मुटु भित्रै राखौ भन्छु घर घर भन्छौ तिमी
तन मन मिली सक्यो थर थर भन्छौ तिमी
हाट बजारमा पनि किन ऑफिसकै साइनो गर्ने
नामै काडी बोलाऊ भन्छु सर सर भन्छौ तिमी
उर्लदो त्यों खहरेको बिस्वास गर्नु हुन्न भन्छन
बढ़ीराछ भेल बाढी तर तर भन्छौ तिमी
दुनियाको आखा छोपी काहिले सम्म टिक्ने होला
संगै बाच्ने मर्ने भन्छु डर डर भन्छौ तिमी
आधा तिम्रो आधा मेरो दुवै मिल्नु पर्छ भन्छु
मलाई मात्र खाली खाली भर भर भन्छौ तिमी
