Skip to content

माधबप्रसाद घिमिरे

त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा, गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होस् मरण

MadhavPrasadGhimire

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो
अनायासै देशै थाम्न– जुट्यो हातेमालो

कराउँदै रूखदेखि सारा पन्छी उडे
उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे

म आफू प्रकट भएको आधार नै ‘मधुपर्क’ हो

  • by

वि.सं. २००२ देखि २००४ साल साउनसम्म गोरखापत्र संस्थानमा जागिरे जीवन बिताएँ । २००४ सालमा प्रजातन्त्र नभएको बेला पनि पद्म शमशेरको शासनकाल उद्धार किसिमको थियो । त्यसबेला भर्खरै दैनिक भएको थियो गोरखापत्र र साहित्यिक रचनाहरू पनि गोरखापत्रमा प्रकाशित हुन्थे । मलाई संयोग जुरेको भन्नुपर्छ, सिद्धिचरण श्रेष्ठ सम्पादकीय विभागमा आउनुभयो र म पनि त्यसैमा थिएँ । सम्पादकीय विभागमा बसेर सम्पादन गर्दा नेपाली व्याकरणका क्षेत्रमा बसेको बानीले मलाई निकै फाइदै भयो ।

मान्छे हो! यिनलाई प्यार गर है

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाई उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

आफ्नै रूपको छायाँ हेरी

  • by

अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित