धेरै भयो भेट गर्न, आ’का छैन उनी,
सारा कथा व्यथाहरू, मुटु भित्र थुनी
रित्तो हात कहा जानु, उँडी गयो मन
यसैगरी जुनि काट्ने कि ? प्रिय साच्चै भन
एक्कै छिन हराउदा, निष्ठुरी भई भन्छौ,
दिन पला क्षणक्षण, शब्द शब्द गन्छौ,
मात्रा कुनै भुल्नु हुन्न, बर्सी जान्छ
ममाथि पर्यो भने, गर्छु भन्छौ त्याग
दैवले नै पछि लाए, शान्ति पनि छर्छौ,
मुटुभित्र कताबाट, कत्ति माया गर्छौ,
सगै हिड्ने वाचा गरें, बस्ने कसम खाइनौ
वाण हान्छौ पिरतीको, ऐया भन्न पाइन
दुवै हातले अम्रित छर्दै, अंगालोमा बाँधी,
आत्तिए छु दैव म त ! सम्झिएर आँधी,
बाँच्ने इच्छा बढ्न थाल्यो, धेरै वर्ष सम्म,
तिमी पनि बाँची राख्न, प्रिय सय वर्षसम्म
निशा खनाल अर्याल

धेरै भयो भेट गर्न, आ’का छैनन्
धेरै भयो भेट गर्न, आ’का छैनन् उनी,
सारा कथा व्यथाहरू, मुटु भित्र थुनी
रित्तो हात कहाँ जानु, उडी गयो मन
यसै गरी जुनि काट्ने ? प्रिय साँच्चै भन
एक्कै छिन हराउँदा, निष्ठुरी भई भन्छौ,
दिन पला क्षण क्षण, शब्द शब्द गन्छौ,
मात्रा कुनै भुल्नु हुन्न, बर्सी जान्छ ( यो र तलकाे अर्को हरफमा के भनेको बुझिएन)
ममाथि पर्यो भने, गर्छु भन्छौ त्याग
दैवले नै पछि लाए, शान्ति पनि छर्छौ,
मुटुभित्र कताबाट, कत्ति माया गर्छौ,
सँगै हिड्ने वाचा गरें, बस्ने कसम खाइन
वाण हान्छौ पिरतीको, ऐया भन्न पाइन
दुवै हातले अमृत छर्दै, अँगालोमा बाँधी,
आत्तिएँछु दैव म ता ! सम्झिएर आँधी,
बाँच्ने इच्छा बढ्न थाल्यो, धेरै वर्षसम्म,
तिमी प्रिय बाँची राख, सय वर्षसम्म
निशा खनाल अर्याल