आमाकै मनशान्त वन्छ कहिले? तन्द्राहरु लम्बिए ।
आफ्नै भाव वनेर प्यसी मुटुमा ज्वाला सरी दन्किए ।
उच्चाकाश उढेर हेर्दछ चरी रुख्खा पुरानो गुण ।
साझा छन् फूलपालुवा रसभरी संसार ठूलो वन ।
डाली डाली उढेर खोज्दछ मीठा दाना रसिला निका ।
गर्दै याद जहानको र गुणको शौभाग्यको लम्कदा ।
खोज्दै शान्तिपना वुनेर सपना निद्रा वन्यो खण्डित।
मीठो कण्ठ सुनादै जगतमा रम्ने यिनै संगित ।
यात्रा जीवन को छ निश्चित सवै हिड्छन् उही मार्गमा ।
साथी वन्धु जहान सम्पति र सद्धर्मै सवै साथमा ।
हार्नु जित्नु जुवासरी चपलता हासो पीडा सुख् दुखै ।
यस्तो घोरनशा डुवेर जडमा के जान्छ आत्मा सगै?
श्रीष्टीदेखि कुनै शरीर अजतक् अजंवरी देखिए ?
राम्रा कर्म र प्रेम संगतहरु कैहिले कहाँ मेटिए ?
माटो हो सवको गति यससगै मिल्छौ अवस्यै भनि ।
राम्रा कर्म र नव्यश्रृष्टी रचना मेटिन्न कहिल्यै पनि ।
निशा खनाल अर्याल,
इजरायल

माटो हो सवको गति यससगै मिल्छौ
माटो हो सवको गति यससगै मिल्छौ अवस्यै भनि ।
राम्रा कर्म र नव्यश्रृष्टी रचना मेटिन्न कहिल्यै पनि ।
Wow ! What a nice poem ! It’s total and aesthetic picture of our life. Congratulations to the creator !!!