माधबप्रसाद घिमिरे
म आफू प्रकट भएको आधार नै ‘मधुपर्क’ हो
वि.सं. २००२ देखि २००४ साल साउनसम्म गोरखापत्र संस्थानमा जागिरे जीवन बिताएँ । २००४ सालमा प्रजातन्त्र नभएको बेला पनि पद्म शमशेरको शासनकाल उद्धार किसिमको थियो । त्यसबेला भर्खरै दैनिक भएको थियो गोरखापत्र र साहित्यिक रचनाहरू पनि गोरखापत्रमा प्रकाशित हुन्थे । मलाई संयोग जुरेको भन्नुपर्छ, सिद्धिचरण श्रेष्ठ सम्पादकीय विभागमा आउनुभयो र म पनि त्यसैमा थिएँ । सम्पादकीय विभागमा बसेर सम्पादन गर्दा नेपाली व्याकरणका क्षेत्रमा बसेको बानीले मलाई निकै फाइदै भयो ।

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो