Skip to content

यो यौटा साडेको कथा हो


टोल टोल गल्ली गल्ली खुसी खुसी चर्छ साडे
अनुकूल जता हुन्छ उतै उतै सर्छ साडे

सक्ती हुदा पो त रैछ ढलीमली जाही त्याही
आफु जस्तो अर्को आए मौका छोपी लर्छ साडे

भ्याए जती भेटे जती उसकै जस्तो ठान्ने गर्छ
सके जती सबै ठाऊमा बिऊ पनि छर्छ साडे

धेरै माया, धेरै स्वास्नी, धेरै सन्तान भए पनि
बुड़ेस कालमा एक्लो, एक्लो एकलियेरै मर्छ साडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *