डा. ऋषिराज बराल
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको सय वर्ष पुगेछ र मृत्यु भएको पचास वर्ष । यी पचास वर्षमा देवकोटा पुरानो हुनुको साटो झन्झन् ताजा र नयाँ बनेका छन् सबैथरी विचार राख्नेहरूले उनका रचनाहरूको गम्भीरपूर्वक अध्ययन-चिन्तन गर्न थालेको पाइन्छ । इतिहासलाई ठीकठीक ढङ्गले मूल्याङ्कन गरे मात्र त्यसको महìव र मूल्यलाई सुरक्षित राख्न सकिन्छ । देवकोटालगायत आˆनो समयमा साहित्यकलामार्फत चेतना जगाउने स्रष्टाहरूको वैज्ञानिक अध्ययन हुनु आवश्यक छ ।
हतियार
पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।
क्यान्टोनमेन्ट नम्बर ३७३०
हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ त्यसलाई सुमसुम्याउँछ, मायाँ गर्छ । छातीमा टासौँटासौँ जस्तो लाग्छ, अँगालो हालिरहौँ जस्तो लाग्छ । कक गर्छ-हावामा त्यसै निसाना लगाउँछ-कहिले रूखतिर तेस्र्याउँदै र कहिले परको डाँडोतिर तेस्र्याउँदै । यस्तो बेला भित्रभित्रै उकुसमुकुस भएको तातो हावा एकै सासमा बाहिर निस्किने गर्छ ।
मरी, मिल्के र मनहरू
यसपल्टको गृष्ममा दुई छिमेकी मुलुकहरू चीन र पाकिस्तान घुम्ने अवसर मिल्यो । ऐतिहासिक, भौगोलिक र राजनीतिक सबै दृष्टिले यी मुलकहरू मेरा लागि नयाँ थिएनन् । आफू सानै छादा पढेको सचित्र चीन, सचेत भएपछि पढेको चिनिया नवजनवादी क्रान्तिको इतिहास, महान् चिनिया सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसपछिको कालो बिरालो र सेतो बिरालोको प्रकरण पनि मेरा लागि अनभिज्ञ थिएनन्् । चीन भन्ने बित्तिकै म लुश्युन, लङ्मार्च, माओ, हुनान र चिङ्काङसान बढी सम्झन्थेा । यिनै बिम्बहरू मेरा सामु उभिन्थे र अहिले पनि उभिने गर्दछन् । मलाई थाहा थियो चीन अब माओको चीन छैन र पनि म त्यही बिम्ब लिएर चीन पुगेको थिएा म । मैले चीनमा के भोगे के देखे त्यो अहिले लेख्दिन, योजनामा छु ।
