … ऽ … ऽ … सी … ऽ … ऽ …’ गर्दै खान्थे । त्यतिबेला तिमीहरूका जिब्रामा तरक्कै पानी आउँथे र घुटुक-घुटुक थुक निल्दै एकअर्काको मुखामुख गर्दै बस्थ्यौ । जलखै खाइसकेपछि मास्टरजी ठाडो घाँटी लगाएर किलकिले तल र माथि गर्दै गर्दै एक लोटा पानी एक थोपो पनि भुइामा नझारी घटघटी पिउँथे र पलेटी कसेर विष्णु मामाको ग्वाहालीमा आसनी जमाउँथे । अँ, आसनी भन्दा पो समझेँ, तिमीहरूले चाहिँ आफै आफ्ना लागि ओछ्यान बोरा बोक्नुपर्थ्यो । होइन भने विष्णु मामाका गाईंभैँसीले शौचालय बनाएर भिजाएका गन्धे ग्वाहालीमा चिसै बस्नुपर्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
DhirKumarShrestha

फर्केर हेर्दा : अनाम पाठशालामा एकदिन

  • by

अप्रिय सानु,

तिमीले तिम्रो शैक्षिक विगतका बारेमा जान्न चाहेका रहेछौ । ढिलै भए आज लामो समयपछि तिमीलाई तिम्रो शैक्षिक विगतले आकर्षित गरेछ । खुसी लाग्यो । तिम्रा शैक्षिक विगतका बारेमा सम्पूर्ण कुरो त म पनि जान्दिनँ तर पनि स्मृतिको धमिलो चित्रमा अवशेषका रुपमा बाँकी रहेका केही भग्न इतिहासबाट सम्भव भएसम्मका विगत टिपेर पठाउँदै छु । तिमीलाई काम लागे प्रयास सफल भएको मान्नेछु ।

सप्तरीका दुर्गम गाउँहरूमध्येको एउटा गाउँ सोनरा । तीनतिरबाट दुईओटा खोलाले घेरिएको । एकातिर जिता खोला र अर्कोतिर अनाम खोला । यी दुवैको दोभानले घेरिएको तेस्रो किनारमा अवस्थित थियो (छ ?) पकरी गाउँ विकास समितिभित्रको एउटा गाउँ सोनरा । त्यहीँ २०१८ सालको मध्य वर्षाका दिनमा एउटा बालककको जन्म भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिकर्षण

  • by

टेक्न खोज्छु । टेकिँदैन । उभिन खोज्छु । सकिँदैन । खुट्टा कपास भएको छ । बादलपारिको देशमा डुलिहिँड्ने सिकियाको फूल भएको छ । धरातल नबिर्सन खोज्छु । बाध्य छु । उक्लेको सिँढी नबिर्सन खोज्छु । बाध्य छु । कस्तो बाध्यता हो ! आफैंलाई थाहा छैन ।

हिँड्न खोज्छु । उड्नु पुग्छु ।

फैलाउनलाई पखेटा छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अपराधीहरू … !

  • by

अचेल दिन नबिराई सुदूरपश्चिमेलीहरू राष्ट्रिय समाचारमा छाएका छन्, ‘आज यतिजनाले, भोलि उतिजनाले मुक्ति पाए ।’

यस्तै–यस्तै हेर्दा–हेर्दा आँखामात्र होइन सुन्दा–सुन्दा कान पनि पाकिसक्यो । मुक्तिकामी जनताको देशमा जुक्ति नै नलगाई यत्रो उपलब्धि प्राप्त गर्दा यी अलपत्र पर्न नसकेका समाचारपत्रले कोकोहोलो मच्चाउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चङ्गा चेट

  • by

गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा पनि तिनीहरूलाई प्राप्त गर्न सके गाउँको अभावग्रस्त जिन्दगीबाट मुक्ति पाउन सकिने ठान्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्वोच्च प्रतियोगी

  • by

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्‍यो। समितिले छनौट प्रणालीलाई पारदर्शी र भरपर्दो पार्नाका लागि रङ्गशालामा एउटा राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गर्‍यो। प्रतियोगितामा भाग लिनाका लागि योग्यता र नागरिकताबाहेक अरू कुनै वादसम्बन्धी योग्यताको आवश्यकता थिएन।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानसिक रोग

  • by

नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए। शारीरिक र भौतिकरूपमा कुनै रोग नदेखिएपछि अन्ततः उनलाई मानसिक अस्पतालमा लगियो। त्यहाँ उसका बारेमा सबै कुरा सुनिसकेपछि डाक्टरले सोधे, “गोपालप्रसाद रिमाल पनि एक समय यस्तै भएका थिए। कतै तपाईं पनि खाँट्टी राष्ट्रवादी त होइन?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाकस

  • by

“तपाईंका नाममा एउटा बाकस आउँदैछ । हाम्रा मान्छेले एक-दुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आरम्भ अर्थात् सुरुआत

  • by

वर्तमान – साइरन बजिरहेछ । लाइनअगाडिको खुला चउरमा उपस्थित हुनका लागि जनाउ हो यो । जो जुन अवस्थामा छन् सोही अवस्थामा दगर्ुछन् । संभावित त्रास सबैका आँखामा छ, अनुहारमा मृत्युको भय टाँसिएको छ । सधैँ एकनाशको जिन्दगी बित्न थालेको दशक पुग्न लागिसक्यो । उही बम, उही बारुद, उही मृत्युको समाचार । लाग्छ, मानिसको वरिपरि जीवन होइन मृत्यु बाँचिरहेछ । मानिस जीवनका नाममा मृत्युका डोली बोकिरहेछन् । काँधमा बन्दुक होइन मृत्युको सन्देश बोकिरहेछन् । गलामा गोलीका माला होइन, विषालु गोमन र्सप बोकिरहेछन् जसले छानीछानी डसेर तत्काल मृत्युलोकमा पुर्‍याउनसक्छ । तुम्लेटमा पानी होइन मृत्युका थोपाथोपा सञ्चित छन् । उफ ! कस्ता दिन आए !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आर्यघाट

  • by

नजिकको तीर्थ हेला भनेझैँ साँझबिहान बाटामा आउँदाजाँदा, भेट हुँदा तिनीहरूको त्यति वास्ता लागेको थिएन । डेराअगाडि छाप्रामा बस्ने तिनीहरूलाई जब मैले तीन दिनसम्म लगातार देखिन अनि तिनीहरूप्रतिको रुचि बढ्दै गयो । कहाँ गए होलान् , के भए होलान् , किन तिनीहरूको छाप्रामा सधैँ बल्ने टुकी बल्दैन आदिजस्ता प्रश्नहरूले घेर्न थालेपछि म तिनीहरूका बारेमा जान्न उत्सुक भएँ । कहिलेकाहीँ मन वास्ता नगरिएका विषयमा केन्द्रित हुँदो रहेछ । म तिनीहरूको ताल्चा झुन्डिएको ढोकातिर एकटक लगाएर हेर्न थालेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •