Skip to content


हृदयमा मधु हजुर, अधरमा हाँसी
विश्वकवि! बोलिरैछौ -आमी भालोवासी
आमी भालोवासी

आज स्वर्णप्रभातमा रविलाई देखेँ
रविबिम्बभित्र त्यही छविलाई देखेँ
तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी
विश्वकवि! बोलिरैछौ -आमी भालोवासी
आमी भालोवासी

सागरका लहरमा बहिरैछौ तिमी
विश्वप्रेमको वीणा बजाइ गाइरैछौ तिमी
सौन्दर्यका तरङ्गमा सत्यजस्तै भासी
विश्वकवि! बोलिरैछौ -आमी भालोवासी
आमी भालोवासी

प्रास्रास्रवीत् कविः सिन्धोः ऊर्मौ अधिश्रितः।
कारुँ बिभ्रत् पुरुस्पृहम्।
ऋग्वेद

तैरिरहेछ कवि सिन्धुका लहरहरूमा चढेर
विश्वमनोहारी वीणा बजाउँदै।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १२
पूर्णाङ्क २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *