यसपल्टको गृष्ममा दुई छिमेकी मुलुकहरू चीन र पाकिस्तान घुम्ने अवसर मिल्यो । ऐतिहासिक, भौगोलिक र राजनीतिक सबै दृष्टिले यी मुलकहरू मेरा लागि नयाँ थिएनन् । आफू सानै छादा पढेको सचित्र चीन, सचेत भएपछि पढेको चिनिया नवजनवादी क्रान्तिको इतिहास, महान् चिनिया सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसपछिको कालो बिरालो र सेतो बिरालोको प्रकरण पनि मेरा लागि अनभिज्ञ थिएनन्् । चीन भन्ने बित्तिकै म लुश्युन, लङ्मार्च, माओ, हुनान र चिङ्काङसान बढी सम्झन्थेा । यिनै बिम्बहरू मेरा सामु उभिन्थे र अहिले पनि उभिने गर्दछन् । मलाई थाहा थियो चीन अब माओको चीन छैन र पनि म त्यही बिम्ब लिएर चीन पुगेको थिएा म । मैले चीनमा के भोगे के देखे त्यो अहिले लेख्दिन, योजनामा छु ।
पाकिस्तान भूगोलका दृष्टिले केही पर थियो तर भावनात्मक दृष्टिले नजिक, आर्यहरूको आदिम सास्कृतिको स्रोत इन्दस उपत्यका सभ्यता, हडप्पा र मोहनजोदडोको इतिहास-गाथा, गान्धार र तक्षशिलाको साास्कृतिक विरासत यस क्षेत्रको सभ्यता र संस्कृतिको महान् इतिहास मेरा सामु थिए । काङ्गडा, शतलज , रंजितसिंह र वलभद्र काुवरको इतिहासले अझ हामीलाई नजिकनजिक जोडेको थियो । जम्मु-काश्मिरमा दैनिकरूपमा घटने घटनाक्रमहरू हाम्रा लागि चासो र जिज्ञासाका विषय थिए । जुल्फीकार अली भुट्टोको हत्या दुःखद् पक्ष थियो तर नेपाली जनताले त्यसबाट पनि उर्जा प्राप्त गरेका थिए । यस्तैयस्तै सन्दर्भहरूलाई आाखा र मनमा राखेर केही पढेको, केही बुझेको र अझ थप बुझ्ने जिज्ञासा र तत्परता बोकेर हामी पाकिस्तानतर्फ लाग्यौा ।
हाम्रो टोली ६ जनाको थियो । मलाई टोली नेता बनाइएको थियो । यस टोलीमा राससका अध्यक्ष तारानाथ दाहाल, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष ओम शर्मा, सााघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी, जनदिशा दैनिकका सम्पादक गोविन्द आचार्य र बुटवलबाट प्रकाशित हुने नयाा भावनाका सम्पादक अर्जुन श्रेष्ठ रहनुभएको थियो ।
काठमाडौाबाट दिउासो उड्यौा भारतको आकाश हुादै हामी करााचीतर्फ लाग्यौा । हिजोको लाहोर होइन नयाा लाहोर दुबइ र दोहातिर हिाडेका नयाा लाहुरेहरूले भरिएको थियो हवाइजहाज । करिव तीन घण्टापछि हामी करााची पुग्यौा । ठाउा गर्मीमय रहेछ । भूगोल र परिवेशले मलाई भारतको पटना र उत्तरप्रदेशको लखनउ र अलिगढको सम्झना भयो । पहिलो दिनमै समुद्र अवलोकनको कार्यक्रम थियो । समुद्रको छेउमा पुग्नु र छालको गति र परपरसम्मको क्षितिज खोज्नु मेरा लागि नौलो कुरा थियो । अरब सागरको किनार, सूर्य अस्ताउन लागेको बेला, हावाले उडाउने बालुवा र नुनिलो पानीको स्पर्श, यसो ओठ चलाउादा पनी नुनिलो बोध हुन्थ्यो । यी सबै कुरा नयाा थिए । रमाइलो अनुभूति भइरहेको थियो । नेपालभन्दा पश्चिम थियो पाकिस्तान । समय ढिलो हुनुपर्ने हो तर उर्जा बचाउन समय हामीभन्दा पन्ध्र्र मिनेट छिटो बनाइएको रहेछ । चीन जाादा खानाको स्वाद र रूचिमा असाध्यै समस्या परेको थियो । त्यो समस्या पाकिस्तानमा परेन । करााचीको इतिहास पुरानो हो र यो पाकिस्तान बनेपछिको पहिलो राजधानी थियो । भूगोल अवश्य पनि नयाा थियो तर बजारसंरचना, आर्थिक पक्ष, जीवनशैली र मानव गतिविधि नयाा अनुभूत भएन । यस्तो लाग्यो म परिचित स्थानमा छु ।
लाहोर हाम्रो अर्को गन्तव्य स्थल थियो । अलि फरक थियो यसको विगत र वर्तमान । यो ऐतिहासिक पुरातात्विक र सामाजिक सबै दृष्टिले पनि महìवपूर्ण स्थान थियो । करााचीभन्दा बढी गर्मी थियो ४२ डिग्रीसम्मको । सडकहरू फराकिला थिए, चौडा थिए र केही सफा थिए र बजार र सवारी साधनको व्यवस्थापन पनि करााचीभन्दा केही ठिक थियो । मलाई लाहोरमा तीनवटा कुराले बढी प्रभावित पारे । महान् इतिहासका अवशेषहरू, म्युजियममा राखिएका पुरातात्विक महìवका चिजहरू, मानवशास्त्र, समाजशास्त्र र संस्कृतिको ज्ञाता, विद्यार्थी र शोधार्थीका लागि सााच्चिकै रोचक, ज्ञानवर्द्धक र रोमाञ्चक प्रकृतिका थिए ती वस्तुहरू । मानवश्रम चेतनाको सुन्दर इतिहास र त्यो सङ्ग्रहले मलाई भावुक पनि बनायो । पढेका कुराहरू म दृश्यमा अनुभव गरिहेको थिएा ।
लाहोरमा प्रभावित पार्ने र हामी सबैलाई आकषिर्त गर्ने अर्को महìवपूर्ण स्थान र कार्यक्रम थियो भारत-पाकिस्तान सीमा र शून्यविन्दुस्थित वाघाको झण्डाझार्ने कार्यक्रम । लाहोर र अमृतसर सीमा जोडिएका सहर रहेछन् । एकदमै टाासिएका सहर रहेछन् । केले छुट्यायो यिनलाई ? त्यही माटो छ, त्यही बासना छ – वैशाखमा पानी पर्दा उठ्ने बासना । कालिदासको मेघदूतमा वर्णन गरिएको बासना । बाघामा बेलुका ६ बजे दुवैतिर एउटै ढााचा र शैलीमा कार्यक्रम गरेर झण्डा झार्ने कार्यक्रम गरिादो रहेछ । हरेक दिन यसै बेला यस्तो गरिादो रहेछ । एक घण्टा जति हुने यो कार्यक्रम बढो रोचक, मनोरञ्जनात्मक र आवेग उत्पन्न गराउने खालको हुादो रहेछ । नयाा मान्छेको लागि त यो अनौठो र कस्तोकस्कस्तो लाग्ने रहेछ । पर्यटकीय दृष्टिले पनि महìवपूर्ण बनाइएको रहेछ र राजनीतिक दृष्टिले पनि । यस्तो लाग्थ्यो लडाइाको सारा तयारी-प्रक्रिया पूरा गरिएको छ र कुनै पनि बेला युद्ध आरम्भ हुन्छ, फायरिङ्ग सुरू हुन्छ । सधैा हेर्नेलाई केही नलाग्ला तर पहिलोपल्ट हेर्नेलाई त अब लडाइा सुरू भइ पो हाल्यो जस्तो लाग्ने । प्रस्तुतिमा आ-आˆनो देशको गुनगान, राष्ट्रिय भावना फैलाएकेा जस्तो लागे पनि त्यसको सारतत्वमा मैले उत्तेजनाको मात्रा अधिक पाएा । त्यहाा एक अर्काप्रति पाकिस्तानप्रति भारतीय जनतामा र भारतीय शासकप्रति पाकिस्तानी जनतामा घृणा र आक्रोश झल्कने गतिविधि निर्धारित गरिएका थिए । हार्दिकताभाव भन्दा घृणाभाव झल्काउने यो कार्यक्रम हेर्नेलाई रोचक थियो त र बुझ्नेलाई कस्तोकस्तो ।
एक किलोमिटर पश्चिम थियो रावी नदी । एक जना सुनाइरहेका थिए ,यी दुइटा किनाराको आड बनाएर १९६५ को लडाइा चलेको थियो । म भने काङ्गडा, सतलज र झेलम पढिरहेको थिएा । मुगल बादशाहले बनाएका मस्जिदहरू थिए । एउटा विशालकाय मस्जिद र कम्पाउण्ड थियो । एकजनाले सुनाए रन्जितसिंहले यसैमा घोडाको तबेला बनाएका थिए । म फेरि बलभद्र कुावर पढिरहेको थिएा । इतिहासको यो आरोहअवरोहसाग म बहादुर शाह र सुगौली सन्धि पनि सम्भिmरहेको थिएा ।
लाहोरमा मलाई प्रभावित पार्ने अर्को पक्ष पञ्जाव विश्वविद्यालय पनि हो । पत्रकारिताको पढाइमा, शोध र अनुसन्धानमा त्यो महìवपूर्ण स्थान रहेछ । एउटा बौद्धिकस्थलको रूपमा चर्चित रहेछ । त्यहााका प्रमुख लगायत पत्रकारिताको अध्यापनमा लाग्नुभएका विशिष्ट व्यक्तित्वहरूसित हाम्रो भेटघाट र छलफलको कार्यक्रम थियो । पत्रकारिता लगायत साम्राज्यवादले फैलाएको सूचनाभ्रम र सांस्कृतिक साम्राज्यवादबारे बृहत् छलफलहरू भए । यस सन्दर्भमा थुप्रै कुरामा हाम्रो समानता थियो र सांस्कृतिक साम्राज्यवादविरूद्ध मिलेर लड्न सकिन्छ भन्ने धारणा रहृयो । यस अध्ययन केन्द्रको अर्को विशेषता यहाा चर्चित समाजशास्त्री र नव-माक्र्सवादी चिन्तक नोम चोम्सकीको नाममा एउटा सभाकक्षको नामाङ्कन गरिएको रहेछ । मैले यसरी नाम दिनुमा उनको नामलाई मात्र महìव दिएको ठानिन , साम्राज्यवाद विरोधी चोम्सकीको विचारलाई पनि महìव दिएको ठाने ।
त्यसपछि हामी इस्लामावादतर्फ लाग्यौा । इस्लामावाद रावलपिण्डीसितै टाासिएको रहेछ । सानामा पाकिस्तानको राजधानी रावलपिण्डी भनेर हामीले पढेका थियौा । इस्लामावाद नयाा निर्मित सहर रहेछ । पहाडको काखमा अवस्थित यो सुन्दर सहर पछि बसालिएको सहर रहेछ । टर्कीका एकजना कलाविद-इन्जिनिरयले तयार पारेको ढााचामा निर्मित सहर भन्ने बुझियो । इस्लामावादको भूगोलले कहिले धरान, कहिले बुटवल यस्तैयस्तै पहाडको काखमा अवस्थित नेपाली वस्तीको पनि सम्झना भयो । स्याहार-सम्भारमा जोड दिइएको रहेछ । करााची, रावलपिण्डी र लाहोरभन्दा भीडभाडमा फरक, सफा पनि । हेर्दा सुन्दर र शान्त बोध हुने यो सहरमा हामी पुगेकै सााझ १९ जनाको ज्यान जाने गरी लाल मस्जिद चौकमा भएको विस्फोटको घटनाद्धारा स्वागत गरिएका थियौा हामी ।
