“तपाईंका नाममा एउटा बाकस आउँदैछ । हाम्रा मान्छेले एक-दुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भर्पाइ पठाइदिनुहोला,” सरलाले फोनमा भद्र आवाज सुनी ।
“कहाँबाट आएको हो – त्यसमा के छ -” उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए । तर, केवल दुईवटा प्रश्न गर्न भ्याई ।
“बाकस तपाईंको श्रीमानले काम गर्नुभएको दुबईको कम्पनीबाट आएको हो । भोलि काठमाडौँ आइपुग्छ । बन्द अथवा आन्दोलन-हडताल केही भएन र बाटो क्लिएर भयो भने पर्ससिम्म तपाईंको घरमै आइपुग्छ । हामी त्यही प्रयासमा छौँ,” भद्र आवाजबाट सरलाले पहिलो प्रश्नको उत्तर पाई । दोस्रोको पाइन । पहिलोको उत्तर नै यति लामो थियो कि दोस्रोको आयो-आएन, उसले थाहा पाइन । भद्र आवाजले पहिलोको उत्तर दिएर दोस्रोको जानीजानी नदिएको हो अथवा पहिलोको दिँदादिँदै दोस्रोको उसले स्वय म भुलेको हो । यो थाहा पाइन सरलाले ।
पहिले कहिल्यै यस्तो भएन । कारण थियो, पति सुबोधको फोन आउने समयको पूर्वजानकारी उसलाई हुन्थ्यो । अघिल्लोपटक फोन गर्दा पछिल्लोपटक गर्ने फोनको मिति, बार र समय भन्थे सुबोध । त्यसपछि फोन आउने दिन र समयको प्रतीक्षामा सरला मात्र होइन, घरका सारा सदस्य बस्थे ।
सुबोधको फोनको प्रतीक्षा सबैभन्दा बढी सरलालाई हुन्थ्यो । त्यसपछि आमा मनदेवीलाई । बाबु तीर्थबहादुरलाई पनि छोराको फोनको प्रतीक्षा नहुने होइन । तर, छोरासँग फोनमा कुरा गर्ने उसको पालो सबभन्दा पहिले आउँथ्यो । बाबुपछि आमाको । अनि, सरलाको । बाबु र आमासँग कुरा गरेर उब्रेको समय सरला पाउँथी ।
सुबोधसँग कुरा गररिहँदा सरलामा मीठो रोमाञ्चको सञ्चार हुन्थ्यो । चुम्बकमा फलाम टाँसिएजस्ती हुन्थी । पटकपटक एकवर्षो छोराले रिसिभर खोस्न खोज्दा दह्रो गरी समात्थी । उसलाई लाग्थ्यो, छोराले रिसिभर होइन, सुबोधलाई ऊबाट खोस्न खोजेको हो । अरू जुनसुकै कुरामा भागबन्डा गर्न रुचाउने सरला सुबोधमा एकाधिपत्य चाहन्थी । सुबोधको भागबन्डा उसलाई मञ्जुर थिएन । सुबोधलाई आफूबाट छिन्न खोज्ने जोसुकै भए पनि उसका लागि मञ्जुर थिएन । त्यो चाहे छोरा होस् अथवा सासूससुरा । छोरा भए, पर धकेलेर एकाधिकारलाई कायम राख्थी । तर, सासूससुरा भए सकस पर्थ्यो । त्यही निहुँमा बेलाबेला ठाकठुक पर्थ्यो । कुरा बुझेका सासूससुरा ‘अब सुबोधको लगाम हाम्रो हातमा छैन’ भनी छोराबुहारीसँग निश्चित दूरी कायम राख्थे । यसरी दुवैको सीमारेखा निर्धारण भयो । आ-आफ्नो सीमारेखा बुझेका सासूससुरा अलग्गिएपछि सरला सुबोधसँग निर्धक्क कुरा गर्थी ।
सरलाको आकाश छ्यँङ्ग हुन्थ्यो । कहीँ कतै कालो बादलको धर्र्सोसम्म हुँदैनथ्यो । विशाल आकाशमा निर्धक्क विचरण गर्थी । सुबोध निर्धक्क विचरण गर्थ्यो । दुवैको विचरणमा उतारचढाव र आरोहअवरोह आउँथे । उतारचढाव र आरोहअवरोह अरू विषयमा भए सहज समाधान हुन्थ्यो । तर, यौनमा पुगेपछि पोखरीबाट बाहिर निस्कन दुवैलाई समस्या पर्थ्यो ।
