Skip to content

जिन्दगी पियाई


कहिले जिन्दगी सिउदै पिए
कहिले आँशु पिउदै पिए
कहिले तिम्रो खुशीमा पिए
कहिले मेरो पीडामा पिए

जिन्दगीका उकालीहरू धाउदा- धाउदै पिए
जिन्दगीका ओरालीहरू झर्दा झर्दै पिए
जिन्दगी शिशिरमा उराठ-उराठ हुँदा त पिए-पिए
जिन्दगी ढकमक्क फुल्दा पनि पिए

नूनसँग पिए, चिनीसँग पिए
जेसँग पिए पनि जिन्दगी पियाई उस्तै-उस्तै लाग्यो मलाई !
आजकाल मैले फिक्का-फिक्का पिउदैछु

सबैभन्दा बदी देश दुखेको पीडामा पिए
कति पिउनु हो साथी देश दुखेको पीडामा
तिम्रो कसम प्रिय अब देखि पिउदै पिउदिन
तर आज मैले
म यो धर्तीमा झरेको उपलक्ष्यमा पिए

निश्चल काउचा
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *