चैत बैसाखको खडेरीले सुकेका ति पातमा माया
छाम्दा जरा जस्तो लाग्ने मायालुको हातमा माया
लेख बेसी चर्दै जादा हुन्छ यात्रा रमाइलो
एकपाइलेमा ढाकर बोक्ने बटुवा को बातमा माया
मेची काली फैलीएका दाजु भाईलाई हेर्दा यहाँ
ठाउँ फेर्दै फेर्दै हिड्ने राउटे ति जातमा माया
सोदेस र सोविमान बचाउन खोज्ने म त
बिदेसी को साथ भन्दा नेपालीकै लातमा माया
