Skip to content

वर्तमान – साइरन बजिरहेछ । लाइनअगाडिको खुला चउरमा उपस्थित हुनका लागि जनाउ हो यो । जो जुन अवस्थामा छन् सोही अवस्थामा दगर्ुछन् । संभावित त्रास सबैका आँखामा छ, अनुहारमा मृत्युको भय टाँसिएको छ । सधैँ एकनाशको जिन्दगी बित्न थालेको दशक पुग्न लागिसक्यो । उही बम, उही बारुद, उही मृत्युको समाचार । लाग्छ, मानिसको वरिपरि जीवन होइन मृत्यु बाँचिरहेछ । मानिस जीवनका नाममा मृत्युका डोली बोकिरहेछन् । काँधमा बन्दुक होइन मृत्युको सन्देश बोकिरहेछन् । गलामा गोलीका माला होइन, विषालु गोमन र्सप बोकिरहेछन् जसले छानीछानी डसेर तत्काल मृत्युलोकमा पुर्‍याउनसक्छ । तुम्लेटमा पानी होइन मृत्युका थोपाथोपा सञ्चित छन् । उफ ! कस्ता दिन आए !

साइरन बजिरहेछ । सबै हातहतियार बोकेर चउरतिर दगर्ुर्दैछन् । सधैँ बिहान परेड र बेलुका खेलकुद गर्ने चउर रणमैदान बनेको छ । चारैतिरबाट चउरलाई छेकेर सुरक्षा प्रदान गर्ने शिखरहरू जुनसुकै बेला आगो ओकल्न तयार छन् । वरिपरिका रूखबिरुवाले बारुदका गन्ध फ्याँक्न थालेका छन् । तिनले पर्यावरणको सुरक्षा होइन, वातावरणलाई दूषित पारिराखेका छन् । जङ्गलमा अचेल जीवन होइन मृत्यु कुदिरहेको छ ।

साइरन बज्ने क्रम रोकिएको छ । सबै सामेल भएका छौँ । म सबैका हातमा हतियार होइन, साक्षात् मृत्यु निर्धक्क नाचिरहेको देख्छु । त्यसले कतिलाई आहारा बनाउने हो ! विडम्बना, त्यो अगस्ति छ ।

कमान्डर लामो भाषण छाँट्छन् । देशभक्ति र वीरताको पाठ पढाउँछन् । लडाइँमा छातीमा गोली थापेर मर्नुपर्छ भन्छन् । दुस्मनको सेनालाई पराजित गर्नैपर्ने उनको तर्क छ । भाषण सुन्दासुन्दै सबैमा जोश र उमङ्ग भरिन्छ । डरले छाती ढक्क फुलेकाहरू कमान्डरका अगाडि र्सगर्व छाती तन्काउँछन् । सबैको अनुहार देख्ता लाग्छ, अब मृत्युसँग जीवन होइन जीवनसँग मृत्यु डराउँछ । संभावित विजयको कल्पनाले सबैलाई फर्ूर्तिलो बनाएको छ । पिठ्यूँका गह्रौँ भारी र गह्रौँ हतियार फूलझैँ हलुका महसूस हुन थालेका छन् ।

कमान्डरको आदेशलाई रिट्ठो नबिर्राई पालना गर्र्छौँ । कठोर अनुशासन छ । यसमा हामी गौरव गछौर्ँ तर दुःख यसमा छ कि राष्ट्रको सिमानामा लडेर जित्नुपर्ने लडाइँ हामी देशको मध्यभागमा लडिरहेका छौँ । विदेशी सेनासँग लड्नुपर्ने लडाइँ हामी आफ्नै दाजुभाइ र दिदीबहिनीसँग लडिरहेका छौँ । समयको विडम्बना नै भन्नर्ुपर्छ, हामीले जितको खुसियाली मनाउँदा हामीमध्येकै कोही आँसुको सागरमा डुबिरहेको हुन्छ । जितको खुसियाली मनाउने अथवा मृत्युको मलामी जाने ! म केही सोच्न सक्तिनँ ।

कमान्डरको आदेशमा मार्च गर्दै ब्यारेकको मूलढोकाबाट बाहिर निस्केपछि पोजिसन लिएर अगाडि बढ्छौँ । अन्तिम पटक फर्केर म साइरनतिर हर्ेर्छर्ुु हामीलाई हिँडाएर ऊ मस्त निदाएको छ ।

विप्लव – फोनसेटको घन्टी लगातार बजिरहेछ । कमान्डर कुरा गर्न थाल्छन् । कुरा हुँदै जाँदा उनको अनुहारको रङ परिवर्तन हुँदै जान्छ । उनको खुकुलो अनुहारमा तनाव छाउँछ । उनले फोन सुइचअफ गरेपछि सबैलाई सम्बोधन गर्छन् “साथी हो, आज निर्ण्ाायक लडाइँ लड्नर्ुपर्छ । दुस्मनसेनालाई धूलो चटाउन सकेमात्र हाम्रो देशले मुक्ति पाउँछ । देशको सुनौलो भविष्यका लागि आजको लडाइँ जित्नर्ैपर्छ । मुक्तिकामी योद्धाले सङ्र्घष्ाबाट पछाडि हट्नुहुन्न । हामीले देशको मुक्ति र न्यायका लागि कायरता देखाउनु भनेको जिउँदै मर्नुसरह हुन्छ । बाँचेर सदा मर्नुभन्दा एक पटक मरेर सधैँ अमर बन्न सक्नर्ुपर्छ ।”

कमान्डरको सम्बोधनपछि सबैका आँँखामा सुन्दर देशको नक्सा नाच्न थाल्छ । सबैमा एउटा दृढ विश्वास झल्किन्छ । नाचीनाची बत्तीमा होम्मिन तयार पुतलीजस्ता देखिन्छन् सबै ।

“साथी हो, आ-आफ्ना हातहतियारसहित पोजिसन लिएर बस्ने । अब हाम्रो भेट लडाइँ जितेपछि मात्र हुन्छ ।” कमान्डरको आदेशपछि हामी यत्रतत्र छरिएर बस्छौँ ।

डाँडाको टुप्पामा बसेको सेन्ट्रीको आँखा राडारझैँ चारैतिर घुमिराखेको छ । उसको हातमा हरियो र रातो झन्डा छ । उसले रातो झण्डा उचाल्नेबित्तिकै फायर खोलिहाल्ने आदेश छ । म झण्डाबाट ध्यान हटाएर उसको अस्तित्वलाई छाम्न खोज्छु । जता छाम्दा पनि हरेक अङ्गबाट अभाव, गरीबी र भोक तपतप चुहिरहेको देख्छु । हाम्रा आँखामा रोपिएका सपना उसका आँखामा पनि छन् ।

कमान्डरको हातमा रहेको फोनको घन्टी बजेको बज्यै छ ।

वरिपरिको वातावरणबाट बेखबर म आकाशतिर हर्ेर्छर्ुु आकाश गजधम्म रक्ताम्य छ । त्यहाँबाट बर्सिने पानी रक्त-रंजित छ । रूखबिरुवा-जमिन सबैसबै राताम्य छन् । स्वच्छन्द विचरण गरिरहेका गिद्दहरू रक्ताम्य मान्छेलाई झम्टिन खोज्छन् । अशक्त मान्छे सकी नसकी गिद्दलाई धपाउँछन् । एउटालाई धपाएर के गर्नु ! गिद्दहरू हूलका हूल बाँधेर आक्रमण गर्छन् । समय यी सब दृश्यलाई चुपचाप हेरिरहेको छ । उसको अकर्मण्यताले गर्दा आक्रमण झन्झन् बीभत्स बन्दैछ । सल्लाहरू सुसाउन छाडेर टक्क उभिएका छन् । आक्रमणहरू झन्झन् क्रूर बन्दैछन् । आ-आफ्ना डम्फू बजाउने जनावरहरू रमिते छन् । गिद्दले मान्छेलाई सिध्याउला र बिनापरिश्रम तर मार्न पाइएला भनेर तिनीहरू र्‍याल काढ्दैछन् । एउटा विशाल देखिने गिद्दले अघि सरेर निरीह मान्छेलाई अन्तिम आक्रमण गर्छ ।

“आमा !” दुब्लो सेन्ट्री ढल्छ । उसले हामीतिर आँखा तानेर हर्ेछ र मुखबाट हुलुक्क रगत छाद्छ । कमान्डरकोे आदेशमा हामी बन्दुकको मोहरी सोझयाएर औँलाले टि्रगर दबाउँछौँ । एक्कासीको आक्रमणले दुस्मनसेना तिरमिराए । तिनीहरू तितरबितर हुन थाल्छन् । चारैतिर बन्दुक र बम पड्केको आवाजले पृथ्वी थरर काँप्छ । गिद्द र रमिते जनावरहरू पुच्छर लुकाएर भागिसकेका छन् । मेरो कानको छेउबाटै गोलीहरू जान्छन् । मैले हेल्मेटका रूपमा प्रयोग गरेको कराहीमा आएर एउटा गोली ठोक्किन्छ । तै टाढाबाट हानेका रहेछन् । नजिकबाट भए त्यसले मेरो टाउको छेडिसक्थ्यो । म बाँचेँ, मरिनँ तर कराहीमा प्वाल परेछ । त्यस प्वालबाट छिरेको चिसो सिरेटोले मलाई आफू असुरक्षित ठाउँमा बसेको जानकारी दिन्छ । वरिपरि हर्ेर्छर्ुु बङ्कर खाली रहेछ । म त्यहीँभित्र पसेर फायर गर्न थाल्छु । हामी चारैतिरबाट घेरिएका रहेछौँ तर तिनीहरू सयका सङ्ख्यामा र हामी हजारका सङ्ख्यामा रहेकाले हिम्मत हार्दैनौँ ।

वर्तमान – बिरालाको जस्तो चाल मारेर घस्रँदै अगाडि बढेकाले हामी नजिक पुगेको उनीहरू चाल पाउँदैनन् । डाँडाको टुप्पोमा उभिरहेको सेन्ट्री “आमा” भन्दै ढल्छ । ऊसँग सिङ्गै देश रोएको सुन्छु तर त्यसलाई दर्ुइतर्फी चलेको फायरले निर्ममतापर्ूवक दबाउँछ । दुस्मनको सेना सामरिक दृष्टिले उपयुक्त ठाउँमा बसेको रहेछ । तिनीहरू अत्यधिक सङ्ख्यामा अत्याधुनिक हातहतियारले सुसज्जित छन् । हामीले चारैतिरबाट घेरा हालेर आक्रमण गरिरहेकाले अन्ततः हाम्रो जित हुने निश्चित छ ।

विप्लव – दुस्मनसेना राम्रै तयारी गरेर आएको रहेछ । चारैतिरबाट आक्रमण हुँदा पनि हामी मुकाबिला गरिरहन्छौँ । घाम रक्ताम्य डुबिसकेपछि निस्पट्ट अन्धकार हुन्छ । त्यो अन्धकार दुस्मनसेना र मित्रसेनाका बीचमा बिना भेदभाव आएको छ । त्यसका लागि हामी दुवैमा अन्तर छैन । हामी दुवैलाई समान न्याय दिएको छ । कहिलेकाहीँ दुस्मनसेनाले आकाशमा फायर गरेको भेरिलाइटले केहीबेरका लागि अन्धकारलाई चिर्छ । त्यसैको प्रकाशमा म चारैतिर हर्ेर्छर्ुु वरिपरि मान्छेका ठाउँमा लाशहरू छरिएका छन् । घाइतेहरू पीडाले कराइरहेका छन् । कसले कसलाई जोगाउने ! सबै युद्धउन्मादले झन्झन् फायर तेज बनाउँदैछन् ।

वर्तमान – रातले गमलङ्ग छोपेपछि को कता परे, थाहा पाउन गाह्रो छ । आफूले हानेको गोली कसलाई लाग्छ, थाहा छैन । रातका बीचमा अन्धाधुन्ध चलाएको गोलीले पक्कै दुस्मन र मित्र चिनेन । जसलाई अगाडि भेट्यो त्यसैको छाती छेड्यो । फायर गरेर अगाडि बढ्दै जाँदा एउटा बङ्कर फेला पार्छर्ुु त्यहाँ बसेको योद्धा मित्रसेना हुनर्ुपर्छ भन्ने सोचेर म बङ्करमा पस्छु र फायर गर्न थाल्छु । आकाशमा नाइटभिजन हेलिकप्टर उडिरहेको छ तर त्यसले केही गर्न सक्तैन किनभने हामी बसेको ठाउँलाई रातले छोपेको मात्र होइन, हुस्से लागेर ‘भिजन क्लियर’ छैन ।

विप्लव – रातको अन्धकारमा एउटा कालो छायाँ मसँगै बङ्करमा आएको छ । ऊ गोली बर्सर्ाादैछ । उसमाथि शङ्का गर्ने आवश्यकता ठान्दिनँ । दुस्मनसेनातिर गोली बर्सर्ााे मित्रसेना नै हो । मकै भुटेझैँ आवाजमा गोली बर्सर्ााहन्छु ।

वर्तमान – पर्ूवतिर क्रमशः लाली छाउन थाल्छ । गोली चलेको आवाज कम हुन थाल्छ । वरिपरि लाशहरू छन् । गोली चलाउनेमा ऊ र ममात्र बाँकी छौँ । जवाफी फायर आउन छाडेपछि खुसी भएर “हाम्ले लडाइँ जित्यौँ !” भनेँ । तर …..

विप्लव – बिहानको मधुरो उज्यालोमा प्रत्याक्रमण हुन छाडेपछि म विजयको उद्घोष गर्छर्ुुहाम्ले लडाइँ जित्यौँ !” तर ….

वर्तमान – तर ऊ दुस्मनको सिपाही रहेछ । अन्धकारमा हामीले एकैतिर आक्रमण गरेछौँ ।

विप्लव – तर ऊ मित्रसेना होइन रहेछ । केही सोच्न सकिनँ । ऊ पनि हतप्रभ छ । अचानक “हेन्ड्सअप” भन्छु ।

वर्तमान – “हेन्ड्सअप” दुवैको मुखबाट एकै पटक आवाज निस्कन्छ । म सोच्छु “यसले भन्दा पहिला पड्काएर सिध्याइहाल्नर्ुपर्छ । नभए यसले मलाई सिध्याउँछ ।” हतारहतार औँलाले टि्रगर थिच्छु तर ….

विप्लव – “यसले भन्दा पहिला गोली चलाएर युद्ध जित्नर्ुपर्छ ।” यही सोचेर म राइफल पड्काउँछु तर ….

वर्तमान – “पड्कँदैन ।”

विप्लव – “पड्कँदैन ।”

वर्तमान – “के गर्ने -”

विप्लव – “के गर्ने -”

वर्तमान – “नयाँ उपाय ।”

विप्लव – “नयाँ उपाय ।”

वर्तमान – “यो जित न त्रि्रो भयो न मेरो । न तिमीले हार्‍यौ न मैले । युद्धमा जित ‘युद्ध’को भयो जसले जीवन होइन मृत्यु मात्र दियो । मानिस र जीवनले यसमा हार्‍योे । त्यसकारण मानिस र जीवनले जित्ने युद्ध लडौँ । हुन्छ -”

विप्लव – “हुन्छ । युद्धमा मानिसले विजय पाउन सकेन । अब मानिसले हार्नु नपर्ने युद्ध लडौँ । त्यसका लागि कर्मशील बुद्धहरूको खोजी थालौँ । अकर्मण्य र चुपचाप बसेको समय यही भनिरहेछ । हुन्छ -”

वर्तमान – “हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *