नबोले नि मनभित्र खेल्दै होलान कुराहरू
भित्र-भित्रै चल्छन, पहिले मसिना ती भुराहरू
तिम्रो साथ न्यानो लाग्यो बात तिम्रो त्यस्तै
सजाउने बाचा गर, दिन्छु हातमा चुराहरू
उद्देश्यमा पुग्नेहरू एकोहोरो नै हुन्छन् प्राय
थाक्दैनन ती हारमा पनि बहादुर सुराहरू
होसियार नै हुनु राम्रो मिले पनि बिद्रोही ती
प्रतिगमन सल्बलाउँछन्, चाल्छन बिचमा छुराहरू
माया गर्ने मिल्ने अनि मौका पर्दा डस्नेहरू
तिनै त हुन गोमन-सर्प, बिषालु ती खजुराहरू