इस्लामावादको घुमाइसित थुप्रै जिज्ञासा र कौतुहलताहरू थिए । भूगोल र त्यस वरिपरिको इतिहास सबैभन्दा चासोको विषय थियो । पूर्वमा विवादास्पद क्षेत्र जम्मु काश्मिर थियो र पश्चिममा सास्कृति र सभ्यताको विरासत गान्धार र तक्षशिला थिए । अनि उकालो चढ्दाको सुन्दर भूगोल-काश्मिर भ्यू प्वाइन्ट, मरी र मुरबन हाम्रो सामू थिए । भूगोल र इतिहास दुवै लोभ्याउने किसिमका थिए ।
गान्धार र तक्षशिला, महाभारत र बौद्ध संस्कृतिको ज्ञान र चासो राख्नेहरूका लागि जिज्ञासा र ज्ञानका विषय थिए । महाभारतमा वाणिर्त गान्धार नरेश शकुनीको इतिहास र बौद्ध-महायान गाथा तक्षशिला, अशोक ,यी सबै इतिहासका पात्रहरू हाम्रा सामु थिए । यो भूगोल र इतिहाससित भेटघाट गर्दा हामी भावुक, आवेगशील र गम्भीर पनि भएका थियौा । सतलज, काङ्गडा एक समय हाम्रै त थिए र सागसागै पीडाले एकमधेस एकप्रदेशको षड्यन्त्र र विखण्डनकारी योजनाको पनि हामी चर्चा गर्दथ्यौा । कुनै दिन भन्नुपर्ने हो कि यहाासम्म हाम्रो सिमाना थियो ।
तक्षशिला पुग्दा यस्तो लाग्थ्यो हामी युद्धले भस्म पारेको कुनै सहर र वस्तीमा छौा । संसारका पुरानो यात्रा महायात्रा त्यो धरोहर विश्वविद्यालयका अव अवशेषहरू मात्र थिए । लाग्थ्यो यो तक्षशिला होइन हिरोसिमा र नाकासाकी हुन् -बमले ध्वस्त पारिएका सहरहरू । यहीा आएर चिनिया स्रनचनगम्पोले शिक्षा लिएका थिए । बुद्ध-शिक्षा तिलौराकोट कपिलवस्तु हुादै भारत, पाकिस्तान. अफगानिस्तान हुादै विश्वव्यापि रूपमा विस्तारित भयो । तालिवानीहरूले बुद्धको बाबियान मूर्ति ध्वंस पारेको दृश्यले मन फेरि कुटुक्क दुख्यो ।
चीनमा हामीले थरीथरीका बुद्ध देखेका थियााै । लामालामा , नाकबाट तल जुाघा झरेका र दक्षिण भारतको गणेशका जस्तो भुाडी भएका भुाडे बुद्ध देखेका थियााै । यहाा भने जुाघे बुद्ध, करङ्गे बुद्ध र दाह्रीवाल बुद्ध थिए । आ-आˆनो पन र सोचाइका बुद्ध थिए । उत्खनन गर्दा त्यस्तो भएको थियो वा योजनावद्ध प्रहार थियो धेरै बुद्धमूर्तिका टाउका थिएनन् र हातखुट्टा थिएनन् । छैटााै शताब्दीतिर टर्कीबाट आएका आगन्तुक लडाकुहरूले यो सबै विध्वंश मच्चाए । मैले पठान र मुसलमानहरूको इतिहाससागै पश्चिमबाट आएर काठमाडौा उपत्यकामा विध्वंश मच्चाउने मुगलहरू सम्भिmएा । इतिहासको यो कालाखण्ड जान्न चाहनेहरूका लागि र मानवशास्त्र र समाजशास्त्रको बारेमा विशेष रूचि राख्नेहरूले इन्दस उपत्यकाको सभ्यता, गान्धार र तक्षशिला हेर्नै पर्दछ र बुझ्नैपर्दछ भन्ने लाग्यो मलाई ।
