Skip to content

बेबारिसे देशको किर्ते मनुवा म


स्तम्भहरू मेरै छात्तीमा ढाल्दा
जुगौदेखि पुर्खाको रगत,पसिनाले सिञ्चेको लाजपुर्जा
बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ
आफ्नै आँखाबाट बगेको सप्तकोशीको पानी
म अञ्जुलीले उघाउन सक्तीन
बेबारिसे देशको किर्ते मनुवा म
अँस्रुधारा आशु बगाउदै
बेबारिसे सीमास्तम्भ जस्तै गर्ल्याम्म ढल्छु

सीमापारीको निलो आकाश हेर्छु
घाम चर्को लाग्छ
आफ्नो भूगोल हराए पछि
वारि जुन फुल्दैन
कोईलीको गीतमा पनि बर्दीधारी बुटको कर्कश सुनिन्छ
टाउकोमा कुन्दा बजारिन्छ
खिया लागेको वीर गोर्खालीको कथा सुन्दै
बेबारिसे देशको किर्ते मनुवा म
बेबारिसे सीमास्तम्भ जस्तै गर्ल्याम्म ढल्छु

गोर्खा राज्य चल्याउने मुर्कट्टा रैचन
आफ्नै अगाडि सीमास्तम्भ गर्ल्याम्म ढालिदा
देखेर पनि नदेखे जस्तो गर्ने
सुनेर पनि नसुने जस्तो गर्ने
महाशयको ढोगीपन देखेर
फिरिङ्गी सामु छात्तीमै
सिङ्गो सगरमाथा बोकेर
सीमापारी हिउ फुल सन्देश पठाउनु छ

निश्चल काउचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *