Skip to content

anup kapali

छिन छिन मा बाधा र अड़चन बाहेक केई नाइ

पाइला त प्रत्येक सानो सानो हुदो हो
तर प्रत्येक पाइला मा कति धेरै त्राश यो
छिन छिन मा बाधा र अड़चन बाहेक केई नाइ
तर सफल हुने मन मा कस्तो अजीब आश् यो
कहिले हासो को पात्र , कहिले आफै मा गाइजात्रा
कहिले मन मा पिर , कहिले छाती भित्रै तीर
भकुण्डो जस्तै एक कुना बाट अर्को कुना सधै
तैपनि दुनिया संग लडन सकने , कत्रो ठुलो सहास यो
छिन छिन मा बाधा र अड़चन बाहेक केई नाइ
तर सफल हुने मन मा कस्तो अजीब आश् यो

आफैलाइ रिसाउने फुर्सद छैन

अब तिमीलाई कसरी सम्झाउ
आफै लाइ सम्भालने फुर्सद छैन
तिमीलाई के गरी फकाउ
आफैलाइ रिसाउने फुर्सद छैन

कहाँ लैजाउ तिमीलाई
कहाँ लुकाई म राखु
जुन बाटो मा छु म
त्यहाँ हिड्ने ठाउ छैन
जिन्दगि को पनि यहाँ, केहि नाउ छैन
जिन्दगि को पनि यहाँ, केहि नाउ छैन

2070-7-7

मौसम को असर ले गर्दा पिए

कहिले मौसम ले च्याल्लेंज गर्यो भन्दै
मौसम को असर ले गर्दा पिए
कहिले नाता तोडन नसकेर
साथिभाई को कर ले गर्दा पिए
कहिले नयाँ नयाँ स्वाद लिने होड़ मा
अजीब अजीब लहर ले गर्दा पिए
कहिले दिन भरी को थकान पछि आएको
आनन्द को प्रहर ले गर्दा पिए
जिंदगी को मोड़ मा भेटिए धेरै साथिभाई
कहिले मस्ती गर्दै गर्दै
कहिले रिस को तोड़ ले गर्दा पीए
अनि कहिले करले अनि कहिले रहरले गर्दा पिए
कहिले आफ्नै भएर आफ़ै लाइ साथ नदीने
यो स्वार्थी शहर ले गर्दा पिए
कहिले साथी भाई को कर ले गर्दा पिए
कहिले मौसम को असर ले गर्दा पिए
अनि अन्त्य मा पुग्यो पुग्यो भन्दै पिए।। ।

त्यों चन्द्रमा अनी तारा छुने रहर छ

त्यो चन्द्रमा अनि तारा छुने रहर छ
चाहियो कोही प्रत्येक पाइलामा साथ दिने
प्रहार त आउछ अजीव अजीव हरपल मलाई
चाहियो कोही लडन खोज्दा आफ्नो हात दिने
ख़ुशी हुदा सबै छन, दुःखमा पनि साथ छ,
कहिलेकाहीं डगमगाउछ कदम,

झस्केर ब्युझे सबै अधुरै रहेको देखे

सपनी मा त सपना पुरै भएको देखे
झस्केर ब्युझे सबै अधुरै रहेको देखे
निदाउन खोजे सपना साकार बनाउन
फेरी चारै तीर अन्धाकारै भएको देखे

हराउनु, भेट्टाउनु सिलसला हो
गुमाउनुलाई कुन अर्थ दिउ
सुख दुःख लाई जिंदगी को रीत रे
अनि यो जलनलाई के अर्थ दिउ

जिन्दगीको पहिलो छल

तिम्रो र मेरो नजर जुधेको
खै कस्तो त्यों पल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगीको पहिलो छल थियो

अल्झिएको जिन्दगी को बुझ्न नसकिने
नाता अली कमसल थियो
न आफै सुल्झाउन सके
न त कुनै हल थियो
तिमीले लाएको माया प्रिती
जिन्दगी को पहिलो छल थियो

आफैलाइ कसरी झुक्क्याउ, भन न

दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न

तिमि बाधीयौ बिवसता को घेरा मा, थाहा भो
कसरी अब म फूकाऊ, भन न
झल्किन्छ आखा मा तिम्रै लागी माया
कसरी छोपेर लुकाउ, भन न

रुन्छ मन घरी घरी, कुरा खेल्छन नाना थरी
कसरी अब आफै लाइ फकाऊ, भन न
दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न

तिम्रो नाता अरु संग, सोच्दा नै अजीब लाग्छ
अब कसरी यो मन बुझाऊ,भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न

पागल भई सके म

नजिक नआउनु अब , आगो भई सके म
नछुनु भुलेर पनि, पागल भई सके म
बेदना का आशु थुप्रियेर
बर्षन खोजेको कालो बादल भई सके म
नछुनु भुलेर पनी, पागल भई सके म

तिमीले दिएका सास्ती सहदा सहदा
तिम्रा बेकार भावना मा बेकार बहदा
साच्ची भनौ, कायल भई सके म
नछुनु भुलेर पनी, पागल भई सके म

तिम्रा कुराहरु का चर्चा सुन्दा
देखे पनि नदेखेझै गरी आखा थुन्दा
आशु बगेर लतपतियेको कालो गाजल भई सके म
नछुनु भुलेर पनी, पागल भई सके म

अजीव अजीव प्रश्न गर्छ जिन्दगी

अजीव अजीव प्रश्न गर्छ जिन्दगी
जवाफ खोज्दा नि नहुने, नखोज्दा नि नहुने
सही र गलत को भुमरीमा रुमलिएर
निसासिदै छ मेरो जिंदगी

कहिले तिमी सताउछौ, कहिले जिन्दगीले रुवाउछ
म आफै पागल हुदै छू जस्तो लाग्छ
कतै एकान्तमा बसौ भने नि
यो टेलिफोन को घन्टीले सताउछ
थाहा छैन, के चाहन्छ यो जिन्दगी

AnupKapali

सायद बराबर भो

तिम्रो माया नलागेको हैन
सँगै जिउन नचाहेको हैन
बिवशता अनौठो थियो तिम्रो मेरो
बाध्यता खै कस्तो थियो तिम्रो र मेरो

सँगै हास्यौ रमायौ
सपना कै संसार भो ।
तिमी रोयौ म पनि रोए
सायद बराबर भो

पिइन्छ, मातिन्छ, अनि, ढलिन्छ

मेरो पनि ब्यथा तिमीदेखि नै सुरू हुन्छ
तिम्रो मन नि रुन्छ होला, मेरो पनि रुन्छ
सम्हालेको हुन्छु प्राय, कहिलेकाहीं रोक्न सक्दिन
आसु तिम्रो पनि झरछ होला, मेरो पनि त्यस्तै हुन्छ

जूनको ज्योति अनि सागरको मोती
सुन्दा निकै रमाइलो लाग्थ्यो
तिम्रै लागि कोरिएको जस्तो लाग्थ्यो, कसम
आज भोलि त कान दुक्छ

डर लाग्छ तिमि संग जोडिएको नाम देखेर

यहि सब्द ले तिम्रो हासो कोर्न चाहन्छु
डर लाग्छ कतै मेटिने हो कि भनेर
येही सब्द ले तिम्रो आशु पुछ्न चाहन्छु
डर लाग्छ तिम्रो अपमान हुन्छ कि भनेर

यो दुनिया येस्तै हो,
न आफु बुझछन् , न अरु लाई
येही सब्द ले तिम्रो साथ् मागन चाहन्छु
डर लाग्छ तिमि संग जोडिएको नाम देखेर

खुशी त देख्छु तिम्रो आखा भित्र,
कोशिश पनि देख्छु तेस्लाई लुकाउने,
यहि सब्द ले तिम्रो हात मागन चाहन्छु
डर लाग्छ फेरी कतै हराउन्चौ कि भनेर

२०७०-५-२६t

बेसया

के म मानछे हैन?
के मेरो सपाना को कुनै मोल छैन?
के मेरो जिनदगि को कुनै मोल छैन?
पिडा बुझने छैनन कोहि
सबलाइ मेरो योवन को रस चहिएर होला
बेसया भनछन मलाइ…….

हात सुमसुमाउने पनि आ आए
अङालोमा बाधने पानि आए
कसैलाइ एक दिन त कसैलाइ एक छिन
बचचा , बुडा, अनि जवान पनि आए
सबलाइ याहा हवस नै चाहिएर होला
बेसया भनछन मलाइ…….

छोडने ले छोडेर गए, रहेकाले अपनाएनन
जानु त काहा जानु थियो, परान तयागने सिवाए

सबको दिन धलछ अनि मेरो रात सुरु हुनछ
सब पिडा बिरसेर अनि मेरो नया नया साथ सुरु हुनछ
कसैले….. कति? भनछन, कसैले…. जाने हो? भनछन
येसरि नै मेरो जिनदगि चलने भएर होला…

पर्खाइ

दिन कुरेर बसेको छू तिम्रो डोली उठेर जाने
यो सासभित्र रहेका तिम्रा धड़कनका
आभाश उडेर जाने

तिमी बिना जिउन सकिने हो कि हैन
तिमी बिना हासन सकिने हो कि हैन
कहीँ पत्तो छैन अब, पिउन सकिने हो कि हैन

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

कहिले इनिहरु संग मातेर बस्छु
कहिले दुख र सुख साटेर बस्छु
दुख मा हुन्छु कहिले , कहिले रिस मा
तै पनि इनिहरु संग , सधै हासेर बस्छु

कहिले रिसाउछन् , कहिले हसाउछन
कहिले सम्झौछन , कहिले फसाउछन्

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्

एउटा भन्छ , त्यो केटि त क्या च्वाक छ
अर्को भन्छ , तेरो भाउजु लाइ जिस्काउने , तेरो येत्रो आट छ ?
ओए हेर न , उ तेही मेरो काली हो.
अर्को भन्छ , तेस्तो न भन न यार
त्यो मेरो हुने वाला साली हो

कहिले भाग्छन , कहिले भागाउछन
कहिले रिस देखाउछन् , कहिले फकाउछन

के गर्ने यार … मेरा येस्तै साथिहरु छन्