तिम्रो चाला देखे पछि आज मलाई डर लाग्यो
सम्हालेर पठाऊन मलाई त्यहा कर लाग्यो
आयौ तिमी रिसायर सधै भन्दा फरक गरी
बाधक सधै बानीरहने मलाई तिम्रो थर लाग्यो
अचनाक तिमी आज कठोर बानी आयौ किन
सोच्छ निर्मल तलाऊमा आज किन तर लाग्यो
परकृतिनी बाधक वन्छ काहिले काही यात्रा गर्दा
सधै हिड्ने त्याही बाटो आज किन पर लाग्यो
आनन्दनै लाग्थ्यो सधै आधी हूरी आउदा पनि
सधै रम्ने घर पनि आज किन चर लाग्यो
