त्यही बाटो हिड्नु पर्यो फेरि याद आयो
काल रात्री भइगो आउदा त्यो अधेरी याद आयो
हावा हुरी धुलोसँगै सुकेका ती बुट्यान चिर्दा
खस्ल्याँङ खस्ल्याँङ आवाज अनि खडेरी याद आयो
पातसरी सानो कुवा लामो बाटो अधेरीमा
अञ्जुलिले प्यास मेट्या पधेरी याद आयो
मैले झार्दा उनी थाप्थिन उन्ले झार्दा मैले
आधा आधा पारी खाको चेरी याद आयो
छुट्ने बेला, कसो गरौ कसो, भाथ्यो
लुकी बस्यौ धेरैबेर तेइ मझेरी याद आयो

साझा ब्याथा !! यौबन र
साझा ब्याथा !! यौबन र अनुभूतिहरू अप्राप्तिका !! राम्रो भाव !