Skip to content

कान्छी को कुरा पनि कस्तो कस्तो

के हो कुरा कान्छी तिम्रो भरी हुने खाली हुने?
आफै मास्ने बगैचा त्यो अनि आफै माली हुने !

पानी हाल्ने गोडमेल गर्ने जरा काट्ने पनि आफै !
किन सुक्यो भनि सोद्धा तिमीलाई गाली हुने ?

तिमी नैत छौ नि त्यहाँ किन दोस अरु लाई?
तिमी माली बगैचाको फुल किन जाली हुने?

आफै रोप्ने आफै गोड्ने अरुलाई किन मोड्ने
आफु लिने बास्ना अनि फेरी किन साली हुने ?

सेती हुने गोरी हुने भन्दै हिड्ने सुरुमा चाई
के को अफर आयो फेरी किन रहर काली हुने ?

1 thought on “कान्छी को कुरा पनि कस्तो कस्तो”

  1. दुइ वर्ष पछी पड्दा एस्तो बुद्धी आयो
    बुझिएन कुरा तिम्रो भरी हुने खाली हुने
    आफै रच्ने बगैचा त्यो अनि आफै माली हुने

    पानी हाल्ने गोडमेल गर्ने जरा काट्ने पनि आफै
    किन सुक्यो भनि सोध्दा तिमी लाई गाली हुने

    तिमी हुदा फुल यहाँ फुलेको छ फक्रेको छ
    तिमी आफै माली अनि फुल किन जाली हुने

    सेती हुने गोरी हुने भन्दै हिड्ने सुरुमा चाई
    के पर्यो नि यति चाडै किन रहर काली हुने

    आफै रोपी गोडमेल गरी फुलेका ति फुलहरुको
    आफु लिने बास्ना अनि किन रहर साली हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *