पछिल्लो चरणमा नेपाली युवाहरू माझ आकर्षक गन्तव्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसँग विवाह गरेर आएका प्राय नेपाली चेलीहरूले दु;ख पाएको घटना सुन्दै र देख्दै आएका थियौ । गत आईतबार भने छुट्टै माहोल साथ सिओलस्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसँग विवाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक “कर्मघरमा एक चक्कर” बिमोचन हुदै थियो ।
कार्यक्रमको सुरुवात नेपाली सहिद र कोरियामा भएको पानीजहाज दुर्घटनामा ज्यान गुमाएका प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो । स्मरण रहोस गत अप्रिल १६ तारिखमा सिवल नामक पानीजहाज ४ सय ७६ जना यात्रु बोकेर इन्छनबाट छेजुदोको लागि छुटेको पानीजहाज जिन्डो नजिक समुद्री क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटना भएको पानीजहाजको भग्नावशेषबाट अहिलेसम्म १८७ जनाको शव निकालिएको छ भने अँझै ११५ जना हराइरहेका छन् बाँकी यात्रुको सकुशक उद्दार गरिएको थियो ।
कोरियाका लागि नेपाली राजदुत कमानसिह लामाबाट पुस्तक बिमोचन गरिएको थियो । उक्त अवसरमा आफ्नो भनाई राख्ने क्रममा लामाले विदेशमा पनि नेपाली चेलीको पुस्तक बिमोचन गर्न पाउदा गर्व लागेको सुनाए ।
लेखिकाले आफ्ना श्रीमानको हौसला र प्रेरणाबाट यो कृति जन्मिएको र कोरियामा नेपाली चेलीहरूले दु;ख मात्र होइन सुख पनि पाएका छन् भन्ने संदेश दिन खोजेकी छु र नेपालबाट कोरिया आउनेहरूको निम्ति कोरियाको रहन सहन, कला संस्कृतिको बारेमा जान्न यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदेश्यले यो पुस्तक लेखिए धारणा राखिन ।
कोरियन चित्रकार दु सियोङ यस्ता कार्यक्रमले नेपाल र कोरिया बिच सेतुको काम गर्ने बताए ।
उक्त कार्यक्रममा कोरियन कविहरू किम ईल हो, किम खोस, बुन छाङ खिल, कीम ह्यङ ह्यो, पत्रकार महासंघ अध्यक्ष अशोक मैनाली, ओमन फर ओमनकी सस्थापक जुनु गुरुङ, आदिबासी जनजाति महासंघका भक्त शेरचन, एन. आर. एनका महासचिव प्रकाश धमला, नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिण राई, अन्तर्राष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष कमल प्रसाद अर्यालले आफ्ना -आफ्ना धारणा राखेका थिए . कार्यक्रम संचालन कमला केसीले गरेकी थिइन ।
निश्चल काउचा
सिवल कोरिया