सरला सुबोधलाई छिटो स्वदेश फर्किन अनुरोध गर्थी । तत्काल फर्किन नसक्ने विवशता सुबोध प्रकट गर्थ्यो । तर, हरपल, हरक्षण सरलासँगै एकाकार भएर रहेको विश्वास दिलाउँथ्यो,”चराजस्तो उडेर आउन मन छ । तर, के गर्नु ! आएर मात्र नहुने । अजिङ्गरले बेरेजस्तो बेरोजगारीले सताउँछ । केही दिन धैर्य गर । चाँडै आउँछु ।”
“अँ होला ! कस्तो ठीक्क पार्न जानेको ! लोग्नेमान्छेको जात न हो ! स्वास्नीको कुरा के बुझ्थ्यो र !” सरला पति आउन सक्तैनन् भन्ने जानीजानी छिटो आउन जिद्दी गर्थी अनि थप्थी “अँ होला ! वाँ पाइन्छ होला नि राम्री-राम्री, अनि ….!” तीर हान्न चुक्तैनथी सरला ।
सरलाले वाक्य पूरा गर्न पर्दैनथ्यो । कुरा बुझ्थ्यो सुबोध । सरलाले पनि कुरा नबुझेकी कहाँ हो र ! तर, भौतिक नभए पनि ध्वनिक सन्तुष्टि गुमाउन चाहँदिनथी । सुबोधसँग गरिएका तिनै वार्तालापको मीठो सम्झनामा उसले अर्को फोनको प्रतीक्षा गर्नुपर्थ्यो । सुबोधसँग गरिएका तिनै संवाद प्रतीक्षाका समयका आह्लादकारी साथी हुन्थे । जसरी होस्, जे गरेर होस्, तिनका जहाज खुला आकाशमा उडेको उडेकै हुन्थ्यो ।
सासूससुराहरू मनमनै भुट्भुटिएर यताउति हिँडिरहन्थे । सुबोध र सरलाको जहाज जमिनमा उत्रिने नाम लिँदैनथ्यो । हुने र मिल्ने भए सासूससुराले सरलाको हातको रिसिभर खोसेर चड् यँम-चड्यँम गाला चड्काउँथे । तर, अप्रत्यक्ष्ँमा जस्तोसुकै हुरीबतास चले पनि प्रत्येक्ष्ँमा दुवै शान्त देखिन्थे । शान्त समुद्रजस्तै । तर, कसैले अनुमान गर्न नसकिने सामुद्रिक ज्वालामुखीका तावामा ती भकभक उम्लिरहेका हुन्थे ।
सुबोधसँग फोनमा कुरा गर्न पाउँदा सरला सारा संसार बिर्सन्थी । सासूससुरा मात्र होइन, छोराको समेत हेक्का रहँदैनथ्यो । यो बुझेका सासूससुरा नातिलाई आफूसँगै लग्थे । उसैको अनुहारमा सुबोधलाई देख्थे । केटाकेटीमा सुबोधलाई खेलाएको सम्झना ताजा पार्न नाति खेलाउँथे । नाति होइन, केटाकेटी अवस्थाको सुबोध आफ्नो काखमा छ भन्ने भ्रममा ती सुबोधको अनुपस्थितिको क्ष्ँतिपूर्ति गर्थे । यो एउटा विधि थियो सन्तुलित बाँच्ने । नखलबलिई संयमित बाँच्ने ।
सरला र सुबोधको भण्डार रित्तिने आश गर्नु बेकार थियो । सासू र ससुरा दुवैले पटकपटक घाँटीमा नअड्केको खकार सफा गर्न जबरजस्ती खोकसिक्दा पनि सरला र सुबोध उडिरहन चाहन्थे । सासूससुराले आकाशबाट जमिनमा ओराल्न नसकेका दुवैलाई समयले ल्यान्डिङ् गिएर बदल्न बाध्य पार्थ्यो । नचाहँदा-नचाहँदै दुवै जमिनमा ओर्लिन्थे । त्यतिबेलासम्म दुवैको अप्राप्ति सन्तुष्टिको चरणसम्म पुगसिकेको हुन्थ्यो । त्यसैको सहारामा दुवै बाँकी दिन बाँच्थे । चाँडै फोनमा भेट्ने वाचासहित रिसिभर राख्थे । सुबोधका बारेमा त थाहा भएन तर रिसिभर राखेको धेरै बेरसम्म सरला मोहनी लागेजस्ती हुन्थी । एकोहोरन्िथी । सुबोधसँग फोनमा कुरा गरेको ह्याङ्ओभर निकै समय रहन्थ्यो । त्यस ह्याङ्ओभरले पनि उसलाई सुबोधसँगसँगै बसेजस्तो आनन्द दिन्थ्यो । त्यही आनन्दमा निमग्न हुन्थी सरला । त्यही निमग्नतालाई बेलाबेला उग्राइरहन्थी । फुर्सतका समय कटनीको गतिलो माध्यम थियो निमग्नता । छिमेकीहरू झटारो हानेर जिस्क्याउँथे पनि । तर, झटारो उसका लागि आङ सिरङि्ग पार्ने मीठो स्र्पर्श हुन्थ्यो ।
