Skip to content

निश्चल काउचा

आमा म आफ्नै माटोको सुगन्ध लिन् चाहन्छु

आदिम बस्तीहरूमा
तन्त्रले पाइन हाल्न नसकेपछि
आफ्नो भूगोलको परिधि नाघेर
आफ्नै सपनाको मलामी जान
सगरमाथाको शिर पार गरेको ‘म’

20140429_NishcalKaucha

कोरियामा नेपाली चेलीको “कर्मघरमा एक चक्कर” बिमोचन

पछिल्लो चरणमा नेपाली युवाहरू माझ आकर्षक गन्तव्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसँग विवाह गरेर आएका प्राय नेपाली चेलीहरूले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ । गत आईतबार भने छुट्टै माहोल साथ सिओलस्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसँग विवाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक “कर्मघरमा एक चक्कर” बिमोचन हुदै थियो ।

लाहुरेफूल

आदिम बस्तीहरूमा
मुखिया र जिम्वालहरूले उर्दी जारी गरेपछि
पहिलो भालेको डाँकोमा
गल्लावालको अघि लागेर
प्रियसीले दिएको रुमानी रुमालले आशु पुछ्दै
माथि डाडाबाट अन्तिम पल्ट सुसेलेर
पल्टन छिरेका
हाम्रा पुर्खाहरू कहिल्यै फिरेनन

बदलिएको आकृति

मलाई चुरोट धुँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धुँवा उदाउदै मेरो कुइनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन,”चियर्स ।”

मैले मन नलागि-नलागि भरि गिलास उठाए र “चियर्स” भने उतापट्टि जगल्टे उसै गरी “चियर्स” भन्यो ।

हामी ठमेलको पवमा थियौ ।

सपनाका रंगहरू

दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरूमा
बंगुर खोरहरूमा
टनेल हाउसहरूमा
मन्द बिष युक्त कारखानाहरूमा

बेबारिसे देशको किर्ते मनुवा म

स्तम्भहरू मेरै छात्तीमा ढाल्दा
जुगौदेखि पुर्खाको रगत,पसिनाले सिञ्चेको लाजपुर्जा
बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ
आफ्नै आँखाबाट बगेको सप्तकोशीको पानी
म अञ्जुलीले उघाउन सक्तीन
बेबारिसे देशको किर्ते मनुवा म
अँस्रुधारा आशु बगाउदै
बेबारिसे सीमास्तम्भ जस्तै गर्ल्याम्म ढल्छु

आयातित र प्रायोजित सपनाहरू

अचेल मान्छेहरू भन्छन
मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन्
कसैले भन्छन
दक्षिणी वायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
उत्तरी वायुबाट आयातित र प्रायोजित छ
कसैले भन्छन्
पश्चिमी वायुबाट आयातित र प्रायोजित छ

ऊ उर्फ …

खोल्सीहरू रसाउन छोडेपछि
अभावमा पुर्णेको उज्यालोले
गाऊ पोत्न नसकेपछि
आफ्नै माटोको स्‍मृति
पेरुङ्गे मनमा सम्हाल्दै
पिरहरूको पहाड उक्लिदै
शहर पस्यो

गर्वेको आमा

हलिया नारायण रेगिस्तान भासियो
जमिनदारको घरमा बीस बर्ष हलिया बसेर
उही साहुसँग
सय कडा पाँचमा ब्याज लिएर

गर्थ्यो काम शेखको पचास तले भवन बनाउने
निष्ठुरी दैव
एक साझ निदाएको ऊ
कहिल्यै नब्युझने गरी निदायो

बास सयल महलको

बास सयल महलको, सयर पजेरोको,नाम सर्वहारा
जुन जोगी आए नी कानै चिरेका सबै दल हुन जन्ता मारा

निर्वाचन सकियो, लाग्नु पर्ने संबिधान लेख्न, फेरि पुरानै
सत्ता लिप्साको नौटङकी रच्दै छौ रे के हो नेताज्यू यस्तो पारा

चेतन आवृष्टि

कलमको निभले होइन
बन्दुकको सँगिनले लेखेको
ईतिहास
समय पर्दाले घुम्टो उघारेर
नेपथ्यमा भेद खुल्दैछ

पाईला- पाईलामा थापेका वादका धरापहरू
पाटा फर्काएर लादिएका धर्म
पुर्खाहरू देउरालीमा पाती चदाइ
दोस्रो विश्व युद्धमा लखेतीए
आँखा जुधाएर हेर्नेको

बुख्याँचा देश

तन्त्र फेरियो
श्रीपेच फालियो
ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए
सुनौलो बिहानीको आगमन भएन
कन्दरा र पखेरीहरूमा

ओलाङ्चुङ गोलाको लुङ्गालाई
आफू नेपाली भएको प्रमाणित गर्न आउन
हप्ता दिन लाग्छ
रोल्पाका मगर दाइ अँझै ढाकरे नै छन्

मिस एलिजा

“नेपाल ।”

नाम सुन्न बित्तिकै उनले भनिन । “ए नेपाल हिमालय, सगरमाथाको देश !”

मैले गर्वले छाती फुलाउदै “हो” भनेँ ।

उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।

“तिमी पनि पढ्न आएका हौ ?” उनको प्रश्न तेर्सियो मतिर ।

ए ! रेकुटे

एफिल टावरतिर हालिएका फालहरू
मनले बर्लिन पर्खाल भत्काउदै
धरहराको टुप्पो चुम्दै
सगरमाथाको घनचक्कर लगायो ।

देशले मलाई सोध्यो
ए ! रेकुटे
तलाई देशको माया लाग्दैन ?

जिन्दगी पियाई

कहिले जिन्दगी सिउदै पिए
कहिले आँशु पिउदै पिए
कहिले तिम्रो खुशीमा पिए
कहिले मेरो पीडामा पिए

जिन्दगीका उकालीहरू धाउदा- धाउदै पिए
जिन्दगीका ओरालीहरू झर्दा झर्दै पिए
जिन्दगी शिशिरमा उराठ-उराठ हुँदा त पिए-पिए
जिन्दगी ढकमक्क फुल्दा पनि पिए

चोमोलुङ्गमाको छाती

हराएको मुलुकमासित युद्ध चलिरहदा
प्रोथाहरूमा तुषारापात भैरहनेछ
देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको
हिउफूल ओइलिरहनेछन

यो कस्तो चक्रब्युह हो
स्वाभिमान तिलाञ्जली दिएर
दक्षिणी हावासँग परेड खेल्दै
राष्ट्रियता डकारेको सुहाउदैन

अक्षर

  • by

आऊ कलम यात्रा थालौ
अक्षरहरूले
श्री ५ र श्री ३का कथा मात्र होइन
अब
कर्णाली, रोल्पा, डोल्पाका
कथाहरू पनि लेख्नु पर्छ ।
यहाँ
जित्नेहरूको ईतिहास मात्र होइन
हार्नेहरूको पनि ईतिहास कोरिनु पर्छ ।

NischalKaucha

समय

  • by

समय आफ्नै गतिमा दौडिरहेछ
सेकेण्ड, मिनेट, घण्टा गर्दै
आफ्नै आयु घर्किरहेछ/घटिरहेछ
म भ्रममा बाचिरहेछु ।
भित्ताका पात्रोका पानाहरू पल्टाइरहेछु
समय परिवर्तनशिल छ
समयले कसैलाई पर्खदैन
समयको गतिसँग म हिडन सक्दिन
म आफैलाई ! धिक्कार्छु
थुईक्क मेरो ‘अभागी’ जिन्दगी