नेपाली समाज आजका दिन सम्ममा पनि अशिक्षाले ग्रसित नै छन आफ्नो धर्म र संस्कारको अर्थ, महत्व, र गरिमालाई बुझन नसकेको सामाजिक अवस्था अहिले व्याप्त नै छ यही छुट्ट्याउन नसक्नेहरूलाई नै दैनानीदिन जीवनका भौतिक र अभौतिक पीडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य मुक्त गर्ने हाम्रो उद्देश्य हुनु पर्ने हो । त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी, दृढ साहसी बनाउदै सबैलाई समेटिएर अगाडि लैजान र अन्धविस्वास, कुरीति वाट पिडित, अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझन नसकेका जमातलाई शिक्षि गर्दै लैजाने काम हामीले गर्नु पर्थ्यो । तर समयमै त्यस्तो हुन् नसक्दा धर्म परिवर्तनको खेती निक्कै मौलाउदै गएको देखिन्छ ।
यसरी बिभिन्न चमत्कार देखाई लोभको आगोमा होमिएर पिल्सिएका पिडित व्यक्तिहरूलाई बाहिर निस्कन निक्कै गार्हो छ अब गरिबीका कारणले हावा बिना निसासिए झैँ निसासिरहेकालाई र तातो बालुवामा छटपटाइरहेका नारी तथा पुरुषलाई आफ्नो देश भित्रै उचाल्ने ए धार्मिक मुकुण्डोधारी विदेशी दलाल को प्रलोवनवाट मुक्त गर्नु हाम्रो पर म कर्तव्य हो, गरिबी आडमा घूसपैठ गरी हिन्दूत्वको जरो उखेल्नु नै यो तमाम प्रचारप्रसारको उद्देश्य रहेको अब प्रसस्त छ ।
महामानव “येशु”ले कहिल्यै पनि पैसाको लालचा देखाएर वा जवजस्ती आफूलाई मान्नु पर्छ वा त्यस्तो जमात बनाउनु पर्छ भनेनन कहिल्यै तर यी दलालहरू आफू ठुलो हुन् र “येशु” को वदनाम गर्न केही कुरामा पछि परेनन । यदि उनीहरूले धर्म आफै लागु गर्ने हो भने कहिल्यै अरुलाई पैसाको बिटो थमाएर धर्म परिवर्तन गर भन्दै अरुको संस्कारलाई लत्याउँदै नाना भाति तोडफोड जस्ता घिनाउने कार्य गर्ने थिएनन्।
एकपल्ट गम्भीर भएर सोच्नु होस् त ! धर्म भनेको के हो ? धर्मले अरुलाई होच्याउनु भन्छ ?
हो, हामीले सामाजिक सदभाव, सहिष्णुता र मेलमिलापलाई धर्मको मुख्य कडी मनेका छौं । किनकि हाम्रो देश नेपालभित्र आफ्नै संस्कार र आफ्नै धर्म छ चाहे जुन जातिका भए पनि । तर हामीले कहिले नभुल्ने कुरा भनेको हामी ओंमकार परिवारका सदस्य हौँ, हिन्दू हौ । जसलाई हामीले गर्वको विषय बनाएका छौं र हामीले यसमा गर्व गर्न सक्नु पर्छ । जाहाँ हामीले बज्ने घन्टीको आवाज र शंखको धुनमा आनन्दको अनुभूति गर्दै ईश्वर प्रति नतमस्तक हुन्छौ ।
हो त्यसैले मलाई कसैले मेरो हिन्दू धर्मको विपरित आफ्नो धर्मको ब्याख्या गर्दा किन किन फोहर पानीले छ्यापे जस्तै लाग्छ . मलाई यस्तो भएर आउछ कि म बिषालु कुण्डमा त कतै होमिदै छैन ? आफ्नो धर्मको खिलाफ कुनै कुरा सिकाउछ वा पैसाको बिटो देखाएर निरादार गर्न भन्छ भने उसले गर्ने म प्रतिको अगन्य प्रयासको एलर्जीले मलाई झन् झन् हिजो आज येशुलाई बदनाम गर्ने ती ढोंगी दलालहरूसँग घृणको भावहरू बढ्दै जादैछ, ..! मेरो धर्म र संस्कार आफैमा सुरक्षा कवज हुँदा हुँदै ओंमबाट आउने शक्तिका मिठो धुन मेरो हिन्दू धर्मले रक्षा गरिरहँदा पनि किन अरुको अन्य देशको संस्कार किन मेरो देशमा ? साच्चै यस्तो बेला मलाई याद आउछ दार्शनिक वैज्ञानिकहरूले भनेका छन नि “धर्म बिनाको विज्ञान, अनि विज्ञान बिनाको धर्म लंगडो हुन्छ “अरे। हो मलाई हिजो आज यो देशमा भै रहेको तोडफोड र अरुको देशबाट आएका दलालले सिकाएको भरमा आफ्नै देश भित्र रहेको प्राकृतिक सुन्दरता, विश्वमा नै धर्मको शक्तिको रुपमा मानिदै आएको मन्दिरहरू भित्र गरेका अनेकौ अपराधहरू …ओहो कस्तो विडम्बना ..आफ्नै देश भित्रकाले गर्ने नाइँ नास्तिक कस्तो लज्जात्मक भन्न पनि र सुन्न पनि ..!
लौन सक्छौ भने मलाई धर्म परिवर्तन गराएर हेर । तिम्रो डलरको तागत मलाई पनि देखाऊ । हुन् के भन्नु स्कुल, कलेजमा पठाउने शिक्षक तथा देशका रक्षकको रुपमा राज्य भित्र भएका नेता, सरकारी अफिसर कर्मचारीहरू जस्ता त पैसाको विटोले तराजुमा जोखिन्छन भने गरिब, असाय, र भोकले पिडितहरूको के कुरा गर्नु ! आफनो अभिमान, शान, इज्जत, गौरब, धर्म, संस्कारलाई पैसाको लालचले कुल्चिदै ढोंगी भएर कचुला फेर्दछ्न र देशलाई अरुले नाना भाति भनेर आपसमा लडाइँ गराउदा हेर्दछन भने त्यस्ता लाचारी ब्यस्याको व्यापार झैँ गर्नेलाई के भन्नु र खै ?
मनमनै सोचिरहेकी छु हेर त हाम्रो देशमा यो कस्तो विडम्बना आएको क्रिश्यंनहरूले टाढा बसर पनि पैसाको बिटो थमाई आफ्नै दाजु भाइ दिदी बहिनी, तथा आफ्नो आमा बुवालाई गर्नु पर्ने कर्मबाट फुटाएर कलहको विज छर्न सफल हुन्छन । तर हामी हिन्दू देशका नेपाली शताब्दीदेखि आफ्नै धार्मिक सहिष्णुतामा शान्तिसँग पुस्तौ पुस्त बिताउदै आएका र विश्व विख्यात बौद्ध धर्मका प्रेणाता हाम्रो नेपालमा जन्म लिएका गौतम बुद्ध अनि सनातन हिन्दू धर्म बौद्ध धर्म र नेपालभित्र रहेका जातीय धर्महरू एक आपसमा मिलेर हातेमालो गरिरहेकै थिए । बिनाविवाद हजारौ वर्ष वित्दा पनि आज इशाई धर्मले प्रवेश पाउनसाथ यो कलह, झगडा किन ? मठ, मन्दिर, गुम्बा, धार्मिक स्थल र मृत्यु संस्कारमा पनि इशाईको आतंक किन ? यिनीहरूले किन टाढा बसेर नै नेपालो संस्कारलाई देखेर थपडी बजाउने गर्दछन ? के एक पल्ट मौन भएर देशको बारेमा आफ्नो धर्म, संस्कारको बारेमा सोचेका छौ ?
दशैमा लाग्ने मेलामा टाँगिएको झुलुंगे पिंगको रमाइलो हेरे झैँ गरी देश भित्र आफन्तमा लगाएको आगोको तातो कतिन्जेल तापिरहन्छौ ? अनि कतिन्जेल उनीहरूसँग रमाउछौ ? हेर म त हाम्रो संस्कार र धर्मको बारेमा कसैले ब्याख्या गर्न आउछ भने पक्कै सहदिन किनकि म गर्वले भन्छु विश्वमा मेरो धर्म जाति पवित्र र शान्ति पूर्ण शक्ति भएको धर्म कहीं छैन । यदि अब मेरो धर्मलाई कसैले औल्याई धावा दिन्छ भने म सहने छुइन ।
हो अब हाम्रो हिन्दू धर्म भित्र रहेका हरेक जनजातीय, धर्मलाम्बीहरूले एक जुट भएर हाम्रो देशमा आयतित धर्मको बिरुद्ध सबै एक भएर प्रतिकार गरौं । र अब हाम्रो देश भित्र पनि सरकारी निकायमा धर्मको रेकड राख्ने व्यवस्थाको अविलम्व थालनी हुनु पर्छ, र धर्म परिवर्तन को प्रकृयाका साथै सरकारी निकायमा रजिष्ट्रन र स्वीकृतिको प्रावधानको थालनी गर्ने पर्छ र धर्म परिवर्तनको कारण र त्यसको दुरगामी असरको सबैमा जानकारी भए मात्र हाम्रा मठ, मन्दिर, गुम्बा तथा धार्मिक स्थलहरू को संरक्षित हुने र जीर्णोद्धार हुनेछन अनि पवित्रतामा कसैले औला ठ्याउने छैन सायद यस पछि मात्र शान्तिको किरण गुन्जिनेछ ।
साच्चै भन्ने हो भने धर्म भनेको धारण गर्ने भावना, सोच, र व्यबहार हो, “धारान्त धर्ममित्याहू धर्मो धारयान्ति प्रजा” भनिने गरिन्छ, यो स्वर्गको टिकट बिक्रि गर्ने कुनै ठेक्दारको पसल होइन, तर हिजो आज नेपालीको गरिबीलाई भजाएर धर्मको खेती गर्ने “फिरिंगी”हरूको बढ्दो चहलपहलले हामी सबैलाई गम्भीर बनाएको छ, धर्म भनेको त आस्थाको नाम हो, विस्वासको नाम हो, निष्ठाको नाम हो, तर अलिकति” पैसा “पाउदैमा कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको बाटो नै बदलिन पाउदैमा कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको बाटो नै भादलिन सक्छ भने त्यसलाई कसरी “असल”मान्छेमा गणना गर्ने ?
कुनै मान्छे पैसा पाएको भरमा आफ्नो “पूर्वज देखिको आस्थाको त व्यापार गर्न सक्छ भने अँझै धेरै पैसा पाउँदा त्यसले के मात्र बेच्दैन होला र? त्यसर्थ, धर्मको कुरा आउदा गम्भीर भएर सोचौं, पैसा पाइन्छ, भन्दैमा भीरबाट फालहाल्नु उचित नहुन पनि सक्छ, त्यसैले जहिले पनि मनमा राखूँ:- “स्वधर्मे निधन म श्रेय परधर्मो भयावह” ओंम शान्ति शान्ति शान्ति ।”
निशा खनाल अर्याल
हाल इजरायल
राजविराज सप्तरी

Nisha Bahini
Nisha, this is a part of my article
संस्कृति र धर्ममा भेद
संस्कृति र धर्ममा पनि धेरै भेदहरू छन् । संस्कृतिलाई निर्देशित गर्ने मूल जरो धर्म हो तथापि समग्र संस्कृतिलाई धर्मले समायोजन गर्न सक्तैन । संस्कृतिलाई स्थानीयता, क्षेत्रीयता, राष्ट्रियता तथा देशीय जनजीवनले प्रभाव पारेको हुन्छ । धारण गर्न असल र योग्य कुरा नै धर्म हो । धर्ममा आचार, विचार, शुद्घी र आचरणको दर्शनशास्त्रीय आधार प्रदान गरिएको हुन्छ । मनिसहरूले धेरै बर्षको जीवन भोगाइको अनुभव र आवश्यकताबाट भगवानको श्रृष्टी गरे । मानिसले भगवानको श्रृष्टी गरेको हो वा भगवानले मानिसको श्रृष्टी गरे भन्ने विषयमा बहस गरिंदै आएको छ । मान्छेको आफ्नो चेतनाको स्तर, अध्ययनको परिशीलन तथा विश्वासले आफ्नो आफ्नो दृष्टिकोण व्यक्त गर्दै आएका छन् । त्यसकारण धर्म बहसको विषय बन्न सक्तछ । तर संस्कृतिमा बहस गर्नुको केही अर्थ छैन । मान्छेले धर्मको आधारमा मात्र होइन देशीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बृतबाट संस्कृति मानी आएको छ । यसलाई धर्मले छेक्दैन । एउटा प्रसंग नेपाली समाजको बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुलवादी रूपलाई लिऔं । एउटा हिन्दु इसाईको क्रिसमसमा रमाउँछ, बुद्घ जयन्ती मनाउँछ र इस्लामको बक्र इदमा भोजन गर्छ । यसको अर्थ उसले इसाई वा बुद्घ वा इस्लाम धर्म नै अङ्गीकार गरेको भने होइन । यसरी हेर्दा धर्म भनेको आचार, विचार र आचरणको शुद्घताका माध्यमबाट भगवान प्राप्त गर्ने कठोर र दृढसङ्कल्पित बाटो हो भने संस्कृति रमाइलो, सरल र सहज गन्तव्य हो ।