पाकिस्तानको भ्रमण गर्दा लोभ्याउने अर्को महìवपूर्ण पक्ष यसको उत्तरी भूगोल थियो, जसले हाम्रो पहाडी भूभागको सम्झना दिलाउाथ्यो । जम्मुकश्मिरका विवादास्पद घटनाहरू त थिए – तर कति सुन्दर थियो त्यो ठाउा । यस्तो सुन्दर प्राकृतिकताले भरिपूर्ण, पर्यटकीय र सामाजिक दृष्टिले महìवपूर्ण ठाउाहरूलाई आˆनो बनाउन चाहने लोभ कसलाई नहोला र । इच्छाशक्ति र योजना भए आयआर्जनदेखि लिएर प्राकृतिक सुन्दरताको आत्मिक भौतिक उपयोग र प्रयोग कसरी गर्न सकिादो रहेछ भनेर ती क्षेत्रले उदाहरण प्रस्तुत गरिहेका थिए । इस्लामावादलाई खुलेर परपरसम्म हेर्न सकिने दामन-ए-को, रावलपिण्डी लगायत विशाल समतल मैदान देखिने मरी – कश्मिरको सुन्दर दृश्यसित जोडिएको मुरबन यी सबै लोभ्याउने स्थानहरू थिए । मैले आˆनै टोखामाथिको भूगोल सम्भिmएा , फूलचोकी सम्भिmएा । अलि अग्लो ठाउालाई दामन भनिदो रहेछ । त्यहाा दामन-ए-को थियो । हामीसित सगरमाथा देख्न सकिने दामन थियो । त्यो स्याहारसम्भार र गतिमा थियो र हाम्रो दामन भत्केको पाटीझैा छ, बेवारिसे ।
मरी, यो महìवपूर्ण हिल स्टेशन रहेछ । पर्यटकीय दृष्टिका साथै सामरिक दृष्टिले पनि महìवपूर्ण रहेछ । भारतीय सीमाना नजिकै मुरबन बजार रहेछ । पूर्वतिर, उत्तरतिर विशाल पहाडी भूभाग थियो । ठूला पााचतारे होटलहरू थिए । होटलमा राखिएको नक्सामा पूर्वतिरको भागको सीमानामा एउटा खोल्सो थियो र उतापट्टकिो पहाडी भूभागलाई आाैल्यााएर लेखिएको थियो -डिस्प्युटेड टेरिटोरी । हरियो भूभाग, टिनका घरहरू कुहिरोले लुकामारी खेलिरहने वातावरण, रमाइलो थियो वातावरण । म नेपालको पूर्वतिर लागेा । सुन्दकपुर फालेलुङ , मिल्के र गुफापोखरी अर्थात् गुराासे संसार । पाल्पाको श्रीनगरलाई पनि यस्तै सुन्दर संसार बनाउन सकिन्थ्यो ।
मुरबनन अझ मरीबजारमा चिनिया सामानहरू बढी देखिन्थे । स्थानीय सांस्कृति झल्किने उत्पादनका सामानहरूले हामीलाई बढी आकषिर्त गरेको थियो । सेता घरहरू, धुपी, लालीगुराास र न्याउलीको आवाज, कुहिरोसितको लुकामारी, कतै म गुफा पोखरी र मिल्केमा त छैन ? घोरिएा म । ताप्लेजुङ्ग, सङ्खुवासभा र तेह्रथुमलाई जोड्ने तीनजुरे , गुफा पोखरी र मिल्के ,कति सुन्दर ठाउा छ यो । मकालु, कञ्चनजङ्गा र परपरको सिक्किमसम्म दृश्य भ्याउन सकिन्छ । र तल झापा, मोरङ र त्यो भन्दा दक्षिण भ्याउाछन् आाखाले । वास्तवमा दामने-ए-को, मरी र मुरबनभन्दा कता हो कता राम्रा ठाउाहरू छन् हामीसित । अन्तु, गुफापोखरी, हिले र वसन्तपुर मात्र होइन त्यही भेडेटार, वसन्तपुर र सिन्धुलीगढीसम्म पुग्दा मन कति आनन्दित हुन्छ । कहिलेसम्म हामीले जम्मु काश्मिर र मरीकेा कुरा गरिरहने होला ?
सारा भूगोल र भूगोललाई थप सुन्दर बनाउन गरिएका प्रयास हेर्यौंा र भोग्यौंा । र एक अर्कालाई हेर्दै लामो सास फेर्यौंा ।
हाम्रो यात्रा एकहप्ते थियो । समय बितेको थाहै भएन । पाकिस्तानी साथीहरूबाट राम्रो आतिथ्य सत्कार पाइयो । उर्दु सहजै बुझ्न सकिने हुादा भाषाकेा समस्या थिएन । पाकिस्तानी टेली सिरियलहरू नेपालमा लोकपि्रय भएको कुरा हामीले सुनायौा । धर्म र सांस्कृतिको कुरा बिर्सने हो भने मानवशास्त्रीय र जीवनशास्त्रीय दृष्टिले पनि हामी धेरै नजिक थियौा । भुट्टोको हत्या दुःखद पक्ष थियो तर हामीले त्यसबाट ऊर्जा लियौा । २ सय ४० वर्षे राजतन्त्र नेपाली जनताले ˆयाले भने दशवर्षे मुसर्रफलाई हामी किन फाल्न नसक्ने भनेर एक जना पत्रकार मित्रले भनेको कुराले हामीलाई भावुक बनायो । हामीले पनि विश्वलाई केही दिएछौा भनेर खुशी लाग्यो । मुसरर्फ शक्तिशाली हुादा प्रताडनामा परेका डन, जङ, डेली न्यूज र जिओ टिभी लगायतका माध्यमहरूका मित्रहरूसितको भेटघाटले अभिव्यक्ति स्वतन्त्रता र पाकिस्तानका संचारमाध्यमहरूको स्थितिबारे पनि राम्रो जानकारी प्राप्त भयो । आˆनो मुलुक पाकिस्तानी जनताले होइन अमेरिकाले चलाएको छ भन्ने यनीहरूको भनाइले हामीलाई छोयो । धेरै पत्रकारहरूले नेपालको सार्वभौमिकता र अखण्डताप्रति चिन्ता प्रकट गर्दा हाम्रा छिमेकीको हामीप्रति गहिरो चिन्ता रहेछ भन्ने हर्षबोध भयो । हामी असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्छौं र आˆनो अखण्डता र सर्वाभौमिकताको हामीलाई असाध्यै मायाा छ , हामी कहिल्यै पराधीन भएनौा भनेर प्रस्ट पार्यौा ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार अल्पसङ्ख्यक , परराष्ट्र र सूचना प्रविधि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरूसित भेटघाट गर्यौा । नेपालकेा परराष्ट्र नीति, सङ्घीय संरचना, भावी राजनीतिबारे थुप्रै छलफल र विचार विमर्श भए । सूचना र सञ्चारको क्षेत्रमा भएका अनुभवहरूकेा साटासाट र आगामी दिनमा गर्न सकिने कामका बारेमा छलफल भए । त्यहाा पीपीपीको सरकार बनेपछिको स्थितिका बारेमा जान्ने जिज्ञासा हामीमा थियो भने नेपालको बदलिएको परिस्थितबारे बृहत् जानकारी प्राप्त गर्ने चासो र जिज्ञासा पाकिस्तानी मित्रहरू र पदाधिकारीहरूमा थियो । यो भेटघाट पाकिस्तानलाई बुझ्ने र नेपालको फेरिएको परिस्थितिलाई बुझाउने एउटा महìवपूर्ण माध्यम बन्यो ।
तर सहरहरूका ठूला घरहरू, भीककाय मस्जिदहरू र चौडा सडकहरू, जर्मनी र जापानमा बनेका कारहरू मात्र पाकिस्तान होइन । त्यहाा पनि भोकमरी छ । गरिबी छ । अस्मिता र अस्तित्वको लडाइा छ । वर्ग अन्तराल तीव्र छ । शिक्षा स्वास्थ्य र रोजगारीको समस्या छ । बाहिर देखिने शान्त रमणीय इस्लामावाद, तक्षशिला, र सुन्दर मरीभित्र उकुसमुकुस छ र रातो र तातो ज्वालामुखी पनि छ भन्ने मलाई लाग्यो । पाकिस्तान , करााची र लाहोरका सडकमा मान्छेलाई मिच्दै देखिने माग्नेहरूको भीड पनि हो । पाकिस्तान इलिट सत्ताधारीहरू र अमेरिकी साम्राज्यवादप्रति घृणा राख्ने श्रमजीवीहरूको बस्ती पनि हो । दामन-ए-को टावरबाट देखिने र निरन्तर छाल उठिरहने रावल ताल जस्तै छ पाकिस्तान । परबाट हेर्दा शान्त लागे पनि अरव सागरबाट अस्ताउने सूर्यलाई छुन खोज्ने ज्वारभाटाजस्तै छ पाकिस्तान अशान्त-अशान्त र उन्मुक्तिको खोजीमा ।
यहाा बसेर यो लेख्दा मलाई हडˆपा, मोहनजोदडो , रंजितसिंहको घोडा तबेला, तक्षशिला, बलभद्र कुावर र मरीले बढी छोएका छन् । र मेरो गुराासे डााडो, नाकैमा ठोक्किएला झैा लाग्ने मकालु र कञ्चनजङ्घा देखिने गुफापोखरी र मिल्के म सम्भिmरहेको छु । म सम्भिmरहेको छु सिन्धुली गढीको त्यो गढी र किल्ला , जहाा बसेर साम्राज्यवादविरूद्धको त्यो इतिहास र उत्तरको गौरीशङ्र शृङ्खला र दक्षिणको विशाल तराई अवलोकन गर्न सकिन्छ । र म सम्भिmरहेको छु बुद्धका टाउका काटिएका र हातखुट्टा नभएका मुर्तिहरू । कसरी खुम्चियौा हामी ,आधी नै खुम्चियौा टिस्टा र काङ्गडाबाट । कति विशाल थियो हाम्रो विरताको इतिहास र भूगोल । दुख्छ छाती विखण्डनकारी दलालहरू कति सक्रिय छन् नेपाली मुटु टुक्र्याउन अहिले पनि ।
मनहरू जुन आहत छन् र मनहरू जो विद्रोहका कुरा गर्छन् ती जुनसुकै धर्म , संस्कृति र जुनसुकै भूगोलमा किन नहोउन् , एकै हुन् । त्यसैले त एउटै सङ्गीतमा रमाउने मनहरू जोडिनुपर्दछ र गतिवान हुनुपर्दछ । स्वयंभूको आाखाबाट तक्षशिला प्रस्टै देखिन्छ । दार्जीलिङ्ग चौरस्तामा बोलिने भाषा र गीत पनि हाम्रो जस्तै छ अगमसिंह गिरीले गाए जस्तै- ए नौ लाखे तारा उदाए …..।.