मीठो स्र्पर्शको आशमा बसेका बेला भद्र आवाजले फोनमा बाकस आउँदै गरेको खबर सुनायो । फोन कहाँबाट आयो भनी सोध्ने शुद्धसिम्म रहेन । सुबोधको नामसँग उसले बिर्सने गरेका थुपै्र विषयमध्ये त्यो पनि पर्यो । यस कुराको होस उसलाई फोन राखसिकेपछि भयो ।
फोन कहाँबाट आएको होला भन्ने प्रश्नमा उसले थुप्रै विचारविमर्श गरी । थुप्रै सम्भावनाहरू उसका मनमा आउँदै, जाँदै गरे । त्यस्ता सम्भावनामा विदेशस्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय, स्थानीय जिल्ला प्रशासन कार्यालय आदि क्रमशः आउँदै, जाँदै गरे । तर, सरलाको विश्वास कुनै सम्भावनामा अडेन । सरकारी संयन्त्रको नाडी छामसिकेर विश्वास नगरेकी होइन । तर, कताकता अन्जानमै उसमा त्यस्ता संस्थाप्रति अविश्वास थियो । त्यो जन्मजात थियो अथवा सिर्जित – तर, थियो । त्यही अविश्वासले सम्भावनाको डोरी म्यानपावर कम्पनीतर्फसोझियो । तर, गैरजिम्मेवार रूपमा झर्केर बोल्ने र बोल्नुपर्दा पैसा तिर्नुपर्नेजत्तिकै गर्ने म्यान पावर कम्पनीको बोल्ने शैली एकाएक कसरी परविर्तन भयो – कुनै गैरसरकारी संस्थाले तालिम दिएबापतको प्रतिफल हो कि – यस्तै हुँडलोमा परी ।
“आ…˜…˜…˜, जसले खबर गरे पनि खबर गर्यो । कुरा सकियो । बरु बाकसमा के पो होला -” अन्त्यमा चत्ति बुझाउने किनारा फेला पारी ।
टीभी पठाइदिएको हो भनुँ भने घरमै छ । “कतै ठुलो आकारको रङ्गीन फ्ल्याट्रोन टीभी पठाइदिनुभएको हो कि -” मनमनै सम्झी ।
“घरको ब्ल्याक एन्ड ह्वाइट र सानो आकारको टीभीमा मान्छे सानो देखिन्छ । अग्लो विशाल वृक्ष्ँजस्तो देखिनुपर्ने मान्छे माखाको पत्तिजत्रो देखिँदा टीभी हेरेको स्वादै हुँदैन । धरहराको बार्दलीबाट सडकमा हिँडिरहेको लिलिपुटजस्तो मान्छे के हेर्र्नु ! कम्तीमा टीभीमा त ठुलो फराकिलो मान्छे देखियोस् । पैसा कमाएँ भने सबभन्दा पहिला ठुलो, अग्लो र फराकिलो मान्छे देखिने टीभी किन्छु । फुच्चे मान्छे हेर्दाहेर्दा आँखा साँघुरो भइसक्यो ।” पूर्वस्मृति रविाइन्ड गर्दा सुबोधले गरेका कुरा सम्झी ।
“फोनमा धेरै पैसा खर्च हुन्छ । कम्प्युटरबाट च्याटमा कुरा गर्दा थोरै पैसा लाग्छ । एकअर्काको अनुहार हेर्र्दै मज्जाले कुरा गर्न पाइन्छ । भ्वाइसमेलबाट बोलेरै कुरा गर्न मिल्छ । जमाना काँ हो काँ पुगसिक्यो ! हामी चिप्लेकीराको गतिमा छौँ । तिमी पनि कम्प्युटर चलाउन सिक र साइबरमा गएर च्याट गर्न सिक । अनि, अघाउँजी कुरा गर्न पाइन्छ ।” एकपटक फोनमा सुबोधले भनेको कुरा सम्झी ।
उसलाई कम्प्युटर त आउँथ्यो, केवल च्याट र इमेल गर्ने तरकिाको अभाव थियो । गाउँले बजारमा खोलिएको साइबरभित्र छिरेर त्यो पनि सिकी । सुबोधलाई दुइ-चारपटक इमेल गरी र च्याटमा कुरा गरी । सासूससुरालाई पनि आफूसँगै लगेर च्याटमा कुरा गर्न लगाई । सुबोधको अनुहारै हेरेर भ्वाइसमेलबाट कुरा गर्न पाउँदा हुनुसम्म खुसी भई । तर, रहस्यका कुरा गर्न नपाउँदा उसको मन कुँडियो । त्यही गुनासो गरी । सुबोधले इमेलमा लेख्न भने । भनेजस्तै गरी । तर, चत्ति बुझेन । चत्ति नबुझेको कुरा इमेलमा लेखी ।
“चत्ति नबुझेको कुरा इमेलमा लेखेबापत कतै कम्प्युटरको सेट नै पठाइदिएका त होइनन् -” सरलाको मनले प्रश्न गर्यो । सुबोधले कम्प्युटर पठाइदिएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन । अब टेलिभिजनभन्दा कम्प्युटरको सम्भावना बढी भयो ।
उसले सासूससुरासँग पनि चर्चा गरी । सहरको सपना बोकेर गएको सुबोधले थरीथरी सामग्रीको जोडजाम गरेको हुनसक्ने सम्भावनाउपर विचार भयो । तर, कसैले ठोकुवा गरेर भन्न सकेनन्, बाकसमा के आउँदैछ –
जेहोस्, बाकस आउने दिन आयो । बिहानैदेखि घरमा चहलपहल सुरु भयो । बाकस होइन, बाकसका ठाउँमा स्वय म सुबोध आइरहेको भान सबैलाई भयो । सरलाले आफूलाई सिँगारी ।
‘छिः कस्ती उत्तँउली ! लोग्ने आउने भन्दैमा बेहुलीजस्ती सिँगारनि पर्छ र ! कसैको नभएको लोग्ने !’ भन्ला भन्ने पीरले उसले आफूलाई बेहुली बनाइन । नभए फेरि एकपटक बेहुली बन्ने रहर जागेको हो ।
तैपनि, अरू दिनभन्दा बढी सिँगारी । उसका प्रत्येक पाइला र गतिविधिले एउटा मीठो तरङ्ग तरङ्गित गर्यो । त्यसैको धुनमा सुबोध होइन, बाकस आउँदैछ भन्ने सबैले बिर्सेर्
अन्ततः धुलौटे डगरमा कालो जीप धूलो उडाउँदै आयो । पाङ्ग्राले उडाएको धूलोबाट डुब्न लागेको घाम रातो गोलोमा परिणत भयो । गाउँका केटाकेटी रमाउँदै जीपको पछिपछि कुदे । गाउँका अरू पनि झुम्मिए ।
जीप सरासर सरलाको घरअगाडि रोकियो । सबै जनाले सुबोधलाई खोजे । तर, सट्टामा बाकस निस्क्यो । आँगनको बीचमा राखियो । तर, सुबोधको सट्टा बाकस आएको मान्न कोही तयार भएनन् । बरु, केटाकेटीदेखिको सुबोधको जिस्किने बानी गएको रहेनछ भन्ने सम्झे । सबैलाई छक्काउन ऊ बाकसभित्र लुकेको छ ।
बाकसको खापा उघारयिो । नभन्दै बाकसभित्र सुबोध मजाले सुतेको थियो । उसलाई सेतो पारदर्शी प्लास्िटकले छोपिएको थियो । वरपिरि बरफका टुक्रा थिए ।
कसैले सुबोधको मीठो न्र्रिा बिथोलेनन् । सरलाले पनि । ऊ हेरेको हेर्यै भई । सुबोधलाई मीठो न्र्रिा निदाउन दिई । घचघच्याएर उठाउने साहस गरनि । मोहनी लागेको जस्तो सुबोधको अनुहारमा एकोहारो हेररिही । उसको हेराइको चुम्बकीय आकर्षाको भेउ सबभन्दा पहिले सासूले थाहा पाई । मुटु हल्लियो । हंसले ठाउँ छाड्यो । आफूभन्दा बुहारीको अवस्थाले सतायो । क्यै बिघ्न नपरोस् भनी कुम थप्थप्याएर ब्यूँझाउन खोजी । तर, अबेर भइसकेछ । सुबोधकै छेउमा सरला डङ्रङ्ग लडी । बाकसमा अलिकति ठाउँ खाली बचेको थियो । सायद उसले त्यसैको पूर्ति गरी । ध
सुबोधको सट्टा बाकस आएको मान्न कोही तयार भएनन् ।बरु, केटाकेटीदेखिको सुबोधको जिस्किने बानी गएको र हेनछ भन्ने सम्झे । सबैलाई छक्काउन ऊ बाकसभित्र लुकेको छ । बाकसको खापा उघारियो । नभन्दै बाकसभित्र सुबोध मजाले सुतेको थियो ।
नेपाल साप्ताहिक
अंक २७०
